तामाङ जातिको मौलिक बाजा डम्फु

मायालु तामाङ
मायालु तामाङ६ मंसिर २०७९, मङ्गलवार
तामाङ जातिको मौलिक बाजा डम्फु

आदिवासी तामाङहरुको पहिचान र परिचयसंग जोडिएको डम्फु नेपालीहरुकै साझा वाजा बन्न लागेको छ । तामाङहरुले आफनो साँस्कृतिक क्रियाकलाप सन्चालन गर्दा विशेष गरेर शुभकार्यमा बजाइने यो बाजा हिजो आज सबै समुदायले प्रयोग गर्न थालेका छन् । ओसारप्रसार गर्न सजिलो र मिठो धुन सिर्जना हुने भएकाले डम्फुको प्रयोग तामाङ बाहेकका अन्य समुदायले पनि मनोरन्जनका लागि प्रयोग गर्ने गरेको पाइन्छ । तर तथ्य के हो भने तामाङहरुका लागि यो आफ्नो संस्कृति, सभ्यता तथा इतिहाससंग जोडिएको हुँदा अरु समुदायको प्रयोग र तामाङ समाजको प्रयोग फरक छ । 

डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग हो । . तामाङ जातिहरु विभिन्न विवाह समारोह लगायतका  विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन. । तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख–दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन्  ।  डम्फू बुद्ध र बोधिसत्वको प्रतीक पनि हो. ३२ वटा किलाले बुद्धको ३२ वटा प्रतिक झलकाउँछ  । 

यो विवाह उत्सव आदिमा नाच्दा डम्फुको धुन संगै नाचिन्छ । डम्फूको तालमा नाचिने हुँदा यसलाई डम्फू नाच भनिएको हो । यस नाचमा २ जना देखी ८÷१० जनासम्म पनि नाच्न सकिन्छ ।
तामाङ भाषामा डम्फुको नाम डाम्बा  हो । तामाङ मिथक अनुसार प्राचीनकालमा तामाङ म्हेमे (पुर्खा) पेङदोर्जे नामका ताम्बाले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन ।  त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।

डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग हो । . तामाङ जातिहरु विभिन्न विवाह समारोह लगायतका  विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन. । तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख–दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन्  ।  डम्फू बुद्ध र बोधिसत्वको प्रतीक पनि हो. ३२ वटा किलाले बुद्धको ३२ वटा प्रतिक झलकाउँछ  । 

 पेङदोर्जेलाई कसैकसैले प्योनदोर्जे/ब्योनदोर्जे/पेदोर्जे पनि भन्छन् ।  उनी सिकार खेल्ने क्रममा तङ्सर बोके (घोरल बोको)माथि तीर प्रहार गर्दा घोरलको बच्चा मरेको र त्यो दृश्य देखेपछि मम (म्हेमेकी श्रीमती) खुब रिसाएको कथा सुन्न पाइन्छ ।

घोरलको बच्चा मरेको घटनाबाट दुःखी भएकी  आफनी श्रीमतीलाई खुशी पार्ने क्रममा डम्फुको आविश्कार भएको पनि अर्को कथा छ । पेङदोर्जेले त्यहीे मरेको घोरलको छाला उतारेर सुकाएर ह्रोल्मो (बाजा) बनाउन अम्बुसिङ (कोइराला)को हाँगा काटे । त्यसैलाई ताछेर घेरा बनाए । त्यसपछि पेङदोर्जे मधेसतिर झरे । त्यहीँबाट बाँस लिएर आए । त्यसको ३२ वटा फुर्बा (किला) बनाए । पेङदोर्जेले कोइराला काठको घेरामा घोरलको छाला तन्काए । ३२ वटा किला ठोके । त्यसपछि बजाए । आवाज आयो– ‘प्लाक धुई धुई..., ‘धिङ, धिङ ताक... ।’ हर्षविभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थालेछन । त्यो आवाज डाँफेले सुन्यो । डाँफे पनि नाच्न थाल्यो । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्फुको शिरमाथि डाँफे नै बनाए । 

डम्फु बजाउँदै, गीत गाउँदै र नाच्दै पेङदोर्जे श्रीमतीको नजिक गए । श्रीमती खुसी भइन् । त्यसपछि दुईजना मिलेर तामाङ इतिहासका गीत गाउन थाले । यही कथा सुनाउँदै तामाङ ताम्वाहरु अहिले पनि डम्फुको कथा सुनाउने गर्दछन् । 

डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा–बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । 

डम्फुको प्रयोग 

डम्फुको प्रयोग तम्बाले गर्ने गर्दछन् । सृष्टि र रीतिरिवाजको इतिहास गाउने व्यक्तिलाई तम्बा भनिन्छ । तम्बाहरूले डम्फु बजाउँदै इतिहास भन्छन्  । फापरेब्हाई (पिरतीका गीत)मा पनि डम्फुको प्रयोग हुन्छ । 

तम्बा तामाङ समुदायको सांस्कृतिक धरोहर हो । तर, डम्फुरे संस्कृतिको एउटा अंग गीतांगे मात्रै हो । तम्बाले डम्फु जथाभावी बजाउँदैन । त्यसको विधि पुर्याएर मात्रै बजाउँछन्  । डम्फु बजाइसकेपछि थन्क्याउने विधि पनि तम्बाहरूले अवलम्बन गर्छन् । तर, डम्फुरेले विधि अवलम्बन गर्दैनन्  । 

तम्बाले सङ्सेरकेम (चोख्याउने) गीतदेखि चरदम÷चरतम (विवाह संस्कारको एक चरण) मा डम्फुको प्रयोग गर्छन् । जन्मदेखि विवाहसम्म पनि डम्फुको प्रयोग गरिन्छ । यो बाजालाई पहिला ह्रोल्मो भनिन्थ्यो । तर, पछि ‘डम्फु’ राखियो । मानिसको गोलो अनुहारलाई तामाङमा ‘डम्बा’ भन्दछन्  । त्यही गोलो अनुहारजस्तै वृत्ताकार देखिएकै कारण ‘डम्बा’ हुँदै ‘डम्फू’ भएको केही अध्येताहरूको मत छ । 

बोन धर्म र बौद्ध धर्म मान्नेहरूको मतअनुसार वृत्तले घामलाई इंकित गर्छ । जुन चराचर जगतको जननी (अमाधिनी) हो । बत्तीस किलाले घामको किरणलाई जनाउँछ । ३२ किलाले ३२ शुभ लक्षण (गुण)लाई बुझाउँछ । 

तम्बा तामाङ समुदायको सांस्कृतिक धरोहर हो । तर, डम्फुरे संस्कृतिको एउटा अंग गीतांगे मात्रै हो । तम्बाले डम्फु जथाभावी बजाउँदैन । त्यसको विधि पुर्याएर मात्रै बजाउँछन्  । डम्फु बजाइसकेपछि थन्क्याउने विधि पनि तम्बाहरूले अवलम्बन गर्छन् । तर, डम्फुरेले विधि अवलम्बन गर्दैनन्  । 

डम्फुको एकातिर छालाले मोडेको हुन्छ । डम्फुको अर्कोतिर ह्वाङ्गै हुन्छ । जसले अर्थ शून्य÷महाशून्यलाई इंकित गरिरहेको हुन्छ । जहाँ ‘अमाधिनी’को उत्पत्ति भएको थियो । त्यसैका टुक्राबाट ग्रह बन्ने क्रममा झम्बुलिङ (पृथ्वी) पनि बनेको थियो भनिन्छ । 

घामलाई अमाधिनी (आमा) मान्दछन्  । भूमिलाई पिताले कब्जा गर्न थालेपछि पितृभूमि मान्दछन्  । तल्लो भागमा चोयाको टुक्रा पनि राखिएको हुन्छ । जसलाई ‘टेपटेप’ भनिन्छ । त्यसले सिकारी युगमा प्रयोग गरिएको धनुष र तीरलाई संकेत गरिरहेको हुन सक्ने अनुमान गरिन्छ । आजसम्म पनि तामाङ जातिले डम्फु सम्बन्धी यिनै मिथकलाई भुलेको छैन । पुस्तौँ–पुस्तादेखि यो मिथलाई हस्तान्तरण गर्दै आएको छ । डम्फुले तामाङको इतिहास भुल्न दिएको छैन । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु मायालु तामाङ