राजधानीमा मगरहरुको भूमे/भुम्या पर्व सम्पन्न

Admin
Admin४ असार २०८०, सोमवार
राजधानीमा मगरहरुको भूमे/भुम्या पर्व सम्पन्न

असार १ गते नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा काठमाडौंको खुल्ला मञ्चमा भूमे÷भुम्या पर्व २०८० प्रमुख अतिथि पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको खास–खास परिवर्तनमा मगर जातिको भूमिका उल्लेखनिय रहेको बताउँदै, मगर लगायत सम्पूर्ण आदिवासी जनजातिहरु समान सहभागिता र हरेक जातिको साँस्कृतिक पर्वले नेपालको सम्पूर्ण जातिलाई एकशुत्रमा बाध्ने कोशेढुंगाको काम गरेको बताउनु भयो ।  

आफ्नो परम्परागत पहिचान झल्काउन गरि आदिवासी मगर जातिको मौलिक भुमे/भुम्या पर्व २०८० विभिन्न कार्यक्रम गरि हर्षोल्लासका मनाएका छन् । परापूर्वमा प्रकृतिक पूजक मगर जातिले आ–आफ्नो थातथलो र प्रकृतिलाई पूजा गरि एकअर्काबिच शुभकामना आदनप्रदान गरि मनाईने यो पर्व काठमाडौंमा समेत भव्यताका साथ मनाइएको हो । 

हरेक वर्षको असार १ गते शुरुहुने यस पर्व देशभर मगर थातथलो र मगरवहुल क्षेत्रमा विशेष कार्यक्रम गरि मनाईने गरिन्छ । प्रकृतिलाई पूजा गर्ने यो पर्व मगराँत क्षेत्रकोे रोल्पा, रुकुममा प्रचलित भए पनि अहिले यो पर्व देशव्यापी विस्तार हुँदै गएका छन् । र बिभिन्न स्थानमा फरक–फरक नामबाट मनाउने गरिन्छ । 

मगर वहुल क्षेत्र रोल्पा, रुकुम, प्यूठान, बागलुङ जिल्लाको विभिन्न गाँउहरुमा भूमे/भूम्या पर्वलाई सबैभन्दा बढी मनाउनु गरिन्छ । माघे संक्रान्ति पछिको सबभन्दा ठूलो पर्वको रुपमा मनाउने यस पर्व काठमाडौको खुलामन्चमा १ गते शुरुभई असार ३ गते नागरिक, पर्यटन तथा सँस्कृति उड्डयन मन्त्री सुदन किरांतीको प्रमुख अतिथिमा समापन भएको थियो । 

यस पर्वका अवसरमा मगर महिला, पुरूष तथा बालबालिहरुको उल्लेख सहभागीताहरू आफ्ना परम्परागत भेष–भूषा, गुन्यू–चोली, धरो, पछ्यौरी, गाडो, गर–गहनामा सजिएका थिए । भुम्या पर्व मगर समुदायले प्रत्येक वर्ष वर्षात् ऋतु शुरु भएसँगै असारको पहिलो दिन प्रकृतिको पूजार गरि अन्नबालीको राम्रो उब्जनी होस, प्राकृतिक विपत्तिबाट जोगाउन, र महामारीबाट जोगिउन् भनि मनाउने गरेको नेपाल मगर संघका उपाध्यक्ष दिनेश रोक्कामगरले बताउनुभयो । 

मगर जातिले यस पर्वलाई परापूर्व कालदेखि मनाउँदै आईरहेका छन । माघे संक्रान्ति पछिको ठुलो चाडको रुपमा १८ मगराँत क्षेत्रमा बसोबास गर्ने मगरहरुले हर्षोल्लासका साथ एक सातासम्म धुमधाम मनाउने गरिन्छ । 

यस पर्वको अवसरमा विशेष विधिविधान पूरा गरि शुरु गर्ने प्रचलन रहेको छ । फूल चढाउने, फुललाई एकअर्कामा बाँडेर शुभकामना आदनप्रदान गर्ने र भेडालाई पुजागरेर वलि चढाउने चलन छ । 
भुमे/भुम्या पर्वको दिन विभिन्न गीत संगीतका साथमा ताल (ढोलक, टेम्के, पैसरी, दमाहा, सनाई, झ्याली) बजाउने र भुम्या नाँच नाँच्ने चलन छ । राजधानीको खुल्ला मञ्चमा आयोजित भूमे/भूम्या पर्व कार्यक्रम तीनदिनसम्म मगर समुदायले परम्परागत शैलीमा भव्यताका साथ मनाएका थिए । 


 

प्रतिक्रिया