फोनिज ललितपुर जिल्ला भेला तथा अन्तरकृया सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ चैत २०७१, आइतवार

fonij

चैत १५, ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको जिल्ला भेला तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको कुमारीपाटि शनिबार जिल्ला भेला तथा ‘पहिचानको आन्दोलन र आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । फोनिज केन्द्रिय महासचिव गजुरधन राइको प्रमख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाको विभिन्न संचार गृहमा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महासचिव राईले फोनिजले सन्चालन गरेको गतिविधि, योजना र अभियानबारे प्रशिक्षनात्मक भनाई राख्नु भएको थियो । उहाँले नेपालको सन्चार नीति आदिवासी मैत्री हुनुपर्ने, सरकारी एवं निजी सबै सन्चार माध्यमहरु जनशक्ति र विषय बस्तुमा समानुपातिक समावेसी हुन नसकेको भन्दै अबका दिन समानुपातिक समावेसी बनाउनका लागि फोनिजले आन्दोलन जारी राखेको जानकारी गराउनु भयो । हाल सम्म फोनिजको ४६ जिल्लामा शाखा बनिसेकेको र अब सबै जिल्लामा शाखा विस्तारका साथै हरेक सन्चार गृहमा आवद्ध आदिवसाी पत्रकारहरुलाई सदस्यता वितरण गरि संगठित गर्ने योजना रहेको बताउनु भयो ।

ffffff

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबु ललितपुर जिल्ला शाखाका अध्यक्ष सुरज व्यञ्जनकार, तामाङ सन्चार समुह जिल्ला शाखाका अध्यक्ष साइला लामा लो, पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष सागार न्यौपानेले सहमतिका आधारमा पहिचान सहितको संघियता र नयाँ संविधानमा समानुपातिक समावेसीका मुद्धाहरु सुनिश्तिच गराउनका साथै पत्रकारहरुको पेशागत हितका लािग सबै पत्रकारहरु एक भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । त्यस्तै नेपाल तामाङ घेदुङ ललितपुर जिल्ला शाखाका उपाध्यक्ष प्रेम तामाङ, संघीय गणतान्त्रिक समाजवादी पार्र्टीका केन्द्रिय सदस्य बेलबहादुर तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रिय सचिब हेम मोक्तान, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गंगा तामाङलगायतले हाल देशको पहिचानको मुद्धाको विषयलाई लिएर संविधान निमार्ण कार्य अवरुद्ध रहेको भन्दै  पहिचानको मुद्धालाई विशुद्धो जातिय आँखाबाट हेर्ने र  भ्रमहरु सिर्जना गर्ने काम लामो समयदेखि शासनसत्तामा बसेका वर्गहरुले गर्ने गरेकाले त्यसलाई चिर्ने काम पत्रकारहरुले गर्नुपर्ने बताएका थिए ।

त्यस्तै गलत प्रचारप्रसारलाई आम समुदायलाई बुझाउन सकिएको खण्डमा वर्तमान समयमा चलिरहेको पहिचानको आन्दोलनको सम्बोधन हुने र जसले नेपाल सबैको साझा समृद्ध नेपाल बन्ने उनिहरुको भनाई थियो । नयाँ बन्ने संविधानमा आदिवासी जनजाति पत्रकारहरुको हक सुनिश्चित गर्न गराउन सम्पुर्ण आदिवासी जनजाति पत्रकारहरु एक हुन आग्रह समेत गरिएको थियो । जिल्ला अध्यक्ष सन्चु ब्लोनले ललितपुर जिल्लामा रहेका हरेक सन्चार गृहमा आवद्ध आदिवासी पत्रकारहरुलाई सदस्य वितरण तथा संगठित गर्दे आदिवसाी जनजातिको अधिकार र आदिवासी पत्राकारको क्षमता अभिवृद्धि गराउनका लागि योजनाबद्ध रुपमा कार्यक्रमहरु सान्चालन गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया