क्रोधकला शिरोमणि कालु कुमालेको जीवनीमूलक कृति ‘देउता बनाउने मान्छे’ पुस्तकको विमोचन

Admin
Admin१२ असोज २०८०, शुक्रवार
क्रोधकला शिरोमणि कालु कुमालेको जीवनीमूलक कृति ‘देउता बनाउने मान्छे’ पुस्तकको विमोचन

धातु मुर्तीकलाका मुर्तीकार क्रोधकला शिरोमणी कालु कुमाले (कुम्हाः)को जीवनीमूलक कृति देउता बनाउने मान्छेको बिमोचन भएको छ । उपराष्ट्रपति रामपुहायप्रसाद यादवले इन्स्टिच्युट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिस नामक संस्थाले आयोजना गरेको  एक भव्य समारोहमा विमोचन गर्नू भएको हो । 

सो कृतिको विमोचन गर्दै उपराष्ट्रपति यादवले मुर्तीकार कुमालेको शिल्प प्रेरणदायी भएको बिचार राख्नु भएको थियो । मुर्तीकला मार्फत नेपाली लोक संस्कृतिलाई सम्बृद्ध बनाउन योगदान पुगेको बताउनु हुँदै उपराष्ट्रपति यादवले कालु कुम्हालेको धातुमुर्तीकलाको बेजोड सौगातहरु अजम्बरी सिर्जना भएर बाच्ने बिश्वास व्यक्त गर्नू भयो । 

उहाँले कालु कुमालेको मुर्ती कलाबाट नेपाली रैथाने संस्कृति, परम्पराको आदर्शलाई प्रस्तुत गरेको भन्दै मुर्तीचित्रको भाषा बुझनेहरुको लागि हृदय र मष्तिश्कको संगम भेट्टाउन सकिने धारणा राख्नु भयो । 
विमोचन समारोहमा नेपाल ललितकाल पज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले क्रोधकला शिरोमणि कालु कुमाले संस्थाकरण भइसकेको बताउनु हुँदै माटोको परम्परालाई स्थापित गराउन सफल हुनु भएको बताउनु भयो । कुमाललगायतका आदिवासीहरुको माटोसंग सम्बन्धित धेरै मुर्त तथा अमुर्त संस्कृति भएको बताउँदै उहाँको कृति, व्यक्तित्वलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बिचार राख्नु भएको थियो । 

ललितपुर महानगरपालिकाका नगर प्रमूख चिरीबाबु महर्जनले मुलुकको श्रीबृद्धिका लागि महानगरले सम्मान र सहयोग गर्ने बिचार राख्नु भयो । 
इन्स्टिच्युट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसका प्रमूख नवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा क्रोधकला शिरोमणि कालु कुमालेका सुपुत्र राकेश अवाले, साहित्यकार कुमारी लामा र पुस्तकका लेखक तथा अनुसन्धानकर्ता कैलाश राइले बोल्नु भएको थियो । 

प्रतिक्रिया