सिन्धुलीमा बालकला र साहित्य महोत्सव सम्पन्न, योगदानकर्ताहरुलाई सम्मान

Admin
Admin१ पुष २०८०, आइतवार
सिन्धुलीमा बालकला र साहित्य महोत्सव सम्पन्न, योगदानकर्ताहरुलाई सम्मान

सिन्धुलीको सदरमुकाम माडीमा स्थानीय कमलामाई नगरपालिका र सामाजिक रुपान्तरण नेपालसमेतको आयोजनामा बालकला र सहित्य महोत्सव सम्पन्न भएको छ । बालबालिकाको कला र साहित्यको विकास गर्ने उद्देश्यले आयोजित सम्मेलनमा  दुइ दर्जन भन्दा बढी स्थानीय बालबालिकाहरुले कवित, गजल, कथा बाचन गर्नु भएको थियो । 

सो अवसरमा सामाजिक रुपान्तरण नेपालका तर्फबाट प्रकासित दुइवटा कृतिको पनि विमोचन भएको थियो । कार्यक्रममा  स्थानीय बालबालिकाहरुले मौलिक नृत्य पनि प्रस्तुत गर्नू भएको थियो । 
प्राडा रोजेन्द्र पौडेल अतिथि रहनु भएको कार्यक्रममा  कवि तथा साहित्यकार प्रभा भट्टराई, प्रमोद प्रधान, सुशिला प्रधानाङग, प्रोल्लस सिन्धुलीय, विजय आचार्य कलाकार सारा कोइचलगायतको उपस्थिति थियो । 
कार्यक्रममा बाल साहित्यका अभियन्ता स्व गोविन्द गजुरेललाई मरणोपरान्त सम्मान र सामाजिक रुपान्तरण नेपालका तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो । सो सम्मान र पुरस्कार उाहँकी धर्मपत्नी विजया गजुरेललाई देवकुमार सुनुवार लगायतले हस्तान्तरण गर्नु भयो ।  

त्यसै गरी कार्यक्रममा प्राडा राजेन्द्र पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बाल साहित्यका प्रकासित कृतिहरुको प्रदर्शनी, कथा, कविता लेखनशाला र चित्रकला  प्रशिक्षण पनि समानान्तर रुपमा भएको थियो । 

सिन्धुलीको जनज्योति माध्यामिक विद्यालय फोस्रेटारमा आयोजित महोत्सव सोही बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष जनक कुमार ढकालको अध्यक्षतामा भएको थियो । कमलामाई नगरपालिका क्षेत्रका १५ माध्यामिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुको सहभागितामा भएको कार्यक्रममा विभिन्न बक्ताहरुले उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नु भएको थियो । 

 

प्रतिक्रिया