आदिवासी जनजातिद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ पुष २०७१, शुक्रवार

काठमाडौं, १७ पुस । एकल जातीय पहिचान सहितको संघीय संविधानको माग गर्दै नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । विहिबार राजधानिमा पत्रकार सम्मेलनको गरी पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलन नेपालले शक्ति प्रर्दशन, संविधानसभा घेराउ, आमसभा लगायतका आनदोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा पुष १८ र १९ गते युवा तथा विद्यार्थीहरुको काठमण्डौंमा राष्ट्रिय भेला, २१ गतेदेखि २४ गते सम्म नयाबानेश्वरमा अकुपाई धर्ना दिने कार्यक्रम रहेको छ । त्यस्तै २७ गते काठमण्डौंको वसन्तपुरमा विरोध सभागर्ने भएका छन् भने माघ २ गते शक्ति प्रर्दशनसहितको बृहत आमसभा गर्ने आन्दोलन नेपालले जनाएको छ । आन्दोलनको मुख्य कार्यक्रम भने माघ ६ गतेदेखि ८ गते सम्म लगातार संविधानसभा घेराउको कार्यक्रम तय गरेको  आन्दोलन नेपालका प्रबक्ता डा. ओम गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पूर्णसमानुपतिक समावेशी निर्वाचन प्रणाली, राज्यका सबै अंङ्ग र तहहरुमा जातीय, लैङ्गिक, समुदायको जनसंख्याका आधारमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितता लगायतका माग गर्दै एकिकृत रुपमा आन्दोलन नेपालले आन्दोलनलाई उठान गर्दै आएको छ । पत्रकार सम्मेलनमा नेपालका प्रवक्ता डा. ओम गुरुङले पहिलो चरणको आन्दोलनका कार्यक्रम सफल रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको आन्दोलनलाई परिणाममुखी बनाउन जनसमुदायस्तरसम्म आन्दोलनका कार्यक्रम पु¥याउने दावि गर्नु भयो ।

प्रतिक्रिया