कोट्टानले ५० औँ स्वर्ण जयन्ती भव्यरुपमा मनायो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ चैत २०८०, शुक्रवार
कोट्टानले ५० औँ स्वर्ण जयन्ती भव्यरुपमा मनायो

कोरिया टुर्स एण्ड ट्रेकिङ्ग अपरेटर एशोशियशन अफ नेपाल (कोट्टान) ले नेपाल र कोरिया विच दौत्य सम्बन्ध स्थापनाको ५० पुगेको अवसरमा स्वर्ण जयन्ती मनाएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण जयन्ती मनाएको हो ।

उक्त कार्यक्रमको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री हित बहादुर तामाङले गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुँदै मन्त्री तामाङले कोरियाका पर्यटकहरु नेपालमा भ्रमणका लागि आवश्यक आधारभुत सेवा, सुविधा र सुरक्षाको विषय सरकारमार्फत पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले नेपाल र कोरिया बिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पार गरेको अवसरमा शुभकामना दिनुहुँदै कोट्टान र कोयिन दुतावास संग सहकार्य गरि पर्यटन प्रर्वद्धनका लागि अगि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन क्षेत्रमा कोरिया र नेपालको मित्रता ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव विसेसान्क र कोरियन भाषामा प्रकाशित नेपाल र अन्नपूर्ण क्षेत्रको म्याप विमोचन  गरिएको थियो ।

कार्यक्रममा अध्यक्षता गरिरहनुभएका कोरिया टुर्स एण्ड ट्रेकिङ्ग अपरेटर एशोशियशन अफ नेपालका अध्यक्ष अमर बहादुर शाहीले यसअगि स्वागत मन्तव्य राख्नुहुँदै सरकारले कोरिया लगायत अन्य देशका पर्यटकहरुको सुरक्षा, सेवा सुविधा र आवातजावतका विषयमा सहज बाताबरण बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई थप लचकता बनाउनको लागि सरकारले नीति नियममा सहज बनाउनुपर्ने थप्नुभयो । अध्यक्ष शाहीले भन्नुभयो ‘कोरिया टुर्स एण्ड ट्रेकिङ्ग अपरेटर एशोशियशन अफ नेपालले कोरियाका पर्यटकका लागि नेपालमा सहज बाताबरण बनाउन हामी स्थापना कालदेखीनै लागि रहेका छौँ आगामि दिनमा पनि कोरिया र नेपालको मित्रतालाई कायम राख्न हाम्रो संस्था निरन्तर अगि बढिरहन्छ ।’

सोही अवसरमा संबोधन गर्नुहुँदै नेपालस्थित कोरियन राजदुत फाक थे योङले नेपालमा पछिल्लोसमय कोरियाबाट भ्रमणका लागि आउने पर्यटनको संख्या वर्षेनी बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले राजदुताबासको पहलबाट आगामी दिनमा  नेपालमा कोरियाली पर्यटकहरुको संख्या थप बढाउँदै लैजाने प्रतिबद्धता गर्नुभयो । राजदुत फाक थे योङले नेपाल कोरियाली पर्यटकहरु भ्रमणको गन्तव्य मध्ये देशहरुको ९ औँ सुचीमा पर्ने  गरेको बताउनुभयो ।

कार्यक्रममा यसअगि कोरिया टुर्स एण्ड ट्रेकिङ्ग अपरेटर एशोशियशन अफ नेपाल (कोट्टान)का कोषाध्यक्ष ङवाङ ङिमा शेर्पाले कोटानको कार्यक्षेत्र र संस्थाको विषयमा प्रष्ठ पार्नुभएको थियो । उहाँले सरकारले आगामी बजेट बिनियोजन गर्दा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि गर्नुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया