आत्मनिर्णयको अधिकार सहितको ताम्सालिङ नै अवको विकल्प 

मायालु तामाङ
मायालु तामाङ२९ असार २०८०, शुक्रवार
आत्मनिर्णयको अधिकार सहितको ताम्सालिङ नै अवको विकल्प 

तामाङ आदिवासीका अगुवाहरुले तामाङ जातिको पहिचान, परिचय र  जिविकापार्जनको क्षेत्रमा चुनौति आएको बताएका छन् । पछिल्लो समयमा विश्वव्यापीकरणको प्रभाव, राज्यको असहयोग र जलवायू परिबर्तनको असर तथा आन्तरिक र बाह्य हस्तक्षेपका कारण आदिवासी तामाङहरु आफनो परम्परागत भूमि, भूभागबाट विस्थापित हुनु परेको र उनीहरुको पहिचानमा नै संकट आएको धारणा राखेका छन् । 

“तामाङहरुका लागि ताम्सालिङ बाहेक सबै भ्रम हो ।” अध्यक्ष गोले तामाङले भन्नु भयो –“१ नम्बर प्रदेशमा पहिचानका लागि लाजेहाङ समर्पित भए झै ताम्सालिङका लागि  मोहन गोले समर्पित भएको छ । म लागि रहन्छु ।” 

नेपाल तामाङ घेदुङको संयोजनमा इन्डिजिनियस मिडिया फाउण्डेशनको आयोजनामा इन्डिजिनियस टेलिभिजन र आइीटभि नेपालबाट प्रसारण हुने निरन्तर बहसका लागि आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने अधिकाँश तामाङ अगुवाहरुले तामाङ सँस्कृति,  सभ्यताहरु माथि बिभिन्न ढंगले अतिक्रमण भइरहेको दावी गरे ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ भाषा, संस्कार र संस्कृतिको तथा तामाङ जीवनपद्धतिको संरक्षणमा घेदुङ लागि रहेको भए पनि अव सामाजिक संस्थाको पहलमा हुने सामाजिक आन्दोलनले मात्र नपुग्ने बताउनु भयो । उहाँले राज्यको तहबाट  यो समस्या स्वीकार नभए सम्म सामाजिक आन्दोलन अपुरो रहने बताउनु हुँदै यो अभियान ताम्सालिङ प्राप्त भए पछि मात्र पुरा हुने त्रिचार राख्नु भयो । 

“तामाङहरुका लागि ताम्सालिङ बाहेक सबै भ्रम हो ।” अध्यक्ष गोले तामाङले भन्नु भयो –“१ नम्बर प्रदेशमा पहिचानका लागि लाजेहाङ समर्पित भए झै ताम्सालिङका लागि  मोहन गोले समर्पित भएको छ । म लागि रहन्छु ।” 

कार्यक्रमका वक्ता घेदुङका सहअध्यक्ष कुमार सिं घिसिङले पनि सत्तामा प्रतिनिधित्व नै तामाङको एजेन्डा हुनु पर्ने बताउनु भयो । उहाँले राज्यसत्तामा तामाङ सहभागिता कमजोर भएका कारण तामाङ जाति माथि थिचोमिचो बढेको धारणा राख्नु भएको थियो 

घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्वोनले व्यापारिक प्रयोजनका लागि प्राकृतिक स्रोत र साधानको प्रयोग गर्दा आदिवासी जनजातिसंग स्वतन्त्र , अग्रिम जानकारी सहितको मन्जुरी (एफपीक) लिनु पर्ने धारणा राख्नु भयो । “केही जलविद्युत परियोजनाले आदिवासी जनजातिसंग एफपीक लिने प्रक्रिया सुरु गरेता पनि सबै परि।योजनाले यो प्रक्रियाको पालना गरेका छैनन् ।” उहाँले यसैमा थप्नु भयो –“आदिवासी जनजाति अधिकारकर्मीहरुको यसमा हस्तक्षेपको आवश्यकता छ ।”

प्राकृतिक स्रोत साधानको दोहनमा आपत्ती 
बहसका क्रममा बोल्ने बक्ताहरुले परम्परागत भूमि, भूभाग लगायतका तामाङ ह्युलहरुमा आदिवासी तामाङको सहमति र मन्जुरी बिना नै स्थानीय प्राकृतिक स्रोत र साधनको  दोहन भइरहेकोमा आपत्ति प्रकट गरेका थिए । 

नेपाल आदिवासी जनजाति महासंघका उपमहासचिव समेत रहनु भएका  घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्वोनले व्यापारिक प्रयोजनका लागि प्राकृतिक स्रोत र साधानको प्रयोग गर्दा आदिवासी जनजातिसंग स्वतन्त्र , अग्रिम जानकारी सहितको मन्जुरी (एफपीक) लिनु पर्ने धारणा राख्नु भयो । “केही जलविद्युत परियोजनाले आदिवासी जनजातिसंग एफपीक लिने प्रक्रिया सुरु गरेता पनि सबै परि।योजनाले यो प्रक्रियाको पालना गरेका छैनन् ।” उहाँले यसैमा थप्नु भयो –“आदिवासी जनजाति अधिकारकर्मीहरुको यसमा हस्तक्षेपको आवश्यकता छ ।”

सहभागीका तर्फबाट बोल्दै अधिवक्ता तथा सामाजिक अभियन्ता रविन्द्र थिङले विकासको विद्यमान मोडलले सबैभन्दा पीडित आदिवासी जनजाति र यसमा पनि तामाङहरु भएको दावी गर्नू भयो । उहाँले आदिवासीमारा विकासको मोडल परिबर्तन गर्न दवाव सिर्जना गर्नू पर्ने पनि सुझाव दिनु भयो । 

तामाङ जातिको चिहान माथि बनेको राज्यसत्ताले न्याय नगर्ने भन्दै घेदुङ अध्यक्ष गोलेले विकासको मोडल फेर्न पनि ताम्सालिङ को आवश्यकता भएको टिप्पणी गर्नू भयो । 

महिला मुद्धामा अलमल 
बहसका क्रममा तामाङ महिलाका सम्बन्धमा पनि छलफल भएको थियो । तामाङ महिलाको मुद्धा परम्परागत रुपमा नाम मात्रको सहभागिता भन्दा पनि अर्थपूर्ण सहभागिता आवश्यक रहेको वक्ताहरुले जोड दिएका थिए । 

विगतको तुलनामा तामाङ महिलाहरु पनि सक्षम हुँदै गएको सन्दर्भमा सकारात्मक धारणाको विकास गर्नू पर्ने नेपाल तामाङ महिला घेदुङका अध्यष संगीता बमजनले बताउनु भयो । तामाङ ताम्वा घेदुङले डम्फु ह्वाईको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा इन्डिजिनियस टेलिभिजनको कार्यक्रम दुइला म्हेन्दोका सञ्चालक मायालु तामाङले मिडियामा तामाङ बिषयबस्तु माथि प्रकास पार्नू भएको थियो । 

इन्डिजिनियस मिडिया फउण्डेशनका अध्यक्ष जगतमान लामा दोङले फाउण्डेशनका प्रकासन घेदुङ अध्यक्ष गोलेलाई हस्तान्तरण गर्नू भएको थियो । कार्यक्रममा समाजशास्त्री डा. संगामसिंं लामाले कार्यक्रममाथि टिप्पणी गर्दै यस प्रकारको बहस निरनतर हुनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले तामाङ समाजमा एकताको आवश्यकता रहेको भन्दै राज्यमा पहुँच बढाउन पनि उहाँले सुझाव दिनु भयो । 



 

प्रतिक्रिया

अन्य सामाग्रीहरु मायालु तामाङ