मक्का पुगेका नेपाली हज यात्री साउदी अरबमा अलपत्र, काठमाडौँमा  पनि सास्ती 

Admin
Admin२८ जेठ २०८०, आइतवार
मक्का पुगेका नेपाली हज यात्री साउदी अरबमा अलपत्र, काठमाडौँमा  पनि सास्ती 

हजका लागि साउदी अरेवियाको मक्का मदिना पुगेका नेपाली मुस्लिमहरु केन्द्रीय हज कमिटिको व्यबस्थापकीय कमजोरीका कारण अलपत्रमा परेका छन् । नेपाल इक्रा एजुकेशनल फाउन्डेशनका अध्यक्ष शक्ति कुमार वंशकारका अनुसार हज यात्रीहरुलाई सहजिकरणका लागि गठन भएको हज कमिटीका पदाधिकारीहरुका कारण साउदीमा अलपत्र परेको जानकारी दिनु भयो । हजमा जाने क्रममा नै काठमाडौंमा नै हज गर्न जाने हाजीहरुले दुख पाइरहेको आफुले देखेको उहाँको भनाई छ । 

मुस्लिम धर्ममा पाँचवटा महत्वपूर्ण धार्मिक कार्यमा (आस्था, विश्वास), नमाज (पा्रार्थना) रोजा (बैत) जकात (दान) र हज (तीर्थाटन) पर्दछन् । हजयात्रीले साउदीको मक्कामा ३० दिन र मदिनाा १० दिन धार्मिक यात्रा गर्नु पर्दछ । 

यस कार्यका लागि गृह मन्त्रालय अन्तर्गत हज कमिटिले सहजीकरण गर्नो व्यबस्था गर्ने गर्दछ । तर यस पटक हज कमिटिले निशुल्क  घुमघाम बाहेक केही नगरेका कारण हाजीहरुलाई अलपत्रमा पारेको वंशकारको आरेप छ । 

मुस्लिम धर्ममा पाँचवटा महत्वपूर्ण धार्मिक कार्यमा (आस्था, विश्वास), नमाज (पा्रार्थना) रोजा (बैत) जकात (दान) र हज (तीर्थाटन) पर्दछन् । हजयात्रीले साउदीको मक्कामा ३० दिन र मदिनाा १० दिन धार्मिक यात्रा गर्नु पर्दछ । 

साउदी पुगेका हाजीहरुले खान, बस्न र सुत्न राम्रो व्यवस्था नहुँदा राजधानी काठमाडौँमा र साउदीमा पुगेर पनि समस्या भोग्नुपरेको  जानकारी आएको बताउँदै समयमै पासपोर्ट र टिकट हातमा नपरेको, महँगो शुल्क बुझाउँदा पनि त्यो पैसा के(कसरी खर्च हुन्छ भनेर थाहा नदिएको गुनासो आएको बताउनु भयो ।

हवाई टिकट, साउदी अरबमा खान र बस्न लाग्ने खर्च यातायात, भिसालगायतमा भएका खर्चको विवरण सार्वजनिक गर्न हाजीहरुको माग छ । २०८० सालको हज यात्राका लागि नेपालका २९ जिल्लाका करिब १२ सय तीर्थयात्री साउदी अरब जाँदै छन् । उनीहरुले हज जानाका लागि जनही ४ लाख ६५ हजार रुपैयाँ नेपाल सरकारलाई बुझाएका छन् । ३ लाख ६४ हजार रुपैयाँ खान, बस्न र १ लाख टिकटमा खर्च हुने हज समितिले जनाएको छ ।

हज यात्रीले नेपाली भाषामा गृह मन्त्रालयलगायत कर्मचारीसँग कुराकानी गर्न गाह्रो हुने गरेको र अरबिक भाषा बुझन पनि कठिन भएका कारण थप समस्या भएको नेपाल इक्रा एजुकेशनल फाउन्डेशनका अध्यक्ष र वंशकारले बताउनुभयो । 

सत्तारुढ दलबीच भागबन्डा मिलाएर २५ सदस्यीय हज समिति गठन गरिन्छ । धेरै हजयात्री जाने जिल्लाका व्यक्ति हज समितिको नेतृत्वमा नराखिएको,समितिका अध्यक्ष शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन् । अध्यक्ष नै कार्यकारी रहने हुनाले मियाँ गिरफ्तार भएपछि समितिका काम लथालिंग भएको हो ।


 

प्रतिक्रिया