गुठीयारी ढाँचामा रैथाने विश्वविद्यालय बनाउन सिफरिस 

Admin
Admin३२ जेठ २०८०, बिहिवार
गुठीयारी ढाँचामा रैथाने विश्वविद्यालय बनाउन सिफरिस 

समुदायमा आधारित रैथाने विश्वविद्यालय बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको छ । मन्त्रलायले गठन गरेको रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय सम्बन्धी अध्ययन गर्न पूर्ब सचिव डा. मान बहादुर विश्वकर्मको संयोजकत्वमा गठन भएको अध्ययन समितिले यस्तो सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । 

‘प्रस्तावित विश्वविद्यालय गुठीयारी ढाँचाका स्थापना हुने छ । नेपाल सरकार, प्रदेश र स्थानीय तह लगायत विभिन्न सामुदायिक संघसंस्था, व्यक्ति तथा व्यवसायिक प्रतिष्ठान यसको गुठियार हुने छन् ।’ सोमबार मन्त्री सुदन किरातीलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिबेदनमा प्रत्येक प्रदेशमा कम्तिमा एउटा विभाग वा महाविद्यालय सञ्चालन गर्ने गरी स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्र रहने परिकल्पना गरिएको छ । प्रतिबेदनअनुसार समाजका अगुवा वा अभ्यासकर्ता वा अध्येता वा कथावाचक प्रस्तावित विश्वविद्यालयको स्रोतव्यक्ति हुने र उनीहरुको सामाथ्र्यको प्रमाणिकरण गरी उपाधि प्रदान गर्ने प्रतिबेदनमा प्रस्ताव गरिएकोछ । 
विश्वविद्यालयमा ‘रमाउँदै सिक्दै, सिक्दै कमाउँदै’ ढाँचामा उद्यमशिलता अवलम्बन गरिने र सामाथ्र्यका आधारमा मूल्याँकन गरिने प्रस्ताव गरिएको छ । प्रतिबेदनका संयोजक डा. विश्वकर्मका अनुसार प्रस्तावित विश्वविद्यालय आइएलओ महासन्धि नम्बर १६९ तथा दीगो विकास लक्षले परिलक्षित गरेको विषयलाइ स्थानीयकरण गरी संस्कृतिमैत्री विकासको ज्ञान निर्माणकेो केन्द्र हुने छ । 
प्रतिबेदनमा विश्वविद्यालयले विधागत रुपमा माग गरिएका अन्य मागको सम्बोधन गर्दै खोज, सिकाई तथा बजारमुखि सेवाका आयामलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । 

प्रतिवेदनमा प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पुर्वाधार तयार गर्न  शिक्षा मन्त्रालय, श्रम र उद्योग मंत्रालयका प्रतिनिधी र जानकार व्यक्ति थप गरी समितिलाई रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय पुर्वाधार विकास समितिका नाममा विस्तार गर्न र आवश्यक बजेट विनियोजनका लागि सिफारिस गरिएको छ । यसले विश्वविद्यालयको कानुनको मस्यौदा गर्ने, संभाव्य स्थानको यकिन गरी भौतिक पुर्वाधार निर्माण गर्ने, मुलुकका विभिन्न स्थानमा रहेका रैथाने सीप कला ज्ञान र संस्कृतिको नक्शांकन गरी सिकाई कार्यक्रमका आधारभुत विषयवस्तु पहिचान गर्नेतथा ती विषयको सिकाई बिधी र प्रक्रिया तय गर्ने, विश्वविद्यालय संचालनका लागि संभाव्य स्रोतहरु पहिचान गर्नेलगायतका काम गर्ने छ।

रैथाने विश्वविद्यालयमा रोजगारमूखि व्यवहारिक सिकाई हुने हुदा अध्ययनका लागि विदेश जाने वा बैदेशिक रोजगारीमा जाने क्रमलाई यसले न्युनीकरण गने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतंत्र बनाउन यो विश्वविद्यालय कोशेढुङ्गा सावित हुने प्रतिबेदनको दावी छ ।  नेपालका सबै जाति समुदायको इतिहास, पहिचान र सम्पदाको जगेर्ना मार्फत देशको आत्मसम्मान र गौरव अन्तराष्ट्रिय रुपमा बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ । 

अध्ययन समितिले गठन भएयता विभिन्न आदिवासी जनजाति सरोकारवाला लगायत आयोगका अध्यक्षहरुसंग छलफल गरि सुझाव संकलन गरेको थियो । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारले २०७९ साल चैत २० गते पूर्व सचिव डा. मान बहादुर विश्वकर्मको संयोजकत्वमापाँच सदस्यीय अध्ययन समिति गठन भएको थियो ।  समितिको सदस्यहरुमा  राजन मुकारुङ, भोगीराज चाम्लिङ, गिता चौधरी र सदस्य सचिवमामन्त्रालयका सहसचिव डा. सुरेशसुरज श्रेष्ठ हुनुहुन्छ । 

 

प्रतिक्रिया