तामाङ भाषाको एप्स निर्माण तीव्र, भाषा संरक्षणमा नयाँ फड्को 

Admin
Admin१५ भदौ २०८०, शुक्रवार
तामाङ भाषाको एप्स निर्माण तीव्र, भाषा संरक्षणमा नयाँ फड्को 

तामाङ भाषा संरक्षण, संवद्र्धन र विकास अभियान अन्तर्गत तामाङ भाषा सिकाउन एप्स निर्माण कार्य अन्तिम चरणमा पुगेको राजधानीमा  आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ । इन्स्टिट्यूट फर सोसियो कल्चर रिसर्च एण्ड एनालिसिसको अगुवाइमा सो कार्य भइरुहेको अभियानका अभियन्ता नवराज लामाले बताउनु भयो । 

तामाङ बौद्धिक व्यक्तित्वहरुको सहभागिमा सञ्चालित यो अभियानमा अनुसन्धान तथा समन्वयको जिम्मेवारीमा नवराज लामा हुनुहुन्छ भने भाषा आयोगका सदस्य भाषविद् अमृत योञ्जन–तामाङले तामाङ भाषाको शव्दहरु संकलन गर्नू भएको हो ।  काठमाडौ विश्वविद्यालयका सह प्राध्यापक डा. बालकृष्ण बलले मल्टिमिडिया र आइटिसम्बन्धि विज्ञताको प्रयोगबाट एप्स तयार हुन लागेको हो । 

कार्यक्रममा जानकारी दिइएअनुसार दावा तामाङले अन्तराष्ट्रिय समन्वय गरेर सहयोग गर्नू भएको छ भने कुमार यात्रु  र निमा छिरिङ तामाङको पनि समन्वयको पाटोमा काम गरिरहनु भएको छ । 
यसरी नै  पूर्व राजदुत डा. गणेश योञ्जन, मानवशास्त्री डा. मुक्ता सिंह लामा – तामाङ र कर्साङ लामा सल्लाहाकार हुनुहुन्छ । 

अभियान अन्तर्गत अंग्रजी वा नेपाली भाषा जान्ने व्यक्तिलाई तामाङ भाषा सिकाउने एप्स बनाउने कार्य ४० प्रतिशत सकिएको बताइएको छ । एप्स निर्माण्मा जुट्नु भएका डा बलका अनुसार भविष्यमा अरु भाषाहरुबाट पनि सिक्न सक्न गरी एप्सको विस्तार गर्ने योजना रहेको छ । 

तामाङ भाषा सिकाउने एप्स निर्माणका  लागि आवश्यक आर्थिक सहयोग जुटाउन अन्तराष्ट्रिय समन्वय अमेरिकाको मेरिल्याण्ड राज्यमा रहनुभएको सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका दावा तामाङले गरिरहनु भएको छ । 

एप्समा तामाङ भाषा बोल्न आवश्यक पर्ने आधारभूत शब्द र महत्वपूर्ण शब्द सहितको वाक्यहरु र यसको प्रयोग सम्झिन खेल र चित्र रहनेछ । साथै यसै एप्समा तामाङ शब्दकोष समेत रहनेछ । निकट भविष्यमा नै अनलाइनबाटै प्रत्यक्ष तामाङ भाषाको कक्षा समेत सञ्चालन गरिन योजना रहेको अभियानकर्ताहरुले बताउनु भएको छ । 

राजधानीमा आयोजित छलफल कार्यक्रममा जापानको लागि पूर्व राजदूत डा. गणेश योञ्जनले तामाङ भाषालाई प्रविधि मार्फत संरक्षण गर्ने विधिको प्रशंसा गर्नू हुँदै तामाङ भाषा सबैले सिक्न सक्ने बताउनु भयो । 

अर्का बक्ता मानवशास्त्री डा. मुक्त सिंह लामा–तामाङले जातिको पहिचान भाषाले दिने भएको हुँदा भाषा संरक्षण अनिवार्य भएको बताउनु भयो । कार्यक्रममा भाषाविज्ञ अमृत योञ्जन–तामाङले सरकारी भाषामा तामाङ भाषाको प्रयोग भए पछि यसको उपयोगिता बढने बताउनु भयो । काठमाण्डौं विश्वविधालयका सह प्राध्यापक डा. बालकृष्ण बल, राजनीतिक अर्थशास्त्र तथा अन्तरराष्ट्रिय मामिलाको अनुसन्धानकर्ता नवराज लामा, अमेरिकाम रहनुभएका उद्यमी दावा तामाङ, मकवानपुर राक्सीराङ गाउँपालिकाका उपाध्यक्ष बनस्थम थिङ, मिडियाकर्मी कुमार यात्रु, थाङ्का कलाकार तथा उद्यमी कर्साङ लामा र पाँचपोखरी थाङ्पाल गाउँपालिका, वडा नं ३ का अध्यक्ष निमा छिरिङ तामाङसमेतले तामाङ एप्सका बारे बोल्नु भएको थियो । 

प्रतिक्रिया