राजनीतिमा  आदिवासी महिलालाई  प्रयोग मात्र गरिएको आरोप 

Admin
Admin१७ जेठ २०८०, बुधवार
राजनीतिमा  आदिवासी महिलालाई  प्रयोग मात्र गरिएको आरोप 

समानुपातिक र समावेशी संविधान निर्माण भएपनि राजनीतिक लगायतका नेतृत्व तहमा आदिवासी महिलाको सहभागिता अत्यन्त न्युन भएको सरोकारवाला महिलाहरुले बताएका छन् । 
राजनीतिमा आदिवासी महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा आदिवासी महिलाहरुले यस्तो धारणा राखेका हुन् । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता कैलाश राइले निर्णायक तहमा आदिवासी महिलाको मात्र नभएर समग्र महिलाकै प्रतिनिधित्व न्युन रहेको तथ्याँक प्रस्तुत गर्नु भयो । उहाँका अनुसार २०७९ को प्रतिनिधिसभामा प्रत्यक्षबाट १ सय ६५ मध्ये ९ जना महिला मात्र निर्वाचन भएकोमा ३ जना आदिवासी महिला मात्र रहेका छन् । 

नेकपा एमालेकी प्रतिनिधी सभा सदस्य इश्वरी घर्तीमगरले आदिवासी महिला प्रयोगको माध्यममात्र बनेको बताउनुभयो । सोही पार्टीकी प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले आदिवासी जनजाति महिलाहरुलाई राजनीतिमा आउनको लागि विभिन्न अढ्चन र वाधाहरु रहेको बताउनुभयो । 

त्यसैगरी समानुपातिकबाट ११० मध्ये ८२ जना महिला प्रतिनिधित्व रहेकोमा ३१ जना आदिवासी महिलाको सहभागिता रहेको उहाँले तथ्याङ्क उल्लेख गर्नुभयो । आदिवासी महिलालाई राजनीतिक दलहरुले आन्दोलन गर्दा प्रयोग मात्र गर्ने गरेको उहाँहरुको गुनासो थियो । उहाँहरुले अदिावासी महिलालाई नेतृत्वमा  पन्छाउँने गरेको बताउनु भयो । 

नेकपा एमालेकी प्रतिनिधी सभा सदस्य इश्वरी घर्तीमगरले आदिवासी महिला प्रयोगको माध्यममात्र बनेको बताउनुभयो । सोही पार्टीकी प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले आदिवासी जनजाति महिलाहरुलाई राजनीतिमा आउनको लागि विभिन्न अढ्चन र वाधाहरु रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘राज्यको विभेदकारी नीतिले गर्दा आदिवासी जनजाति महिलाहरु राजनीतिमा आउन कठिन छ । आदिवासीलाई भौगोलिक, सामाजिक र ऐतिहासिक कारण पछाडि पारिएको छ । उहाँले संसदमा पुगे पनि आदिवासी महिलाले  ५ वर्षसम्म पनि बोल्न नै पाउँदैन ।

उहाँले आदिवासी जनजाति महिलाको विषयमा सदनमा विषयबस्तु राख्नु परे जनजाति महिला संघसंस्थाहरुले आफुहरुलाई लिस्ट बनाएर केके विषयमा बोल्ने भनेर लेखेर दिन आग्रह गर्नुभयो । 
त्यसैगरि अर्की सांसद सुर्य कुमारी श्रेष्ठले आदिवासी जनजातिलाई सदनमा २८ प्रतिशतमात्र सहभागि नभई ३७ प्रतिशत सहभागित दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘जनजाति महिलालाई पनि दलित महिलालाई जस्तै स्थानिय तह देखि प्रदेश र प्रतिनिधी सभासम्मा खोजीखोजी सहभागिता गर्नुपर्छ ।’ 

कार्यक्रममै बोल्नुहुँदै तनहु जिल्ला बन्दीपुर गाउँपालिकाका उपप्रमुख पञ्चमाया गुरुङले महिलाहरुले आत्माविश्वास राखेर निडरतापुर्वक अगि बढ्न सक्नुपर्ने धारणा राख्नुभयो । उपप्रमुख, उपाध्यक्ष, सदस्य पदमामात्र नभई प्रमुख हुने हैसियतमा आफुहरुलाई पु¥याउनु पर्ने बताउनुभयो । 

यसैगरि कार्यक्रममा प्रमुख अतिथि रहनुभएका उपसभामुख इन्दिरा राना मगरले जनजाति महिलाले राजनीतिक क्षेत्रमा गरेका राम्रा कामलाई सञ्चारमाध्यमले सकरात्मक रुपले प्रसारण गर्नुपर्ने बताउनुभयो । 

महिला शसक्तिकरण नेपालको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता सो संस्थाकी अध्यक्ष रश्मिला प्रजापतिले गर्नुभएको थियो । यसअघि विभिन्न जिल्लाका गाउँपालिका उपप्रमुख, सदस्यहरु र विभिन्न जातिय महिला संघसंस्थाका प्रतिनिधिहरुले आदिवासी महिलाको मुद्धाहरु र अन्तराष्ट्रिय कानुनका विषयमा जानकारी दिईएको थियो । 
 

प्रतिक्रिया