१६ औँ पञ्चवर्षिय योजनामा अपांङ्गता सवाललाई प्राथमिकतामा राख्न सुझाव   

Admin
Admin२३ असोज २०८०, मङ्गलवार
१६ औँ पञ्चवर्षिय योजनामा अपांङ्गता सवाललाई प्राथमिकतामा राख्न सुझाव   

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, रोजगार र सिपमुलक तालिममा प्रथमिकताका साथ योजनामा समावेश गर्नुपर्ने अपांगता क्षेत्रमा कार्यरत अगुवाहरुले सुझाव दिएका छन् । 
१६ औँ पञ्चवर्षिय योजनामा अपांगता भएका व्यक्तिहरुको सवाल र समाहिकरण विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा अपांगता क्षेत्रका अभियान्ताहरुले सो सुझाव दिएका हुन् । छलफलमा  सरकारी निकायका व्यक्तिहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता भएको आर्थिक, सामाजिक र रोजगारीका विषय योजनामा समेटिनुपर्ने बताउनुभयो । 
राष्ट्रिय योजना आयोगले हरेक पाँचपाँच वर्षमा पञ्चबर्षिय योजना बनाउने गरेको छ । १६ औ पञ्चवर्षिय योजनाका विषयमा योजना आयोगका कार्यक्रम निर्देशक शिव राजन पौडेलले राष्ट्रिय योजना आयोग तर्जुमा प्रक्रियन एवम वर्तमान अवस्था सोह्रौ योजना बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

१६ औँ पञ्चवर्षिय योजनामा १४ वटा परिच्छेद प्रस्ताव गरिएको छ ।  राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालको आयोजनामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले गर्नुभएको थियो । उहाँले सो अवसरमा सम्बोधन गर्नुहुँदै अपांगताको सवाल राज्यको प्राथमिकतामा नपर्नु राजनीतिक सहभागिता कमजोर भएको धारणा राख्नुभयो । उहाँले संविधान उल्लेखित अधिकारलाई व्यवाहरिक रुपमा कार्यन्वन गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा पन्तले सरकारमा अपांगताका विषयमा आफुले पहल गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।  

छलफल कार्यक्रममै बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले १६ औँ पञ्चवर्षिय योजनामा अपांगताका सवालमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयोजकका तर्फबाट अपांगता भएको व्यक्तिहरुको समस्याका मुख्य बुद्धाहरु संकलन गरि आयोगमा पठाउन समेत आग्रह गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य  कालुराम राईले अपांगता भएको व्यक्तिहरुको विविधता धेरै भएकोले सोही अनुरुप राज्यको योजना बन्न आवश्यक रहेको बताउनुभयो । सरकारले बनाउने हरेक नीति, कार्यक्रमहरुमा सबैप्रकारका अपांगता भएको व्यक्तिलाई समेटिएर संबोधन हुने किसिमले कार्यहरु अगि बढ्नुपर्ने धारणा राख्नुभयो । 

छलफल कार्यक्रममा आदिवासी जनजाति अयोगका अध्यक्ष रामबहादुर थापा मगर, राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक सचिव मुरारी खरेल, नेपाल अपांग महासंघका बरिष्ठ उपाध्यक्षलगायतले १६ औँ योजनामा अपांगता सवालका समावेश हुनु पर्ने विषयमा बोल्नुभएको थियो । 

 

प्रतिक्रिया