शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट तामाङहरु पीडित, विस्थापित गराउन खोजेको भन्दै आन्दोलन

थिङ चोमोलुङ्मा तामाङ
थिङ चोमोलुङ्मा तामाङ२७ पुष २०८०, शुक्रवार
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट तामाङहरु पीडित

देशको राजधानी काठमाडौ उपत्यका नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट त्यहाँका आदिवासी तामाङहरु पीडित  बनेको भन्दै त्यहाँका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । 

केही साता अगाडि मात्र निकुञ्ज भित्र रहेको ओख्र्रेनी, मुलखर्क, तारेभीर, चिसापानी, गागल तथा मणिजुड गाउँका तामाङहरुले सुन्दरीजलमा एक जनसभा र ¥याली गरेर निकुञ्जलाई जनतामैत्री बनाउन आग्रह गर्दै निकुन्ज भित्र नयाँ संरचना निर्माण पूर्व स्थानीयबासीसंग सहमति गर्न आग्रह गरेका थिए । तर जनदवावलाई बेवास्था गर्दै नयाँ नागमणी धाप नामक जलासय निर्माण गर्न लागिएको छ । 

स्थानीयबासीहरुले दीपक तामाङको संयोजकत्वमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज पीडित संघर्ष समिति पनि बनाएका छन् । समितिले केही साता अगाडि काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै  आदिवासीहरुसंग जानकारी तथा सूचना र कुनै समन्वय नगरी हुन लागेको संरचना तथा योजनाहरु खारेज गर्नू पर्ने, निकुन्जले सन्चालन गरेका टिकट काउन्टर बन्द गरिनु पर्ने निकुन्जमा हुने घुसपैठ, खानतलासी, डर धम्की, त्रासका कामहरु तुरुन्त बन्द गर्नू पर्ने लगायतको माँग राखेको छ । 

निकुन्ज पीडित संघर्ष समितिका संयोजक दीपक तामाङका अनुसार घोषित राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र खारेज गर्नु पर्ने गाउँ आसपास रहेको सैनिक चेकपोष्ट र ढाट बन्द गर्नू पर्ने , निकुन्जले कव्जा गरेको स्थानीयको पुख्र्योली भूमि, भूक्षेत्र र स्रोतहरु फिर्ता माग गर्ने कार्यक्रम रहेको छ । 

शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिचय 

देशको राजधानी काठमाडौ उपत्यका नजिकै रहेको शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सन् २००२ मा स्थापना गरिएको हो । देशको प्रशासनिक मुख्यालय सिंहदरबारबाट करीव १२ किलोमिटर उत्तरमा रहेको यस निकुञ्जको क्षेत्रफल १५९ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज आदिवासी तामाङहरुको थाकथलो काठमाडौ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा पर्दछ । 

मध्य पहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण र काठमाडौ उपत्यकालाई दिगो रुपमा खानेपानी उपलव्ध गराउने उद्देश्यले घोषीत  शिबपुरी नागार्जुन राष्टिय निकुञ्जको सुरक्षार्थ ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । निकुन्ज भित्रका छ वटा गाउँ प्रबेश गर्ने मुख्य नाकामा सेनाको चेकपोष्ट राखिएको छ र त्यहाँ भित्र परम्परागत रुपमा बसोबास गर्ने स्थानीय बासिहरुले आफनो घर जान पनि सेनाले खानतलासी र सोधपुछ गरेर मात्र प्रबेश पाउने गरेका छन् । 

नकुञ्ज भित्र महत्पपूर्ण साँस्कृतिक सम्पदाहरु र आदिवासीका धार्मिक महत्वका क्षेत्रहरु छन् । यही निकुन्ज् भित्र बौद्धधर्मावलम्बीहरुको तीर्थस्थल मानिएको नागीगुम्वा, सित्रे, बागद्धार, चिसापानी, जामाचो लगायतका सम्पदाहरु छन् । निकुन्जले यस क्षेत्र भित्र शिकार गर्न नपाइने, घर, छाप्रो, आश्रम वा अन्य आकारको घर बनाउन नपाइने, निकुन्ज् भित्र घरपालुवा जीवजन्तु वा पन्छी चराउन वा पानी खुवाउन नपाइने, निकुन्ज सफा गर्न, आवादी गर्न, खेतस् गर्न वा वाली लगाउन नपाइने नियउम बनाएको छ ।

निकुञ्ज भित्र वन पैदावर काट्न, ढाल्न, हटाउन, छेक्न वा हानी नोक्सानी पु¥याउने कुनै पनि कार्य गर्न पाइदेन । निकुञ्ज भित्र खानी खन्न, ढुंगा, माटो, कंकट वा अन्य पदार्थ हटाउन नपाइने निउयम छ । निकुन्ज भित्र कुनै प्रकारको हातहतियार, खरखजाना वा विष साथमा लिएर जान पाइदेन । यस्तो कार्य गरेमा ५० हजार देखि एक लाख सम्मको जरिवाना र पन्द्र  बर्ष सम्मको कैद हुने कडा कानुन रहेको छ । 

शिवपुरी निकुन्जको इतिहास 

शिवपुरी राष्ट्रिय निकुन्ज रहेको भूमि त्यहाँका आदिवासीहरुको परम्परागत प्रथाजन्यभूमि हो । यस अघि यो बन जंगललाई हुर्काउने बढाउने र संरषण गर्ने तामाङहरुको आफनै प्रकारको प्रथाजन्य कानुन थियो । उनीहरुले रुख बिरुवा हुर्काउने सीप र ज्ञानलाई प्रथाजन्य मान्यता, आधत्मिक विश्वासका साथ अगाडि बढाएका थिए । परम्परागत रुपमा दाउर संकलन गर्ने काम गरेर उनीहरु नजिकैको शहरको इन्धन खपत गर्दथे । यसका लागि सुकेको रुप, पातपतिगर संकलन गरेर घरपालुवा गाइ, भैसी तथा बाख्राको स्याहार गर्ने गर्दथे । 

बनमा रहेको जडिबुडीको संकलन, घासको संकलन गर्नू उनीहरुको परम्परागत पेसासंग सम्बन्धित काम थियो । बनमा उत्पादन हुने निगूरो, साग तथा तरुल, गिटठा भ्याकुर संकलन गरेर खाद्य पदार्थको जोहो गर्ने गर्दथे । उनीहरुको चिहान डाडा त्यही जंगलमा रहेको हुँदा ती चिहानलाई देवस्थलका रुपमा पुजा गर्ने गर्दथे । 

तर सरकारले  निम्न कदम उठाउँदै क्रमशः त्यो जंगललाई राष्ट्रिय करण ग¥यो । 

  • सन् १९७६ मा शिवपुरी जलाधार संरक्षण बोर्ड गठन र सर्वेक्षण 
  • सन् १९७८ मा शिवपुरी जलाधार संरक्षित क्षेत्र कायम, 
  • सन् १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा, 
  • सन् २००२ मा शिवपुरी राष्ट्रिय निकुञ्ज घोषणा 
  • सन २००९मा नागार्जुन बनलाई समेत समेटेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको नामाकरण ।
प्रतिक्रिया