पृथ्वीनारायण शाहको आलोचनात्मक सम्झना

कुब्जोङ किरात
कुब्जोङ किरात२६ पुष २०८०, बिहिवार
पृथ्वीनारायण शाहको आलोचनात्मक सम्झना

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०८० साल पौष २७ गतेको निमन्त्रणा पत्रमा छ– ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ‘३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को उपलक्ष्यमा आयोजित जलपान समारोह भृकुटीमण्डप, काठमाडौंमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ ।’

नेपाल आदिवासी जनजाति महासंघले भने यो ‘राष्ट्रिय एकता दिवस’को विरोध गर्दै आएको छ । संयोग यो पनि परेको छ कि इतिहास अध्यता तथा पत्रकार राजकुमार दिक्पालले यही वर्ष २०८० साउनमा ‘पृथ्वीनारायण शाह  आलोचनात्मक इतिहास’ नाम २६८ पानाको किताब सार्वजनिक गरेका छन् । 

पहिले यो किताब ‘पृथ्वीनारायण शाह  आलोचनात्मक इतिहास’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । यो भित्र २२ वटा शीर्षकका लेखहरू छन् । क्रमशः ‘जायजन्मका लागि बौद्ध पूजा’, ‘युवराज छ“दै द्वारेको सफाया’, ‘बनारस गई गोत्र परिवर्तन’, ‘विराज बखतीले पारेको प्रभाव’, ‘नेवार्नीतिरका छोराको उपेक्षा’, ‘जयन्त रानाको अमानवीय हत्या’, ‘बिसे नगर्चीको धोती’, ‘सुन कारोबार’, ‘कालु पा“डेको अपमान’, ‘ज्यान जोगाइदिने पुतुवार’ छन् । यसैगरी ‘बन्दुकको बलमा निर्दोषको संहार’, ‘तिमालकोटको युद्धमा छलकपट’, ‘गरिबलाई जोगी पाल्ने भार’, ‘कीर्तिपुरेको काटिएको नाक र ओठ’, ‘जहानबच्चा पक्री कमाराकमारी’, ‘मितबाको राज्यमा नरसंहार’, ‘इसाई धर्मावलम्बीलाई देश निकाला’, ‘नगरकोटीहरूको संहार’, ‘माझकिरातमा अत्याचार’, ‘लिम्बुवानमा नुनपानीको थिति’, ‘अर्काको हात्तीमा आ“खा’ र ‘पृथ्वीनारायण शाहको उपदेश’ शीर्षकमा बा“धिएका छन् । अर्काको कुरा काट्न जति सजिलो छ, त्यो काम गर्न सम्भव पनि नहुन सक्छ । लेखक दिक्पालले प्रमाणहरू जुटाएर पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दैगर्दाको आलोच्य पक्षबारे पस्केका छन् । यो किताब बजारमै प्रशस्त पाइने भएकाले खोजेरै पढ्ने र आलोचना अनि समालोचना गर्न जोसुकैलाई छुट छ । राज्य विस्तार गरेकैले आज हामी देश नेपाल छौं भन्ने दरिलो प्रमाण हो । तर कुनै महान व्यक्तिले गरेको गल्तीलाई पनि हेरिनु पर्छ भन्ने पक्षमा यो किताब उभिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले भने यो ‘राष्ट्रिय एकता दिवस’को विरोध गर्दै आएको छ । संयोग यो पनि परेको छ कि इतिहास अध्यता तथा पत्रकार राजकुमार दिक्पालले यही वर्ष २०८० साउनमा ‘पृथ्वीनारायण शाह  आलोचनात्मक इतिहास’ नाम २६८ पानाको किताब सार्वजनिक गरेका छन् । 

गोरखाका राजा नरभूपाल शाहले चारजना विवाह गरेका थिए । पहिलो रानी चन्द्रप्रभावती, दोस्रो रानी कौशल्यावती, तेस्रो रानी बुद्धिमति र चौथो रानी शुभद्रावती थिए । उनको बाइस–तेइस वर्षको उमेरमा पनि सन्तान नभएको कारण गोरखा दरबारमा चिन्ता फैलियो । उनकी माहिली रानी कौशल्यावतीले देवा धर्मा (भुटान)बाट एकजना लामालाई ल्याएर उपाय गरे सन्तान हुनेछ भन्ने सपना आफूले देखेको दरबारमा बताइन् । बौद्धपूजा गरेपछि कौशल्यावतीको गर्भ रह्यो । पहिलो सन्तानका रूपमा विसं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । 

काठमाडौंको कीर्तिपुरमा रहेको एउटा ढुंगालाई स्थानीयले हरेक पुस २७ गते थुक्ने गर्छन् । त्यसको कारण रहेको छ । पृथ्वीनारायण शाहको राजहठ अर्थात् सनकी घमण्डीपनले गर्दा कालु पा“डेजस्ता अनुभवी सैन्य कमाण्डर र योद्धाहरूले विसं. १८१४ जेठ १९ गते कीर्तिपुरको युद्धमा जबरजस्त ज्यान गुमाउनु परेको बुझ्न सकिन्छ । सोही युद्धमा रहेका पृथ्वीनारायण शाहलाई हम्मेहम्मे अवस्थामा पुतुवारले बचाएका थिए । दोस्रो पटक विसं. १८२१ मा कीर्तिपुर आक्रमण गर्दा शूरप्रताप शाहले देब्रे आ“खा गुमाएका थिए भने दलजित शाह सख्त घाइते भएका थिए । गोरखालीले त्यसपछि विसं. १८२२ मा तेस्रो पटक कीर्तिपुर आक्रमण गरी विजय पाए । दुई पटक हारस“गै सैन्य क्षति व्यहोरिसकेका गोरखालीले विजयोन्मादमा ८ सय ६५ जनाको नाक तथा ओंठ काटिदिएका थिए । त्यतिबेला कीर्तिपुरको जनसंख्या दुई हजार जतिमात्र थियो । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भूगोल, बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक छ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाको मत छ– दुइटा कुरा छ । पृथ्वीनारायण शाह भ्रम नहोस् । पृथ्वीजयन्तीको हामीले विरोध गरेको होइन । जयन्ती भनेको मरेपछि मनाइने जन्मोत्सव न हो । जन्मजयन्ती मनाऊन् हामीलाई कुने समस्या छैन । तर त्यसलाई एकताको प्रतीक मान्छ भने हामी पृथ्वीनारायण शाहले नेपाललाई एकता गरेको होइन । एकीकरण गरेको होइन । एकीकरण गरेको भए, उनले एकीकृत गरेका ती राज्यमा बोलिने भाषा, धर्म, जातिहरूको एकीकरण किन गरेनन् ? गोरखा राज्य विस्तार गरेकोलाई एकीकरण भन्न मिल्दैन । र, अर्को उनले आफ्नो गोरखा राज्य विस्तार गर्दाखेरी जुन भ्रम नेपाली जनतालाई छरिएको छ कि मैले अंग्रेजी शासकहरूलाई त्यतिबेला मैले नसिद्ध्याएको भए नेपाल अहिले इण्डियमा विलय हुन्थ्यो भन्ने हाउगुजी देखाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाको मत छ, पृथ्वीनारायण शाहले नेपाललाई एकता गरेको होइन । एकीकरण गरेको होइन । एकीकरण गरेको भए, उनले एकीकृत गरेका ती राज्यमा बोलिने भाषा, धर्म, जातिहरूको एकीकरण किन गरेनन् ? गोरखा राज्य विस्तार गरेकोलाई एकीकरण भन्न मिल्दैन ।

नेपालको इतिहासमा पृथ्वीनारायण शाहले कुनचाहिं अंग्रेज शासकको टाउको काटेको थियो ? त्यो देखाउनु प¥यो । तर पृथ्वीनारायण शाहले जुम्ला, हुम्लादेखि लिएर यता ओलाङचुङ हिमालका शेर्पा भोटे काटेको रेकर्ड छैन कि ? बाँके, बर्दियामा थारु, मुसलमान मारेन कि ? खम्बुवान, लिम्बुवानका किरातीलाई जिउँदै बोरामा हालेर अरुण नदीमा बगाएन कि ? नुवाकोटको तामङको हत्या गरेन कि ? मल्ल राजा, काठमाडौंका नेवारहरूलाई गोली हानेर हत्या गरेन कि ? कीर्तिपुरमा उसको सेनापति कालु पाँडे, अर्को सरदारको आँखा फुटाएको प्रतिशोधमा त्यहाँका जनतालाई चाड मनाइरहेको बेला गोली हानेर सखाप पारेन कि ? अर्को कुरा भूगोलको एकीकरण भारतमा अंग्रेजी शासकले ग¥यो भन्दैमा अहिले भारतीयले अंग्रेजी शासकलाई एकीकरणको प्रतीक मान्दैनन्, त्यसैगरी नेपालमा पनि गोरखा राज्य विस्तार गरी विशाल गरे होलान् । तर एकता भनेको सबै भाषा, धर्म, संस्कृति एकीकरण गरिदिएको भए पृथ्वीनारायण शाहको जय जय हुन्थ्यो । उसले भूगोलको एकीकरण गर्दाखेरी एकल जाति, एकल धर्म, एकल भाषा लादेको हुनाले त्यसको विरोध गर्दैआएका हौं । यसको सुरुवात मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर नेतृत्वमा हामीले गर्दैआएका छौं । गत वर्ष २०७९ मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले म र रोज मोक्तानलाई गिरफ्तार गरायो । मलाई पूर्ण विश्वास छ कि अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ गणतन्त्रवादी हुन् । यसरी सामन्ती राज्यको अवशेष मान्नु हुन्न भन्ने पक्षधर हुन् । त्यसैले सायद यो वर्ष हाम्रो गिरफ्तारी हुन्न । भइहाल्यो भने मलाई अनौठो लाग्ने छैन ।’

किताबको भूमिकामा वसन्त महर्जनले लेखेका छन्– ‘पृथ्वीनारायण शाह नहु“दो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार वर्षअघि नै नेपाल र नेपाली थियो । ऐतिहासिक प्रवाह प्रवाहित थियो । बरु यो पक्का हो, उनले गोरखालगायत ठूलो भूभाग तत्कालीन नेपालमा गाभ्न ल्याएर आफू र अरुलाई पनि नेपाली बनाए । तबैदेखिको समयलाई आधुनिक नेपाल भन्ने गरिएको छ । यो उनको योगदान हो ।’ यस पक्षमा यो किताबले बोलेको छ र शासक वर्गले मनन गर्नैपर्ने देखिन्छ । 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात