हिजोआज ललितपुर–काठमाडौं, भक्तपुर–काठमाडौं अर्थात् काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सवार हुँदा केही रिमिक्स गीतहरू बच्छन् । सुमधुर संगीतको धुनमा खस नेपाली शब्द गेडो पर्गेल्दै गर्दा अलिकति कानमा ठेस लागेजस्तो हुन्छ । सुन्दै जाँदा नबुझिने शुब्द पनि बुझेझैं गरी मिसिएको सुनिन्छ । एउटा स्टेसनबाट अलि परको स्टेसनसम्म पाँग्रा गुडिसक्दा झ्याप्पै अनुमान हुन्छ कि त्यो गीतको गेडो त तामाङ भाषाको पो रहेछ । अनि लाग्छ, कत्ति मिठो गरी गाएको यी कलाकारले भनेर चित्तमा मलम लगाउन पुगिन्छ ।
रहस्य यस्तो रहेछ कि तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान तामाङका अनुसार तामाङ भाषा र तामाङ सेलोलाई लिएर महिनाभरिमै ३०–४० वटा गीत निर्माण हुने गर्छ । तामाङ मातृभाषा संगीतको प्रवद्र्धनमा तामाङ कलाकारहरूले भरपूर प्रयास गर्दै आएका छन् । संघमा २०० भन्दा बढी कलाकार सदस्य छन् । ‘वर्षमा सयौं कमर्सियल गीतहरू बन्ने गर्छ । ल्होछारको अवसर, संस्कार, संस्कृति, परम्परा उजागर हुनु स्वभाविकै हो । समय सापेक्ष उठेका ताम्सालिङ मुद्दा, अभियानमा समर्पित भएर कलाकार संघमार्फत् लागीपरेका छौं ।’ अध्यक्ष तामाङको कथन छ ।
आफ्नो संस्कार संस्कृतिको विषय समेटेर अधितम गीतहरू बन्ने गरेको छ । सँगसँगै समय सापेक्ष जस्तै ताम्सालिङको मुद्दा निरन्तर उठिरहेको छ । तामाङ संस्कृतिलाई अरु संस्कृतिले अलिकति थिचोमिचो गर्न खोज्ने, अरु जातजातिले तामाङ संस्कृतिमाथि आवाज उठाउने जस्ता समय सापेक्ष आइपरेको मुद्दाहरू, जनचेतना जगाउने गीतहरू बन्ने गरेको अध्यक्ष तामाङको भनाइ छ । दैनिक यति नै गीत बन्छ भन्ने होइन । घटना क्रमसँगसँगै बन्छ । जुनसुकै शीर्षकमा बनाए पनि भाषाको गीत हुन्छ । ल्होछारको अवसरमा कलाकार सबैभन्दा बढी जागरुक हुने गरेका छन् ।
यसो त यही काठमाडौं उपत्यका हो, जहाँ विश्वमै चिनाउने नेवार समुदायको जीवित संस्कृति, ऐतिहासिक परम्पराहरू छन् । ‘जीवित सांस्कृतिक सहर’मा उपमाले बाँचिरहेको ऐतिहासिक भक्तपुर नगरबाट हरेक बिहान काठमाडौंतर्फ गुड्ने गाडीमा नेपालभाषाका गीत बज्छन् । यो पुसको चिसो मौसममा धुस्सा ओढेजस्तो त्यो गीतले कानमात्र होइन दिमानलाई न्यानो बनाइ दिन्छ । हामीले भक्तपुर भन्छौं, नेवार समुदायले ख्वपः भनेर जान्दछन् । काठमाडौं भन्छौं, यँः भन्छन् । ललिपुर भन्छौं, यल भन्छन् । तीनै सहरको मिसिने केन्द्रविन्दु काठमाडौं हो । यस भूमिलाई नेपाल मण्डल पनि भनिएको छ । पछिल्लो दशकमा नेवाः ताम्सालिङ भनेर पनि पहिचान्ने गरिएको छ ।
हिजोआज ललितपुर–काठमाडौं, भक्तपुर–काठमाडौं अर्थात् काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सवार हुँदा केही रिमिक्स गीतहरू बच्छन् । सुमधुर संगीतको धुनमा खस नेपाली शब्द गेडो पर्गेल्दै गर्दा अलिकति कानमा ठेस लागेजस्तो हुन्छ । सुन्दै जाँदा नबुझिने शुब्द पनि बुझेझैं गरी मिसिएको सुनिन्छ । एउटा स्टेसनबाट अलि परको स्टेसनसम्म पाँग्रा गुडिसक्दा झ्याप्पै अनुमान हुन्छ कि त्यो गीतको गेडो त तामाङ भाषाको पो रहेछ । अनि लाग्छ, कत्ति मिठो गरी गाएको यी कलाकारले भनेर चित्तमा मलम लगाउन पुगिन्छ ।
सार्वजनिक यातायात सबैको साझा सवारी साधन हो । त्यसमा हाम्री यात्रुले यो गीत बजाऊ, यो नबजाऊ भन्ने अधिकार रहन्न । यात्रा गर्दा चालक र सहचालकले जो गीतसंगीत बजाउँछन्, त्यही सुन्ने हो । कस्तो गीतसंगीत बजाउने र सुनाउने भन्नेबारे उनैमा निरभर रहन्छ । काठमाडौं उपत्यकाको देशको सबैतिरका मानिस आउने भएकाले स्थानीय सार्वजनिक यातायातको प्रसंग उठाइएको हो ।
गीतसंगीतकै विषयलाई लिएर अनेकलन कलाकार संघहरू निर्माण भएका छन् । विशेष गरी जातीय संगीतको संवद्र्धन प्रवद्र्धन विषय हाम्रो चासोको पक्ष हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा १४२ जातजाति र १२४ भाषा छन् । संविधानले नेपालमा बोलिने भाषालाई ‘राष्ट्रभाषा’को संज्ञा दिएको छ । राज्यले के ग¥यो भन्दा पनि हामी नागरिक समुदायले आफ्नो पक्षबाट केके गर्दैछौं भन्नेचाहिं मुख्य हो ।
किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष शालिक सातासक राईले संस्थागत रूपमा दर्जनौं जातीय संगीतजन्य गीतसंगीत निर्माण गरेको बताउनु हुन्छ । ‘संघले निर्माण गरेका दर्जनौ गीतहरू छन्, भिडियोहरू छन् । कलाकार स्वयंले निर्माण गरेका छन् । युट्युबमा राखिएका छन् । हाम्रो क्षेत्र नै गीतसंगीत निर्माण गर्ने हो । भिडियो चलचित्र निर्माण गर्ने भएकोले त्यो कार्य निरन्तर छ । हामीले गरेका कामहरूको नतिजा युट्युबमा प्रशस्त्र पाइन्छ । खुवालुङकै गीत पनि भरखरै राखिएका छन् । यो भूमि चुम्ने हामी हौं पहिलो किरातीदेखि चोमोलुङ्मा, सेवा सेवा भन्ने लगायत धेरै धेरै बनेका छन् । पूर्वका सबै एफएम रेडियोहरू बच्छन् । यातायातमा बजाउनु पर्छ भन्ने अभियानचाहिं अहिलेसम्म जुटाइएको छैन ।’
लिम्बू÷याक्थुङ सांस्कृतिक मञ्चका सदस्य गायिका मनु नेम्बाङ लिम्बू भाषा र संस्कृतिका गीत महिनामा १५–२० वटा जति रेकर्ड हुने गरेको सुनाउनु हुन्छ । त्यसमा कतिपय पुराना भाकाको खोजी गरेका पर्छन् भने अधिकांश पहिलकै भाकालाई यताउता पारेर गाउँने गरिएका हुन्छन् । सबैभन्दा धेरै पालाम गाएको पाइन्छ भने हाक्पारे सबैभन्दा लोपोन्मुख अवस्थामा छ । च्याब्रुङ, मुर्चुङ्ग, सारंगी, बाँसुरीजस्ता बाजाहरू प्रयोग गर्न गरिएका छन् । ‘बुढौलीले गाउने भाको तीन–चार वर्षमा मुस्किलले एउटा हाक्पारे गीत सार्वजनिक हुने गरेको छ,’ गायिका नेम्बाङ भन्नुहुन्छ, ‘तैपनि टिपिकल याक्थुङ भाषा र भाकाहरूको निर्माणमा हरेक कलाकार सचेत भएर अघि बढ्ने गरेको पाइन्छ ।’
हिमालयन शेर्पा सांस्कृतिक केन्द्र शेर्पा जाति, भाषा, नृत्य, गीतसंगीतको प्रवद्र्धन गर्दै आएको छ । केन्द्रका पूर्वअध्यक्ष लाक्पा शेर्पाका अनुसार यो संस्था २०४६ सालमा गठन भएको हो । देशव्यापी भाषिक, सांस्कृतिक जागरण, प्रशिक्षण कार्य गर्दै आएको छ । हरेक ल्होछारदेखि अन्य अवसरमा सांस्कृति अभियान प्रवद्र्धन कार्यमा शेर्पा कलाकार संघले सघाउँछ । ‘सेब्रु’, ‘नादिङ’, लेक जाँदादेखि तल बेंसी झर्दा, बेहुली भित्र्याउँदा, टुङ्ना, बाच्छेबाजा इत्यादि मौलिक सांस्कृतिक तथा सांगीतिक प्रशिक्षणको काम गर्दै आएको छ । ‘अहिले जागरण बढेको छ तर बाह्य प्रभाव पनि उत्तिकै बढेको छ,’ पूर्वअध्यक्ष शेर्पा भन्नुहुन्छ ।
गीतसंगीतकै विषयलाई लिएर अनेकलन कलाकार संघहरू निर्माण भएका छन् । विशेष गरी जातीय संगीतको संवद्र्धन प्रवद्र्धन विषय हाम्रो चासोको पक्ष हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा १४२ जातजाति र १२४ भाषा छन् । संविधानले नेपालमा बोलिने भाषालाई ‘राष्ट्रभाषा’को संज्ञा दिएको छ । राज्यले के ग¥यो भन्दा पनि हामी नागरिक समुदायले आफ्नो पक्षबाट केके गर्दैछौं भन्नेचाहिं मुख्य हो ।
मगर कलाकार संघका निर्वतमान अध्यक्ष तथा नेपाल मगर संघ संघीय सांस्कृतिक उपाध्यक्ष कबिराज मगर मातृभाषा र संस्कृतिको विषय प्रशस्त प्राथमिकतामा पर्न नसकेको बताउनु हुन्छ । मगर जातिभित्र बारमगरात, अथारमगरा र काइके गरी तीन थरी भाषा बोलिन्छन् । सबैभन्दा बढी बारमगरात भाषा बोलिन्छन् र त्यसैमा बढी गीतसंगीत निर्माण हुने गरेको छ । मगर समुदायमा हुर्रा, कौरा, सोरठी, झ्याउरे, सालैजो भाका प्रसिद्ध छन् । मातृभाषा र खस नेपाली दुवैमा गाउने गरिन्छ । ‘आफ्नै मातृभाषा गाउनचाहिं इतिहास राख्नको लागिमात्रै हो । देश–विदेशमा कार्यक्रम प्रस्तुत गर्नको लागि खस नेपालीमै गाउँने, रेकर्ड गर्ने चलन बढी छ । माग धेरै छ । तर उत्पादन कम छ ।’ उपाध्यक्ष मगरको कथन छ । मगर जातिले माघेसंक्रान्ति र भुम्या (असार १) विशेष चाडका रूपमा मनाउँछन् । यही अवसरलाई छोपेर नयाँ गीत रेकर्ड गराउने गर्दछन् ।
सांस्कृतिक संस्थानले हालैमात्र साप्ताहिक रूपमा ‘माटोको गीत’ (सङ्स अफ सोल) शृंखलाको आरम्भ गरेको छ, जसलाई ठेट नेपाली सांस्कृतिक कार्यक्रम भनिएको छ । राष्ट्रिय नाचघरको भव्य हलेमा हरेक शुक्रबार अपरान्ह प्रस्तुत हुने कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्मका जातजाति, भाषाभाषीको गीतहरू, लोकनाचहरू, लोकगीतहरू, लोक नाटकहरू प्रस्तुत हुने गरेको छ । संस्थानको उद्देश्य परिपूर्तिका निम्ति यिनै जातीय कलाकारहरू र संघसंस्थासँग सहकार्य अनिवार्य हुनसक्छ । युट्युबमा मगर कलाकारले प्रस्तुत गरेका ‘लाफाज्यू’ गीतको एक टुक्काबाट बिट मार्न चाहन्छु— ‘भेषभूषा भाषाको रोकौं विकृति, जोगाउनु छ हाम्रो संस्कार संस्कृति... !’