आदिवासीको मानव अधिकार संरक्षण र प्रर्वद्धनमा योगदान पुराएबापत लाहुर्निप, इवग्यिा र कपाङ फाउण्डेशन पुरस्कृत

Admin
Admin२० फागुन २०८०, आइतवार
आदिवासीको मानव अधिकार संरक्षण र प्रर्वद्धनमा योगदान पुराएबापत लाहुर्निप, इवग्यिा र कपाङ फाउण्डेशन पुरस्कृत

आदिवासीको मानव अधिकारको संरक्षण, प्रर्वद्धन र सम्मानमा यसिया क्षेत्रमा साहसी र उदाहरणिय नेतृत्व प्रदान गर्दै उत्कृष्ट योगदान पुराएको भन्दै एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपिपि) ले नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिल समुह (लाहुर्निप) र कपाङ फाउण्डेशन, बंगालादेशलाई थाइलैन्डको चियाङमाईमा आईतबार एसियाका १४ वटा देशका करिव १५० भन्दावढी आदिवासीको सहभागितामा एक वृहत कार्यक्रम आयोजना गरि सेन्टर आफ डिफेन्डरर्स अवार्डद्धार पुरस्कृत गरेको छ । 

यसैगरी एआईपिपिले डेनमार्कस्थित, इन्टरनेशनल वर्क गु्रप फर इन्डिजिनियस एफेयर्स (इवग्यिा)लाई पनि अर्गनाईजेशन विथ हाई एक्सेलेन्स एण्ड इन्डिजिनियस मुभमेन्ट एण्ड इम्पाओर्ड अवार्ड प्रदान गरेको छ । 

एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट, (एआईपिपि) सन् १९९२ मा स्थापित एसियाक्षेत्रका आदिवासी जनजातिहरुको संघसंस्थाहरुको छाता संगठन वा क्षेत्रिय संगठन हो । एआईपिपिले एसियाका १४ वटा देशहरुमा आदिवासी जनजातिको मानव अधिकार, आत्मनिर्णयको अधिकार, स्वयत्तता र स्वशासनको क्षेत्रमा सक्रिय रुपमा कार्यरत छ । 

सन् १९९५ मा स्थापित संस्था लाहुर्निपले आदिवासीको भूमि, भुक्षेत्र र स्रोतसाधनमा अदिवासीको अधिकार, आत्मनिर्णय, स्वयत्त र स्वशासन र स्वयत्रतता, स्वतन्त्र, पूर्व सुशुचित जानकारीसहितको मञ्जुरी, वातावरणीय न्याय लगायतका आदिवासीको अधिकारको क्षेत्रमा सक्रियरुपमा काम गर्दै आएको छ । 

सम्मान कार्यक्रममा बोल्नुहुदै, इवग्यिाका कार्यकारी निर्देशक, क्याथ्रिन वेसेनडोर्फले, आदिवासी जनजातिको क्षेत्रमास्थापित यसियाको नोवेल पुरस्कारबाट सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै, यसियामा आदिवासीमा आदिवासी जनजातिले मानव अधिकार हननको घटना बढ्दै गएकोले एकसाथ काम गर्न सुझाव दिदै, त्यस्कोलागि इवग्यिाको साथ सधै रहने बताउनुभयो । 

यसैगरी, लाहुर्निपका सचिब भिम राईले भन्नुभयो, नेपालका आदिवासी जनजातिको मानव अधिकार र मौलिक स्वतन्त्रताको रक्षा गर्नकोलागि लाहुर्निपको संस्थागत प्रयासलाई मान्यता दिएकोमा एआईपिपिलाई धन्यबाद दिदै, यो पुरस्कारले लाहुर्निपलाई आदिवासीको मानव अधिकारको क्षेत्रमा थप काम गर्न उत्प्रेरण दिएको बताउनुभयो । सन् १९९५ मा स्थापित संस्था लाहुर्निपले आदिवासीको भूमि, भुक्षेत्र र स्रोतसाधनमा अदिवासीको अधिकार, आत्मनिर्णय, स्वयत्त र स्वशासन र स्वयत्रतता, स्वतन्त्र, पूर्व सुशुचित जानकारीसहितको मञ्जुरी, वातावरणीय न्याय लगायतका आदिवासीको अधिकारको क्षेत्रमा सक्रियरुपमा काम गर्दै आएको छ । 

कपाङ फाउण्डेशन, बंगालादेशका कार्यकारी निर्देशक, पल्लब चक्माले  आदिवासी जनजातिलाई बंगलादेश सरकारले मान्यता नदिएपनि, सन् २००४ देखि बंगलादेशका आदिवासीको मानव अधिकारको संरक्षण, सम्मान र प्रर्वद्धनमा निरन्तर लागेको यहीक्रममा आदिवासी अधिकारकर्मीहरुले आफ्नो ज्यान गुमाएको बताउनुहुदै यो सम्मानले आदिवासीको अधिकार सुनिश्चित गर्न सहास बढाएको बताउनुभयो । 


सेन्टर आफ डिफेन्डरर्स अवार्ड 
 
सेन्टर आफ डिफेन्डरर्स अवार्ड एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपिपि)ले आदिवासी जनजातिको मानव अधिकारको क्षेत्रमा साहसी र उदाहरणिय नेतृत्व गरेको साथै मानव अधिकारको क्षेत्रमा उत्कृष्ट योगदान पुराएका व्यक्ति वा संघसंस्था थप काम गर्न उत्प्रेरण दिन सन् २०२४ मा स्थापित पुरस्कार हो । एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपिपि) ले नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिल समुह (लाहुर्निप) र कपाङ फाउण्डेशन, बंगालादेशलाई पहिलोपटक यो सेन्टर आफ डिफेन्डरर्स अवार्डद्धार पुरस्कृत गरेको हो । 

अर्गनाईजेशन विथ हाई एक्सेलेन्स एण्ड इन्डिजिनियस मुभमेन्ट एण्ड इम्पाओर्ड अवार्ड

आदिवासी जनजातिको अधिकारका संरक्षण र प्रवद्र्धनको क्षेत्रमा उत्कृष्ठ सहयोग र सहकार्य गर्ने विश्वका आदिवासी वा गैरआदिवासी जनजातिको संघसंस्थालाई पुरस्कृत गर्न एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपिपि)स्थापना गरेको पुरस्कार हो । एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपिपि) ले पहिलोपटक डेनमार्कस्थित, इन्टरनेशनल वर्क गु्रप फर इन्डिजिनियस एफेयर्स (इवग्यिा)लाई यो अर्गनाईजेशन विथ हाई एक्सेलेन्स एण्ड इन्डिजिनियस मुभमेन्ट एण्ड इम्पाओर्ड अवार्ड पनि प्रदान गरेको हो । 


 

प्रतिक्रिया