इतिहासपुरुष यलम्बर र थरीथरीका शालिक

कुब्जोङ किरात
कुब्जोङ किरात२९ पुष २०८०, आइतवार
इतिहासपुरुष यलम्बर र थरीथरीका शालिक

नेपालको प्रथम किरात राजा यलम्बर हाङ हुन् । उनै राजा यलम्बर देश नेपाललाई आधुनिक जग बसाएका थिए भनेर इतिहास पुस्तकमा पढ्न पाइन्छ । यलम्बर हाङलाई एलम, यल भनेर पनि उल्लेख गरिएको पाइन्छ । इतिहासपुरुष यलम्बरलाई सम्झिने क्रममा उनका अर्धकद र पूर्णकदमा चित्र, शालिकहरूको बनेका पाइन्छन् । तर ती चित्र र मूर्तिहरूमा एकरूपता पाइन्नँ । यता गयो यलम्बर, उता गयो यलम्बर । एउटा बूढो यलम्बर, अर्को खजमजिएको चाउरे यलम्बर । उता ढ्याब्रे यलम्बर । त्यहाँ पुड्के अनि गान्टे यलम्बर । ऊ पर धनुर्धारी यलम्बर । घोडचढी यलम्बर । शिउर भएका यलम्बर । श्रीपेच भिरेका यलम्बर । फेटा गुथेका यलम्बर । दारी जुँगे यलम्बर । हुँदाहुँदा हामीलाई तन्नेरी यलम्बरै चाहियो । सायद त्यही मकसद बुझेर किरात राई यायोक्खाले २०७७ असोज २७ गते काठमाडौंमा नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नया“ पूर्णकदको तन्नेरी यलम्बरको चित्र सार्वजनिक ग¥यो । हल्का जुँगा पलाएको छ । आधुनिक पहिरन छ, दौरा, हिउँ पर्ने ठाउँका लेकालीले लगाउने दोचा जुत्ता, लामो कपाल, कानमा कुण्डल, गलामा पत्थर जडित माला सपक्कै भिराइएको छ । शिरमा श्रीपेच पहिराइएको छ । श्रीपेच सुनौलो पत्थर जडित छ । खुकुरी र तरबार, भाला, धनुकाँड भिराइएको छ । भरखर टिनएज पार गरेका आलाकाँचा यलम्बर भनेर बुझ्नु पर्ने हुन्छ । इतिहासका पात्रको नयाँ स्वरूप अत्याधुनिक मान्नु पर्ने स्थिति छ । ‘वरिष्ठ कलाकार टेकबीर मुखियाद्वारा निर्मित प्रचलित यलम्बरको तस्बिरलाई आंशिक परिवर्तन गरी युवा अवस्थाको यलम्बर बनाइएको हो’ भन्ने कलाकार देव कोइमीको दावी छ । गुगल सर्च गर्दा माथि उल्लिखित थरी थरीका यलम्बर भेटिन्छन् । 

उता नेपालको पूर्वी भेगतिर यलम्बरको शालिक बन्न थालेको पनि धेरै भएको छ । धमाधम बन्ने क्रममा पनि छ । कलाकार पनि साँच्चै आँटी छन् । कसैले पैसा दिएकै भरमा यलम्बरको मूर्ति भन्दै ठ्याक्कै दाताको मुहार र कद निकाल्न थालिएको हल्ला समाजमा भूसको आगोझैं छ । ती कलाको दुर्गन्ध फुसफुस फैलिन थालेको छ । देश–विदेशबाट चन्दा उठाएर बनाइने त्यस्ता कला पहिचानको नाममा विकृति सिवाय केही होइन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बरको १०० फिट अग्लो प्रतिमा तथा पार्क बनाउँदैछ । यस्तै, हो भने अब बन्ने यलम्बरको मूर्ति कुनचाहिं दाताको मुहार चित्र अंकित हुन्छ भन्नेबारे पूर्वानुमान गर्न गाह्रो छ । 

किरात जाति तथा समुदायमा किरात संवत् प्रचलनमा छ । यसलाई येले संवत्, येले तङ्बे, येले दोङ, येले थोचे भनेर जानिन्छन् । पछिल्लो पटक समाजमा दुईथरी यलम्बर सम्वत् प्रचलनमा रहेको छ । पहिलेदेखि चलनमा रहेअनुसार सन् २०२४ अर्थात् २०८० माघ १ गते किरात येले संवत्को नयाँ वर्ष ५०८४ मनाइँदैछ । सन् २००९ नोभेम्बर १४ र १५ तारिख सम्पन्न किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा इतिहासविद्ले यलम्बरको समयकाललाई स्मारक संवत्का रूपमा मनाउँदा किरात येले संवत् ३७०३ (सन् २०२४) प्रमाण पेश गरेका छन् । त्यसयता एउटै संवत्को मिति प्रचलनमा रहेको पाइन्छ । 

इतिहासमा किरात शासकले ३२ पुस्ताले शासन गरेका थिए । प्रथम किरात हाङ (राजा) यलम्बर थिए । ती सबै पुस्ता राजाका फेहरिस्त प्रस्तुत गरेका छन् । यलम्बरलाई आदर्श बीर पुरुषका रूपमा लिने गरिएको छ । पहिचानको राजनीतिले ठाउँ पाएपछि यलम्बर पनि किराती समुदायको पेवा र शानको विषय बनाइएको हो । इतिहास त्यहींबाट जित र हारको विषय बन्न पुगेको मान्न सकिन्छ ।

यतिखेर प्रदेश नं.१ को नामाकरण हुँदा किरात प्रदेश राखियोस् भनेर अभियान चलिरहेको छ । सामाजिक संस्था किरात राई यायोक्खाले त्यो आवाज सुस्तरी उठाउँदै आएको छ । जनजीवनले सुसुप्त स्विकार गरेको स्थिति छ । त्यो राजनीतिक विषय हो तर राजनीतिक पार्टीले उठाएको मुद्दा होइन । यद्यपि खम्बुवान, लिम्बुवान, याक्खालेन, शेर्पावान आदि इत्यादि राजनीतिक शक्तिहरू शक्ति संघर्षमा छन्, जुन मूलधारका राजनीतिक शक्ति होइनन् । मूलधारको राजनीतिक दलले किरात प्रदेश ओंठे शक्तिमात्र ठान्छन् । ती दलले कोशी वा सगरमाथा (चोमोलोङ्मा होइन) ताक्छन्, नामको निम्ति । राजनीतिक शक्तिहरूले पनि यलम्बर र किरात प्रदेशलाई नजरअन्दाज गरेका छन् । 

इतिहासमा किरात शासकले ३२ पुस्ताले शासन गरेका थिए । प्रथम किरात हाङ (राजा) यलम्बर थिए । ती सबै पुस्ता राजाका फेहरिस्त प्रस्तुत गरेका छन् । यलम्बरलाई आदर्श बीर पुरुषका रूपमा लिने गरिएको छ । पहिचानको राजनीतिले ठाउँ पाएपछि यलम्बर पनि किराती समुदायको पेवा र शानको विषय बनाइएको हो । इतिहास त्यहींबाट जित र हारको विषय बन्न पुगेको मान्न सकिन्छ । फलतः यलम्बरको काल गणना गर्न थालियो । चलाइयो, किरात येले संवत्, किरात येले तङ्बे, किरात येले दोङ, किरात येले थोचे, किरात सम्वत् । साथसाथमा यलम्बरको मुहारचित्र कोरिन थालियो । 

पहिलो किरात हाङ यलम्बरको पहिलो रेखाचित्र वरिष्ठ कलाकार रतनकुमार राईले कोरेका थिए । त्यो रेखाचित्रलाई केही अग्रजहरूले अर्का वरिष्ठ कलाकार टेकबीर मुखियासमक्ष पु¥याएछन् । कलाकार राईको पेन्सिल स्केचलाई प्राण भर्ने काम कलाकार मुखियाले गरेका हुन् । यलम्बरको त्यो चित्रलाई किरात राई यायोक्खाको ‘यायोक’ पत्रिकाको भित्री मध्ये पृष्ठमा छापियो, किरात येले थोचेका रूपमा । 

यसअघि चार किरात संस्थाले संयुक्त रूपमा इतिहासबारे छलफल, इतिहासकारहरूसहित बहस गरेर यलम्बरको नयाँ रेखाचित्र निर्माण भएको थियो । किरात याक्थुङ चुम्लुङको ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिमको तेस्रो तलामा निम्ति त्यो रेखाचित्र र मूर्तिलाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरेका थिए । त्यो काम भएका दशक अघिमात्र भएको हो । 

यायोक्खाले फेरि यलम्बर नयाँ रेखाचित्र एक्लै सार्वजनिक गर्दा चार किरात संस्थाका पदाधिकारीहरूबीच असमजस्यता पैदा गरेको छ । पछिल्लो युवा यलम्बर किरात राई यायोक्खाले प्रकाशन गरी सार्वजनिक गरेको हो । किरात इतिहास राई जातिको मात्र पेवा हो र ? यदि साझा हो भने अन्य किरातजन्य संस्थासित समन्वय गर्न यायोक्खा चुकेको छ । यो विषयमा यायोक्खा एक्लै दौडिन मिल्दैन । गम्भीरतापूर्वक ध्यान पुग्नैपर्छ । 

‘प्रथम किरात राजा यलम्बरको तस्बिरमा एकरूपता’ विषयक छलफल, मार्च ३१, २०१० मा भएको थियो । ‘यलम्बरको व्यक्तित्व यस्तो हुनुपर्छ’, सबैसामू मुक्का ओझाउ“दै इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीले भनेका थिए, ‘जसलाई हेर्दै पराक्रमी हुन् भन्ने जनाओस् ।’ त्यतिखेर विद्वत्तसमुदाय अलि हा“सोस“गै गम्भीर बनेका थिए । कतिले इतिहास केलाए त कतिले मूर्तिमात्रै हेरेर भने । विषय गम्भीर नै हो । 

किरात राजाको मूर्ति कहिलेदेखि कु“दियो त ? ‘प्राचीन किरात इतिहास’ नाम पुस्तकमा डा.स्वामी प्रपन्नाचार्यले किरात राजा यलम्बर हाङको ‘अज्ञात किरात राजाको मूर्ति’ भनेर उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘यस मूर्तिलाई सबैभन्दा पहिलो प्रथम किरातराजा यलम्बर हाङ भनेर घोषणा गर्ने योगी नरहरिनाथ हुन् । उनीले ‘इतिहास–प्रकाश’ मा लेखेका छन् । तर प्रमाण भने भेटिएको छैन । कुनै अज्ञात किरात राजा भने अवश्य नै हुन् । निश्चित किरातै हुन् ।’

किरात राजाको ममूर्तिलाई सबैभन्दा पहिलो प्रथम किरातराजा यलम्बर हाङ भनेर घोषणा गर्ने योगी नरहरिनाथ हुन् ।  तर प्रमाण भने भेटिएको छैन । कुनै अज्ञात किरात राजा भने अवश्य नै हुन् । निश्चित किरातै हुन् ।’

 

किरात समुदायमा प्रचलनमा रहेको किरात येले संवत् ५०८४ (२०८० माघ १ गतेबाट लागू हुने) हो । इतिहासविद् जगदीशचन्द्र रेग्मीले ‘प्राचीन नेपालको संक्षिप्त इतिहास’मा उल्लेख गरेअनुसार गोपाल राजवंशावलीका आधारमा सन् २०२४ लाई किरात येले संवत् ३७०३ हुने देखिन्छ ।

संवत्को खोजीसँगै किरात हाङ यलम्बरको अस्तित्वको खोजी सुरु भएको हो । संघसंस्था गठनसँगै यलम्बरको तस्बिर कलाकारले बनाए । कलाकार रतनकुमार राईले कोरेका यलम्बरको रेखाचित्र अर्का कलाकार टेकबीर मुखियाले मूर्तरूप दिएका हुन् । त्यसपछि कलाकारहरू धनु याक्खा, नबेन्द्र लिम्बू, सिक्टन राई, पूर्ण वनेम, रोजन राई लगायतले यलम्बरलाई चित्रकला र मूर्तिकला शालिकमा उतारेका छन् । त्यो तस्बिर विभिन्न भित्तेपात्रोदेखि फोटाहरू बनाइए । यलम्बरको जिउडाल, भावभंगीमा उस्तै बनाउने प्रयास गरेका छन् । 

कुलपति काइँला यलम्बरको तस्बिर र मूर्तिमा एकरूपता हुनैपर्छ भन्ने मान्यता राख्दैनन् । ‘प्रत्येक कलाकारका आफ्नै शिल्प, कला हुन्छन्, त्यसैले नक्सा एकरूपता भन्दा पनि किरातीपन झल्किनुपर्छ,’ काइँलाको बुझाइ छ, ‘यलम्बर कति आयु बाँचे ? कसैले देखेको थिएन । त्यसैले कलाकारको भावनासापेक्ष हुन्छ ।’ 

यलम्बरको मूर्ति बनाउँदा राजसी ठाँट र सान, त्यसैअनुसारका लुगाफाटा, युद्धकौशल व्यक्तित्व र परम्परागत खुँडा, भाला, धनु, काँडले सज्जित योद्धा बनाउने गरिएको छ । यलम्बरको उचाई, शिरमा फेटा, शिउरमा कल्की (मुन्धुमअनुसार डाँफे, कोइली, मुनाल, मयूरको प्वाँखजडित), फैलिएको चाक्लो मुहार, चिम्सा आँखा, झुस्स पातलो दाह्री र जुँगा, कानमा कुण्डल, घाँटीमा पत्थरको माला । तागा (दौरा), पटुकीमा खुकुरी भिरेका मात्र होइन, काँधदेखि पाउसम्म हाङजाम पहिराइएका छन् । बिर्सिन नमिल्ने पक्षचाहिं यलम्बरको शालिक बनाउँदा कुनै इतिहासविद्, कलाकार र विज्ञहरूको मन नभाँचियोस् । दाम र नामभन्दा पनि यो शालिक निर्विवाद बनोस् । 

रेखाचित्र र तस्बिर स्रोतः गुगल र विभिन्न संचारमाध्यम

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात