लाङटाङ राष्ट्रिय निकुञ्जबाट आदिवासी ह्योल्मोको परम्परागत संस्कृति प्रभावित, साङ गर्ने धुपी संकलन गर्न समेत प्रतिबन्ध

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ३ चैत २०८०, शनिवार
लाङटाङ राष्ट्रिय निकुञ्जबाट आदिवासी ह्योल्मोको परम्परागत संस्कृति प्रभावित, साङ गर्ने धुपी संकलन गर्न समेत प्रतिबन्ध

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली क्षेत्रलाई समेटेर २०३२ सालमा नै घोषित भएको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रबाट धुपी तथा पातपतिङ्गर संकलन गर्न प्रतिबन्ध लगाएबाट त्यहाँका आदिवासी जनजातिहरुको संस्कृति, आध्यात्मिक नित्यकर्महरु प्रभावित भएको छ ।

निकुञ्जको हेलम्बु मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी ह्योल्मो र तामाङहरुको परम्परागत पुजा गर्न प्रयोग गरिने धुपीको अभाव भएको त्यहाँका स्थानीय आदिवासी अगुवाहरुले बताउनु भएको छ ।

धुपी उच्च पहाडी भेकमा पाइने एक प्रकारणको कोणधारी समूहको बनस्पती हो । यसको पात तथा काठ बासनदार हुने भएकाले पुजामा धुप बाल्न प्रयोग गरिदै आएको छ । जस्लाई बौद्ध धर्मावलम्बीहरुले साङ भन्ने गर्दछन् ।

‘बौद्ध परम्परामा हरेक दिन साङ (धुप बाल्ने) पुजा गर्नु पर्दछ, तर निकुञ्ज भित्रबाट साङ बाल्ने धुपी संकलन नपाइने भएबाट यस्तो परम्परामा दिनदिनै ह्रास आइरहेको छ ।’ हेलम्बु स्थित लाङटाङ रेडपाण्डा मध्यवर्ती क्षेत्र समितिका अध्यक्ष छेसङ लामा ह्योल्मोले भन्नु भयो–‘निकुञ्ज भित्र धुपीका पात र काठहरु कुहिएर खेर गएका छन् । स्थानीयले झोलामा पनि ती धुपी ल्याउन पाइन्न ।’

हेलम्बु क्षेत्रका हरेक वौद्ध धर्मावलम्बीहरुको घर घरमा विहान बेलुका साङ धुप बाल्ने प्रचलन छ । यसै गरी हरेक गाऊमा न्युनतम एक गुम्वा रहेको हुन्छ । गुम्बा र घरघरमा साङ गर्न धुपी चाहिने भएकाले धुपीको अभाव हुन थालेको स्थानीयको भनाइ छ ।

धुपी उच्च पहाडी भेकमा पाइने एक प्रकारणको कोणधारी समूहको बनस्पती हो । यसको पात तथा काठ बासनदार हुने भएकाले पुजामा धुप बाल्न प्रयोग गरिदै आएको छ । जस्लाई बौद्ध धर्मावलम्बीहरुले साङ भन्ने गर्दछन् ।

सिन्धुपाल्चोक, नुवाकोट र रसुवाको हेलम्बु क्षेत्र ह्योल्मो आदिवासीको आफनो मूल थाकथलो हो । निकुञ्जका प्रबेशसंगै त्यहाँका ह्योल्मो आदिवासीहरुको प्रथा, परम्परा र संस्कृति माथि अतिक्रमण हुन थालेको त्यहाँका स्थानीयहरुको भनाइ रहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा धुपीका रुख तथा विरुवा प्रसस्तै पाइन्छ । यस प्रकारको धुपीलाई त्यहाँका स्थानीय बासिन्दाले परापूर्वकालबाट नै संरक्षण गर्दै आए पनि यसको प्रयोग गर्नबाट अहिले बन्चित भएका छन् । पुजा तथा धार्मिक क्रियाकलापमा अति आवश्यक पर्ने धुपीलाई आफनै निजी बन तथा जमिनमा हुर्काउने प्रयास पनि गरेका छन् । निजी बन तथा जमिनमा लगाइएका धुपीको प्रयोग गर्दासमेत बन कर्मचारीले शंका–उपशंका गर्ने गरेको हेलम्बुस्थित शेर्माथाङकी माइली लामाले बताउनु भयो ।

सिन्धुपाल्चोक, नुवाकोट र रसुवाको हेलम्बु क्षेत्र ह्योल्मो आदिवासीको आफनो मूल थाकथलो हो । निकुञ्जका प्रबेशसंगै त्यहाँका ह्योल्मो आदिवासीहरुको प्रथा, परम्परा र संस्कृति माथि अतिक्रमण हुन थालेको त्यहाँका स्थानीयहरुको भनाइ रहेको छ ।

धर्जु राख्ने काठको अभाव
निकुञ्जकै कारण हरेक घर घरमा गाडिने धर्जूका लागि लिङ्गोको अभाव भएको स्थानीय दावा लामाको भनाइ छ । हरेक बर्ष ल्होसार पछिको परेवा तिथीका दिन हरेक घर र गुम्वामा धर्जु परिवर्तन गर्ने प्रचलन रहेको छ । तर निकुञ्ज भित्रबाट काठ संकलन गर्न नपाइने भएबाट काठको लिङ्गो गाड्ने प्रचलन पनि लोप भइसकेको छ ।

हाल स्थानीयहरुले काठको विकल्पमा फलामको जिआइ पाइपमा धर्जु (लुङ्दर) राख्ने गरेका छन् । फलामको पाइपमा धर्जू राख्ने कार्य भए पनि  काठको लिङ्गो राख्ने परम्परा भने मासिएको उहाँहरुको तर्क छ ।

धर्जु राख्ने फलामको जिआइ पाइपको व्यबस्थापन भने हेलम्बु गाउपालिका भित्र गठन भएका मध्यवर्ती क्षेत्र समितिले गर्दै आएको छ । निकुञ्जको नियमलाई कदर गर्दै काठको विकल्पमा जिआइ पाइपको लिङ्गो राख्न समितिले सहयोग गर्दे आएको सेर्माथाङस्थित मध्यवर्ती समितिका अध्यक्ष लामाले बताउनु भयो ।

लामाका अनुसार इन्धनका रुपमा प्रयोग हुने दाउराको खपत कम गर्न सुधारिएको फलामे चुलो पनि समितिले वितरण गरेको छ । यसबाट खाना पकाउने इन्धनमा बनजन्य दाउराको खपत कम गराउन सहयोग गर्दछ ।

समुदायले निकुन्जको उद्देश्य पुरा गराउन सहयोग गरिरहेको भए पनि निजी जग्गामा काठ काट्न र दाउरा संकलन गर्न अवरोध गरिरहेको उहाँको भनाई छ । निजी जमिन र नजिकको धार्मिक बनबाट काठ काटेर घर निर्माण गर्दासमेत निकुञ्ज कार्यलयबाट सोधखोज हुने, बन मुद्धा लगाउने काम भएको स्थानीयको भनाई छ । ‘व्यक्तिगत प्रयोगका लागि परापूर्वकाल देखि हकभोग भएको जग्गामा समेत काठ काट्न नपाइने विद्यमान बन कानुनले हामीलाई हैरान बनायो ।’ स्थानीय सोनाम लामा ह्योल्मोले भन्नु भयो– ‘हरियो बन, नेपालको धन भनिन्थ्यो, हाम्रो क्षेत्रमा निकुञ्ज आए पछि हामीले हुर्काएको बन आफनो भएन, कस्को भयो भयो ?’

खेती बालीको विनास
हेलम्बु क्षेत्रका निकुञ्ज आसपासका जमिनका खेतीबाली जंगली बँदेलले विनास गरेको र क्षतीपुर्ती प्राप्त गर्न कठिनाई भएको पनि स्थानीयको अनुभव छ । पूर्ण रुपमा हिंसा निषेधित क्षेत्र घोषित हेलम्बु क्षेत्रमा जंगली बंदेलले निजी बालीनालीको विनास गर्ने गरेको स्थानीय कान्छीमाया ह्योल्मो धारणा छ ।

‘हामी ह्योल्मोहरु जीवजन्तु हत्या नगर्ने भएका कारण निजी बाली विनास गरे पनि केही गर्न सक्दैनौ । जंगली जनावरहरु बालीमा पसेर सबै अन्नबाली खाई दिन्छन् ।  अन्यत्र जस्तो निकुन्जमा पासो थाप्ने र जंगली जनावरलाई हैरानी दिने काम हामीबाट हुँदैन ।’ कान्छीमायाले भन्नु भयो –‘जंगली जनावरले निजी जमिनको बाली षती गराए क्षतिपुर्ती दिने नियम त रहेछ, तर पाउनै गाह्रो छ । जंगली जनावरले बाली खाएको फोटो खिचेर वडा र प्राविधिकको सिफरिसमा मात्र षतीपुर्ती पाइने रहेछ , त्यो पनि अपुरो छ ।’

चरन क्षेत्र पनि प्रभावित
निकुञ्जका कारण चरन क्षेत्रमा चौंरी तथा भेंडी गोठहरू राखी पशुपालन व्यवसायबाट जीविकोपार्जन गर्ने पशुपालक किसानहरु पनि परम्परागत व्यबसायबाट विस्थापित भएका छन् ।  
लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रभित्रका खर्क र चौरहरूमा रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका ह्योल्मो, शेर्पा र तामाङ आदिवासीहरुले चौंरी, याक तथा भेंडी गोठहरू राख्ने काम गर्दै आएका थिए । तर निकुञ्जका कारण चरन क्षेत्र खुम्चिएको  हेलम्बु गाउँपालिका वडानम्बर १ तार्केघ्याङका ङवाङ दोर्जे लामाले बताउनु भयो ।

हाल तार्केघ्याङमा होटल व्यबसाय गरिरहनु भएका ङवाङ दोर्जे लामाका अनुसार पशुपालन व्यबसायबाट फाइदा नभएकाले आफुले पेसा परिबर्तन गरेको बताउनु भयो ।‘पहिला चरिन चरनमा जाँदा हामी स्वतन्त्र थियौ, अहिले चरन क्षेत्र भित्र गोठ बनाउन पनि निकुञ्जलाई सोध्नु पर्ने भएकाले हामीलाई गाह्रो भयो । त्यसैले मैले यो पेसा छाँडे ।’ ङवाङ दोर्जेले भन्नु भयो– ‘हाम्रा पुर्खाले आर्जेको जंगलमा अहिले राज्यको राज छ, हाम्रो राज खोसिएको छ ।’

बनजंगल संरक्षण गर्ने ह्योल्मोहरुको प्रथाजनित व्यबस्थापन प्रणाली थियो । यस प्रणालीबाट बनको संरक्षण गर्ने कम्युनिटी प्रोटोकलको कार्यन्वयन भने  भइरहेको ङवाङ दोर्जेको दावी छ ।
उहाँका अनुसार हेलम्बु क्षेत्रका जीवजन्तुको हत्या गर्न नहुने नियम अहिले पनि हेलम्बु क्षेत्रमा कडाइका साथ पालना गराइएको छ । स्थानीय गुम्वा, प्रथाजनित संस्थाका प्रमूख गोवा र संस्कृति संरक्षक चिवाको संयुक्त पहलमा स्थानीय बासिन्दाको सर्वसम्मत निर्णयबाट सामुदायिक प्रलेख अर्थात कम्युनिटी प्रोटोकल निर्माण हुन्छ । यस्तो प्रथाजनित कानुनले वन तथा वन्यजन्तुको संरक्षण गर्ने अभ्यास भईरहँदा पनि निकुन्जले स्थानीय बासिन्दालाई असहयोग गरेको उहाँहरुको गुनासो छ ।

निकुञ्ज भित्र घोडेटो बनाउन पनि दिइएन

उता हेलम्बु गाउपालिका  अध्यक्ष  निमा  ग्याल्जेन शेर्पा ह्योल्मो पनि निकुन्जका कारण निकुञ्ज आसपासमा सडक तथा गोरेटो, घेडेटो बनाउन नसकिएको बताउनु हुन्छ । निकुञ्ज भित्र  बौद्धधर्मावलम्बीहरुको  परम्परागत धार्मिक सम्पदास्थलहरु धेरै छन् । तीनमा जाने सडक वा पूर्वाधार निर्माण गर्न निकुञ्जले अवरोध गरेको गाउँपालिका अध्यक्ष ह्योल्मोले बताउनु भयो ।  ‘निकुञ्ज आफै पनि बनाउँदैन, हामीलाई बनाउन पनि दिदैन ।’  उहाँले भन्नु भयो –‘गोरेटो बाटो बनाउन पनि आइइ र इआए चाहिने रहेछ ।’

देशको संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको लाङटाङ राष्टिय निकुञ्ज नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज  पनि हो । वि.सं. २०३२ साल चैत्र ९ गते स्थापना भएको यो निकुञ्ज रसुवा  जिल्लामा ५७ प्रतिशत, नुवाकोटमा ७ प्रतिशत र सिन्धुपाल्चोक जिल्लामा ३६ प्रतिशत फैलिएको छ ।

निकुञ्जले  २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समुहहरू नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लाका १० वटा गाउँपालिकामा गठन  गरेको छ ।

 

 

प्रतिक्रिया