मातृभाषाका वक्ता घटेकोमा सुनुवार अगुवा चिन्तित

Admin
Admin८ असार २०८०, शुक्रवार
मातृभाषाका वक्ता घटेकोमा सुनुवार अगुवा चिन्तित

जनगणनाको तथ्याँकमा सुनुवार भाषा बोल्ने वक्ताघटेकोमा सुनुवार आदिवासीका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । “तथ्याँकको विश्वासनीयतामा आशंका हुँदा हुँदै पनि मातृभाषा बोल्नेको संख्या घट्दै गएकोमा हामीले चिन्ता गर्नै पर्छ ।” सुनुवार सेवा समाजका पूर्व अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो– “समुदायमा अंग्रेजी भाषा प्रतिको आकर्षण छ, तर आफनो मातृभाषालाई माया गर्नेहरुको संख्या भने घटिरहेको छ ।” 

केन्द्रीय तथ्याँक कार्यलयले हालै सार्वजनिक गरेको २०७८ सालको जनगणना नतिजा अनुसार सुनुवार भाषा बोल्नेको जनसंख्या ५८.५६ प्रतिशत मात्र देखाइएको छ । यस अघि २०५८को जनगणनामा ६७.६७ प्रतिशतले मातृभाषा बोल्ने गरेको तथ्याँक थियो । 

जनगणना अनुसार सुनुवार आदिवासीको जनसंख्या ७८ हजार ९१० पुगेको छ । यस अघिको तथ्याँकमा सुनवार जनसंख्या ५५ हजार ७१२ देखिएको थियो । जनसंख्या बढेको जस्तो देखिए पनि आन्तरिक बसाइसराईका क्रम तीब्र रहेकोमा वक्ताहरुले जोड दिनु भएको छ । 

“समुदायमा मातृभाषा प्रतिको सचेतना कार्यक्रम सन्चालन भइरहेको भएता पनि पत्याउनै नसक्ने गरी तथ्याँक आएको छ । तैपनि भाषा संरक्षणमा सरकारले लगानी नगरेको कारण भाषा प्रति अनाकर्षण छ ।”सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले अगाडि भन्नु भयो –“सुनुवारको पैत्रिक थातथलोमा वाह्य पक्षको हस्तक्षेप र आन्तरिक बसाई सर्न बाध्य पारिएका कारण पनि भाषा वक्ताको संख्यामा प्रभाव परेको हुन सक्छ ।”

जनगणना अनुसार सुनुवार आदिवासीको जनसंख्या ७८ हजार ९१० पुगेको छ । यस अघिको तथ्याँकमा सुनवार जनसंख्या ५५ हजार ७१२ देखिएको थियो । जनसंख्या बढेको जस्तो देखिए पनि आन्तरिक बसाइसराईका क्रम तीब्र रहेकोमा वक्ताहरुले जोड दिनु भएको छ । 

आदिवासी सुनुवारहरुको जातीय संस्था सुनुवार सेवा समाजको संयोजनमा इन्डिजिनियस टेलिभिजन र आइटिभिवाट प्रसारण हुने निरन्तर बहसको छायाँकनको क्रममा आयोजित कार्यक्रममा सुनुवार अगुवाहरुबाट यस्तो धारणा आएको हो । 

विकासे गतिविधिले सुनुवारहरु प्रभावित 
सुनुवारहरुको प्रथाजन्य पुख्र्यौली भूमि र भूभागमा सञ्चालित विकासे गतिविधिका कारण आफ्नो प्रथा, परम्परा र मान्यता माथि हस्तक्षेप बढिरहेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । “सुनुवार थाकथलोमा दर्जनौ जलविद्युत आयोजना सञ्चालनमा रहेका छन् । उनीहरुले अन्तराष्टिय कानून अनुसार आदिवासीहरुसंग स्वतन्त्र पूर्व जानकारी सहितको मन्जुरी समेत लिएका छैनन् ।”

कार्यक्रममा बोल्दै सुनुवार सेवा समाजका संघीय सचिव रमेश कुमार सुनुवारले बताउनु भयो –“जलविद्युत आयोजनाहरुले आदिवासीको भूमि कव्जा गरी उचित मुआव्जा र क्षतीपूर्ती समेत दिएका छैनन् । यो सरासर आदिवासी सुनुवार माथिको उपनिवेशवादी हमला हो ।” उहाँले सुनवारहरुको भूमि, भूभाग र भूक्षेत्रमा विकासे गतिविधि गरिँदा स्वतन्त्र पूर्ब जानकारी सहित मन्जुरी समेत नलिएको स्पष्ट पार्नू भयो । 

सुनुवार सेवा समाजका पूर्व अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो– “समुदायमा अंग्रेजी भाषा प्रतिको आकर्षण छ, तर आफनो मातृभाषालाई माया गर्नेहरुको संख्या भने घटिरहेको छ ।” 

सुनवारहरुको थाकथलो मानिएको रामेछाप र ओखलढुंगा क्षेत्रमा दर्जनौ जलविद्युत आयोजना, बन क्षेत्रको बिस्तार तथा डोजरे विकास सन्चालित छ । यसैका कारण त्यहाँका आदिवासीहरु विस्थापित बन्नु परेको र बसाइसराइको दर बढेको दावी सुनुवार महिला समाजकी अध्यक्ष शोभा सुनुवारको भनाइ छ । 

कार्यक्रममा सुनुवार सेवा समाजका पूर्व अध्यक्ष मनप्रसाद सुनुवारले राज्यले अनुमोदन गरिसकेको आइएलओ महासन्धि १६९ कार्यन्वयन नभएको हुँदा विकासबाट आदिवासीहरु पीडित बन्दै गएको धारणा राख्नु भयो । उहाँले आदिवासी सुनुवारहरुको थाकथलोको संरक्षणमा सबै पक्षको सहयोग आवश्यक भएको धारणा राख्नु भयो । 

यसै गरी सुनुवार महिला समाजकी अध्यक्ष तथा इीन्डजिनियस टेलिभिजनमा प्रसारित कोँइँच चुप्लु टेलिभिजन कार्यक्रमका सञ्चालक शोभा सुनुवारले पछिल्लो समयमा आन्तरिक र बाह्य उपनिवेशीकरण, विश्वव्यापीकरण,  उदार अर्थतन्त्र लगायतका कारण सुनुवार आदिवासीको पहिचान, जिविकापार्जनको क्षेत्रमा ठूलो चुनौति थपिएको बताउनु भयो । 

उहाँले कृषि व्यबसायमा आश्रित सुनुवार आदिवासीहरुले आर्थिक संकट व्यहारिरहेको, परम्परागत संस्कृतिमा अतिक्रमण बढेका कारण  मौलिक प्रथाजनित संस्था चुप्लु प्रणालीहरु लोप हुन लागेका छन् । हाम्रो आफनै सामाजिक मेलमिलाप र न्याय प्रणाली पनि हराउँदै गएको बताउनु भयो । 

बहस कार्यक्रममा इन्डिजिनियस मिडिया फाउण्डेशनका संस्थापक तथा इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले सुसेसलाई आप्mनो प्रकासन हस्तान्तरण गर्नु भएको थियो । 
कुमार यात्रुले सञ्चालन गर्नू भएको कार्यक्रममा सुनुवार अगुवाहरुले आदिवासीको मौलिक पहिचानहरु क्रमशः लोप हुँदै गएको र प्रथा, परम्परा र ज्ञान प्रणालीहरु प्रति चिन्ता प्रकट गरेका थिए । पहिचानजनित बिषयसंग जोडिएको चुप्लु प्रणाली  लोप हुन लागेका कारण पुनस्थापना आवश्यक रहेको र सामाजिक मेलमिलाप र न्याय प्रणालीलाई कार्यन्वयन गर्नू पर्नेमा जोड दिएका थिए । 

कोँइच चुप्लुको समीक्षा 
कार्यक्रममा इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालबाट प्रसारण भइरहेको चुप्लु कार्यक्रमको समीक्षा गरिएको थियो । सुनुवार भाषामा प्रसारण भएको चुप्लु टेलिभिजन कार्यक्रम १४४ अंक प्रसारण भइरहेको छ । 
यस कार्यक्रम मार्फत आदिवासीको मुद्धाबारे बहस छलफल गरिरहेको यसका सन्चालक समेत रहनु भएका शोभा सुनवारले जानकारी गराउनु भएको थियो । 

 

प्रतिक्रिया