आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरुको एशिया प्रशान्त क्षत्रीय सम्मेलन

Admin
Admin२८ फागुन २०८०, सोमवार
आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरुको एशिया प्रशान्त क्षत्रीय सम्मेलन

आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरुको एशिया प्रशान्त क्षत्रीय सम्मेलन काठमाडौमा आयोजना भएको छ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान) सो सम्मेलन आयोजना गरेको हो । 

शनिबारबाट सुरु भएको सम्मेलनमा नेपाल लगायत भारत,पाकिस्तान बंगलादेश, मलेसिया, इन्डिोनेसिया, फिजि, कम्वोडिया, म्यानमार लगायत नौ मुलुकका आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरुको सहभागिता  रहेको छ । 

एशिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरुको जीवन भोगाई, अनुभव आदान प्रदान गर्ने र क्षेत्रीय तहको मुद्दामाथि छलफल गर्ने उद्देश्यले सो क्षेत्रीय सम्मेलनको आयोजना भएको निडवानकी अध्यक्ष प्रतिमा गुरुङले बताउनु भयो । 

सो सम्मेलन एक समारोह बीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले उद्घाटन गर्नू भएको थियो । सम्मेलनको उद्घाटन गर्दै राष्टिय मानव अधिकार आयोगका अध्यक्ष मगरले संसारमा रहने कुनै पनि व्यक्तिको मानव अधिकार हनन् हुन नहुनेमा जोड दिनु भयो । उहाँले एशिया प्रशान्त क्षेत्रमा नै आदिवासी जनजाति अपाङ्ता भएका भएका महिला र किशोरीको सवाललाई साझा मुद्धाका रुपमा उठाउने प्रयत्न गर्नू सकारात्मक भएको धारणा राख्नु भयो । 

नेपालमा राष्ट्रिय मानव अधिकार आयोग लगायतले यो समुदायको अधिकार सुरक्षित गराउन सहयोग गर्ने बताउँदै निडवानको कार्यको उच्च प्रशंसा गर्नू भयो । उद्घाटन सत्रमा नै आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले महिला मात्र नभएर सम्पूर्ण आदिवासी जनजाति महिलाको अधिकार सुरक्षित गराउनु पर्ने बउनु भयो । उहाँले आदिवासी महिला तथा किशोरीहरुको क्षमता विकास र भौतिक पूर्वाधारलाई पहुँचयुक्त बनाउन राज्यको लगानी बढाउनु पर्ने सुझाव दिनु भयो । 

११४ औ अन्तराष्ट्रिय नारी दिवशका अवसर पारेर आयोजित यस प्रकारको अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक भएको हो । सम्मेलनको  उद्घाटन सत्रको अध्यक्षको आसनबाट निडवानकी अध्यक्ष प्रतिमा गुरुङले सम्मेलनबाट साझा प्रतिबद्धता आउने बताउँदै सम्मेलनको उद्देश्य माथि प्रकास पार्नु भएको थियो ।

उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवश राई, एशिया इन्डिजिनियस पिपुल प्याक्ट (एआइपीपी)का काउन्सलर मेम्वर जगत वराम, राष्टिय आदिवासी महिला महासंघकी सचिव सनम राजबंशी, डिसाविलिटि फन्डका कार्यक्रम संयोजक कृण्णराज गहतराजलगायतले बोल्नु भएको थियो । 

सम्मेलनमा सहभागि विभिन्न मुलुकका प्रतिनिधिहरुले एशिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरुको अवस्था नाजुक रहेको बताउनु भयो ।  सम्मेलनको दोस्रो सेशनमा आयोजित प्यानल छलफलका क्रममा एशियाका धेरै मुलुकमा उनीहरुले आधारभूत मानव अधिकार पनि प्राप्त गर्न नसकेको  धारणा राख्नु भएको थियो । 

सनिबार सम्मेलनको औपचारिक उद्घाटन पश्चात आयोजित प्यानल छलफलमा  सहभागी हुँदै पाकिस्तानकी अफ्शाना अफ्रिदिले पाकिस्तानमा आदिवासी अपांग महिलाको अवस्था सन्तोषजनक नभएको बताउनु भयो । उहाँले पाकिस्तानमा आदिवासीले मान्यता पनि प्राप्त नगरेको बताउनु हुँदै पाकिस्तानमा आदिवासी अपांग महिला मात्र नभई समग्र महिलाहरुले अझैसम्म पनि पुर्ण मतदान अधिकार समेत प्राप्त गर्न नसकेको बताउनुभयो । 

निडवानका कार्यक्रम प्रमुख सेलिना नकर्मीले सहजिकरण गर्नुभएको प्यानल वहसमा पाकिस्थानकी अफ्साना अर्फिदि, बंगलादेशका सुजोया घाग्रा, इन्डियाका चाउन्गसिन कोइरेन्ग, म्यानमारका चिंग तुन्लुन र इन्डियाका रिनालिन नोन्गधुर सहभागी हुनु हुन्थ्यो । 

म्यानमारका चिन्ग तुन्लुनले  म्यानमारमा आदिवासी अपांग भएका महिलाहरुको राज्यका हरेक सेवा सुविधाका लागि पहुँच न्युन रहेको धारणा राख्नुभयो । प्यानल छलफलमा बक्ता रहनुभएको बंगलादेशका सोजुया घाग्राले पनि वंगलादेशमा  आदिवासी अपांग महिलाको अवस्था बारे जानकारी दिनुभएको थियो । 

इन्डियाका चोङ्गसिन कोइरेन्ग र रिनालिन नोन्गधरले भारतको मणिपुर क्षेत्रका आदिवासीका अवस्थाबारे बताउनुभएको थियो । सम्मेलनको दोस्रो प्यानल छलफलमा इन्डोनेशियाका हादिजा, कम्बोडियाका रिउरन हेन्ग, प्यासिफिक फिजिका सोवाया सिसि कोलाला र मलेसियाका मेरि रिन्गेगोन क्याथरिन रहनुभएको थियो । 

प्यानल छलफलमा फिजिका सोवाया सिसि कोलालाले फिजिमा अपांगता भएका आदिवासी महिलाहरुमा शिक्षा, स्वास्थ्य र आर्थिकको समस्या अधिक भएको बताउनुभयो । यसैगरि इन्डोनेशियाका हादिजाले अपांगता भएका आदिवासी महिलाका सन्र्दभमा बनेका अन्तराष्ट्रिय कानुन अनुसारको कार्यन्यवन व्यवहारमा न्युन प्रयोग हुँदै आएको बताउनुभयो ।

संचारको पहुँच कम हुनेभएकाले आदिवासी अपांग महिलाहरु सामाजिक, सांस्कृतिक, अधिकार, रोजगार र शिक्षाको हिसाबले पिछडि परेको मलेसियाका म्येरि रिन्गेगोन क्याथ्रिनले बताउनुभयो । 
तिन दिनसम्म चल्ने सम्मेलन सोमबार घोषणा पत्र जारी गर्दै समापन हुने छ । सम्मेलनमा राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालका सातै प्रदेशका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया