तामाङहरुको धार्मिक एवं सांस्कृतिक ‘बौद्ध र स्वयंभु मेला’ शुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ चैत २०७१, बिहिवार

buddha

चैत २०, काठमण्डौं । हरेक वर्षको चैत पुर्णिमामा लाग्ने बौद्ध र स्वयम्भुको दुइ दिने जात्रा आजबाट शुरु भएको छ । जात्राको पहिलो दिन आज बौद्धनाथ स्तुपामा बौद्धधर्मालम्बिहरुको  बिहानैदेखि भिड लागेको छ । विषेश गरि तामाङ समुदयले सहभागिता जनाउने यो जात्रामा दिवंगत आफन्तको सम्झनामा बत्ति बाल्ने र पितृको नाममा लामा राखेर ङोवा गर्ने गरिन्छ ।

काठमाण्डौं उपत्यका आसपासका जिल्लाहरुबाट आएका हजारौं तिर्थालुहरुको लागि बौद्धनाथ क्षेत्र विकास समिती र स्थानिय संघसंस्थाहरुले निशुल्क खानेपानी, खाजाका साथै स्वास्थ्य शिविरको ब्यवस्था गरेका छन् । स्तुपा परिक्रमा गर्ने, बत्ति बाल्ने र मृतकका नाममा लामा राखेर पुजापाठ गर्नेहरुको ब्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको बौद्धनाथ क्षेत्र विकास समितीका अध्यक्ष सम्पुर्ण कुमार लामाले जानकारि दिनुभयो । आज बौद्धनाथमा मेला भरेका तिर्थालुहरु भोलि बिहान बालजुको २२ धारामा नुहाएपपिछ स्वयंम्भुको दर्शन गर्न जाने प्रचलन छ ।

budhha

स्वयंभुमा पनि भोलिका मेला ब्यवस्थापनका लागि स्थानिय संघसस्थाहरुले तयारी गरेका छन् । परापुर्वकालदेखि लाग्दै आएको यो जात्रासंग तामाङ समुदायको धार्मिक र सास्कृतिक आस्था जोडिएको छ । विषेश गरि पुर्वि तथा तेमाल क्षेत्रका तामाङहरु बढि सहभागि हुने भएकाले बौद्धका तामाङहरुले यो जात्रालाई तेमाल जात्रा भन्ने गरेकाले पछिल्लो समयमा चैत पुर्णिमा (नाम्दुङ ङ्ह्या) मा लाग्ने जात्रालाई तेमाल जात्रा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया