नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले संयुक्त रुपमा आयोजना गरेको साउन १७ गतेको १ घन्टे शान्तिपूर्ण घेराउ कार्यक्रमका क्रममा पक्राउमा परेका तामाङ, मगर तथा अभियन्ताहरुमाथि प्रहरीले चरम यातना तथा ज्यादती गरेको खुलेको छ ।
खास गरेर महिला अभियन्ताहरुलाई गिरफतारी पछि प्रहरीले प्रहरी परिसर भित्र लगेर मरसन्ना हुने गरी लाठी, बुटले संबेदनशील अंगमा प्रहार गरी घाइते बनाइएको र केही महिला अभियन्तालाई बलत्कारको प्रयास समेत गरेको पीडितहरुको दावी छ ।
संकटकालीन अवस्थामा वा जनयुद्धको समयको झझल्को हुने गरी गिरफतारी पछि गरिएको यसकारको यातना विरुद्ध नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ र आदिवासी अभियन्ताहरुले राष्टिय मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग तथा मानव अधिकारवादी संघसंस्थालगायतको ध्यानआकर्षण गर्दै पीडकहरु माथि छानवीन गरी कारवाही गर्न र उचित क्षतिपुर्ती र घाइतेहरुको उपचारको व्यबस्था गर्न माँग गरेको छ ।
राजधानीमा नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले संयुक्त रुपमा आयोजना गरिएको घाइतेहरुसंगको सम्वाद कार्यक्रममा पीडितहरुले टेकुस्थित जिल्ला प्रहरी कार्यलयको परिसरमा लगेर चरम यातना तथा ज्यादती गरिएको कथा सुनाउँनु भएको थियो ।
संकटकालीन अवस्थामा वा जनयुद्धको समयको झझल्को हुने गरी गिरफतारी पछि गरिएको यसकारको यातना विरुद्ध नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ र आदिवासी अभियन्ताहरुले राष्टिय मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग तथा मानव अधिकारवादी संघसंस्थालगायतको ध्यानआकर्षण गर्दै पीडकहरु माथि छानवीन गरी कारवाही गर्न र उचित क्षतिपुर्ती र घाइतेहरुको उपचारको व्यबस्था गर्न माँग गरेको छ ।
दुवै आयोजक संस्थाले प्रतिरोध स्वरुप आन्दोलनको कार्यक्रम पनि घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलनबाट निकास ननिस्कएमा दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
“टेन्टमा लगेर पाइन्ट खोल भने,
बलत्कार गर्न खोजे”
पक्राउ परेर यातना व्यहोर्नु भएकी सिन्धपाल्चोककी कीर्ति गोलेले टेकुस्थित जिल्ला प्रहरी परिसरमा गिरफतारीमा परे पछि पुरुष प्रहरीले लछारपछार गरी दर्जनौ पटक लाठी र बुटले प्रहार गरेको बताउनु भयो ।
“बन्दुकको नालले र लाठीको पीटाइबाट बेहोस भएको अवस्थामा मलाई त्यहाँ भित्रको एउटा टेन्टमा लगे । त्यहाँ लगे पछि मलाई एकजना असइले पाइन्ट खोल भने ।”
आन्दोलन सकिएर अपरान्ह २ बजे घर फर्कनका लागि टेकु सडक पार गर्ने क्रममा दुइजना प्रहरीलेआफुलाई गिरफतार गरेको बताउँदै कीर्तिले भन्नु भयो–“सडक देखि मलाई घिसार्दे प्रहरी कार्यलय भित्र लगे, मैले गुहार गुहार भनेर कराएँ । तर मेरो चिच्याहट कसैले सुनेन् ।” यहाँको थप भनाई थियो “भित्रको शौचालय छेउमा लगेर पुरुष प्रहरीले पालै पालो मलाइ पिटे । पिटाइबाट बेहोस भएर लड्दा समेत उनीहरुको कुटाई जारी रहेको थियो, जस्का कारण मेरो सबै अंगमा निल डाम मात्र छ ।”
उहाँले पुरुष प्रहरीले आफू माथि बलत्कार गर्न खोजेको पनि आरोप लगाउनु भयो । “बन्दुकको नालले र लाठीको पीटाइबाट बेहोस भएको अवस्थामा मलाई त्यहाँ भित्रको एउटा टेन्टमा लगे । त्यहाँ लगे पछि मलाई एकजना असइले पाइन्ट खोल भने ।”यसैमा कीीर्तले भन्नु भयो “मैले हात जोडेर विन्ती गर्दै ‘मलाई बलत्कार नगर’ भनेर अनुनय विनय गरेँ । यतिकैमा त्यहाँ मैले चिनेको एकजना मगर जातिका प्रहरी आए पछि मात्र छाडी दिए । ती चिनेका मगर प्रहरीले उहाँ अभियन्ता हो भनेका थिए । ती असइले उनलाई पनि हकारेका थिए ।”
सम्वाद कार्यक्रममा कीर्ति गोलेको कथन थियो –“प्रहरी परिसर भित्र खोल्सा रहेछ, ती चिनेको पुलिस नआएको भए मलाई तिनीहरुले बलत्कार गरेर मारेर त्यही खोल्सामा फालि सक्ने थिए होलान ।”
“मेरो घाउ भन्दा समुदायको घाउ धेरै दुख्छ”
गिरफतारीमा परेर यातना व्यहोर्नू भएकी अर्का अभियन्ता निरुता मोक्तानले पनि आफू माथि निर्घात कुटपीट गरेको र रगतपच्छे भए पनि उपचार नपाएको बताउनु भयो ।
“म आन्दोलनको सबै भन्दा पछि पुगेकी थिएँ । यस अघि त्यहाँ ढुंङ्गा मुडा भएको रहेछ । आन्दोलनकारी सार्थहरुलाई अवस्थाको जानकारी लिदै गर्द मलाई पक्राउ गरेका हुन् ।” निरुताले भन्नु भयो –“बाहिरबाट नै प्रहरीले हात छोड्न सुरु ग¥यो । मलाई घिसार्दै भित्र लगियो । पुरुष प्रहरीले पहिला कपाल समातेर पिटे । त्यस पछि भाटा तथा बुटले पनि हिर्काए ।”
जनयुद्ध कालमा पनि त्यस्तो दुव्यबहार सुनिएको वा भोगिएको थिएन भन्द्यै निरुताले सम्वाद कार्यक्रममा भन्नु भयो “म रगतपिच्छे भएर लडेको थिए । एक थोपा पानी पनि खान दिएनन् । शरीर भरी निल डाम छ । मेरो गोप्य अंगमा समेत चोट पुगेको छ । रगत बग्न थाले पछि ट्रमा सेन्टरमा हामीलाई लगियो । हाम्रो मोवाइल पर्स सबै खोसि सकेको हुँदा टिकट काट्ने पैसा पनि हामीसंग थिएन । फेरि हामीलाई भ्यानमा बसाइयो । रत्नपार्कमा चार घन्टा वरीपरि घुमाइयो ।”
सम्वादकै क्रममा उहाँको भनाइ थियो “मेरो समुदायलाई पुगेको चोटको तुलनामा मेरो चोट सामन्य हो । समुदायलाई जति दुखेको छ, मेरो व्यक्तिगत शरीरको व्यथा दखेको छेन ।”
यातना शिविर जस्तो देखियो ।
अर्का अभियन्ता मन्जु थापा मगरले पनि अरु सार्थहरु झै आफुलाई बाटोमा हिड्दै गर्दा पक्राय गरेको बताउनु भयो । ”मैले पनि अरु जस्तै यातना र पीडा व्यहोर्नु प¥यो । टाउकोमा सिटी स्क्यान गर्न सकिएको छैन । अहिले पनि यातनाबाट मेरो शरीर सुन्निएको जस्तो भएको छ ।¥ मन्जुले भन्नु भयो ।
त्यहाँ अरु साथीहरुलाई चुल्ठोमा समातेर घिसार्दे गरेको र चिच्याहट रवाइ जस्ता कोलाहल मात्र सुनिन्थ्यो । उहाँले हिरासतको कथा सुनाउँदै भन्नु भयो प्रहरी कार्यलयमा पुगे पछि सुरक्षाको अनुभूति हैन कुनै यातना शिविर जस्तै लाग्थ्यो ।
पत्रकार हुँ भन्दा पनि छाडेनन्
रोल्पामा काम गर्दे गर्नू हुने पत्रकार शान्ति घर्तीले आफु आन्दोलनमा सरिक नभएर समाचार संकलन गर्न त्यहाँ पुगेको भए पनि गिरफतार गरेर यातना दिएको बताउनु भयो । “प्रहरीले मलाई गिरफतार गरे पछि म पत्रकार हुँ भनेर परिचय दिए । मेरो शव्द बुझेनन् कि भनेर अंग्रेजीमा आइ एम मिडिया पर्सन भने । तर उनीहरुले सुनेन् ।”
त्यहाँ मंगोलियन अनुहार देख्ने वित्तिकै पक्रेर भित्र लान्थे । मलाई पनि मेरो नाक अनुहार देखेर पक्रेका हुन् । त्यहाँ मेरो कुनै अपराध त सम्लग्नता पनि थिएन । यसरी टेकु प्रहरीको गिरफतारीमा पर्नू हुनेहरु पूर्व राज्यमन्त्री परशुराम तामाङ, आदिवासी अभियन्ता बच्चु हिमांशु लिम्बु, कवि चन्द्रबीर तुम्वापो, शान्ति कुमारी तामाङलगायतको यातना कथा सुनाइएको थियो ।