तामाङ पत्रकारहरुको साझा संस्था तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो ।
भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्नू भएको थियो । भेला उद्घाटन गर्दै मन्त्री लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक नभएको बताउनु भएको थिाये ।
संघले तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरेको छ । संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको बताउनु भयो । योन्जनका अनुसार साढे ६ लाख रकमसमेत कबोल भइसकेको छ ।
मन्त्री लामाले प्रदेशको बजेटतिर दुबै सरकारले आँखा लगाउने गरेको पाइएको दाबी गर्नू भएको थियो । दुई तहको सरकारले पैसामा आँखा लगाएर प्रदेश नै नचाहिने खालको तर्क हुन थालेको उहाँको भनाई थियो । यस्तो व्यवहारले प्रदेश गएमा संघीय सरकार पनि नरहने र स्थानीयले पनि अधिकार नपाउने लामाले बताउनु भयो । ‘प्रदेशै गएपछि त संघ पनि रहँदैन । प्रदेश गइसकेपछि त संघीयता नै गयो नि । व्यवस्था नरहे कसरी स्थानीयले अधिकार रहन्छ तरु यो कुरा बुझ्नुप¥यो,’ मन्त्री लामाले भन्नु भयो ।
यद्यपि तीनै सरकारले एकै खालको काम गर्दा जनता भने झुक्किएको उहाँको भनाई थियो । ‘डुप्लिकेसन धेरै भएको छ । संघले पनि त्यही काम गर्ने प्रदेशले पनि त्यही काम गर्ने स्थानीयले पनि त्यही काम गर्ने । भनौ भने साथीहरु जागिहाल्ने । नभनौ भने गाह्रो पर्ने,’ मन्त्री लामाको गुनासो थियो ।
अक्षयकोष घोषणा
संघले तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरेको छ । संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको बताउनु भयो । योन्जनका अनुसार साढे ६ लाख रकमसमेत कबोल भइसकेको छ ।
कोषबाट संघले हरेक वर्ष ५० हजार रुपैँया बराबरको ‘पहिचानमुलक तामाङ पत्रकारिता लेखनावृद्धि (फेलोसिप)’ प्रदान गर्ने तयारी समेत गरेको छ ।तामाङ पत्रकार संघले पत्रकारितामार्फत् तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पु¥याउने दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ र एक जनालाई ‘दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ अन्तर्गत एक जनालाई प्रदान गरिने छन् । उनीहरुलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने तामाङ पत्रकार संघले जनाएको छ ।
स्थानीय तहसम्बन्धि अन्तरक्रिया
भेलामा स्थानीय तहमा तामाङका मुद्दा विषयमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङ र बुढानिलकन्ठ नगरपालिकाकी उपप्रमूख अनिता लामासँग अन्तरक्रिया गरेको छ ।
ईन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुभएका तामाङले आफ्नो कार्यकालमा संस्कृति जोगाउन पथामिकता दिएको बताउनु भयो ।
‘पढ्नु र जागिर खानुमात्र थिएन सामाजिक चेतना निर्माणको पनि विषय थियो । संगठनले मेरो क्षमता हेरेर टिकट दियो । अरुको घरमा टिकट पाउँदा हर्षोउल्लास भएको थियो, मेरोमा रुवाबासी,’ उपमेयर लामाले आफनो कथा सुनाउनु भयो, ‘पोलिटिक्स डिस्ट्रोय हुँदैछ । आशा लाग्दा अनुहार यहाँ आउन सक्दैन भनेर ।’
विकासका क्रममा तामाङ पहिचान भएको बस्ती मासिएको बारेमा तामाङको जवाफ थियो, ’विकासको अर्को स्वरुप विनास बन्नुहुदैन । तर विकासलाई आत्मसात गर्दै लानुपर्छ ।’त्यसरी नै बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले आफ्नो कार्यकालबाट नगरपालिकाभर ल्होछार उत्सवका रुपमा मनाउन थालिएको बताउनु भयो । ‘पालिकापालिकाले ल्होछार मनाउँदा सार्वजनिक बिदा दिन्छ । यो पनि एउटा राजनीतिक बिम्ब हो,’ लामाले भन्नु भयो ।
आफ्नो राजनीतिक संघर्ष सुनाउँदै उनले आफूले टिकट पाउँदा घरमा रुवाबासी भएकोसमेत उनले बताइन् । ‘पढ्नु र जागिर खानुमात्र थिएन सामाजिक चेतना निर्माणको पनि विषय थियो । संगठनले मेरो क्षमता हेरेर टिकट दियो । अरुको घरमा टिकट पाउँदा हर्षोउल्लास भएको थियो, मेरोमा रुवाबासी,’ उपमेयर लामाले आफनो कथा सुनाउनु भयो, ‘पोलिटिक्स डिस्ट्रोय हुँदैछ । आशा लाग्दा अनुहार यहाँ आउन सक्दैन भनेर ।’
आफूले पाएको टिकट बाआमाले गरेको लगानीको परिणाम भएकोसमेत उहाँको भनाई थियो । विकासका क्रममा अहिले तामाङहरुले आफ्नो जमिन गुमाउन थालेकोसमेत लामाको भनाई रह्यो । ‘बुढानिलकण्ठका तामाङहरु घरघरमा जाँडरक्सी बेच्थे । सुकुटी बेच्थे । अहिले तामाङहरु जहाँको तही छन् । तर डाँडाका जग्गाहरु छोराछोरीलाई शिक्षा दिन तथा विभिन्न कारण डाँडा गाउँ र तौलुङ अर्कैको बन्यो,’ उहाँको तर्क थियो ।
पत्रकारलाई प्रशिक्षण
दोस्रो दनि शनिवार प्रशिक्षणात्मक कार्यक्रम भएको थियो । तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ विषयमा प्रशिक्षण सञ्चालन गर्नू भएको थियो । उहाँले तामाङ संघसंस्थालाई सिर्जनात्मक खबरदारी गर्नेदेखि हरेक संस्थासँग समदुरीको सम्बन्ध कायम राख्नुपर्ने काम संघको नेतृत्वमा हुनुपर्ने धारणा राख्नु भयो ।
वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले तामाङ आदिवासी जनजातिका मिडिया सरोकार विषयमा जानकारी दिँदै आइएलओ १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्टसंघीइ घोषणापत्रको कार्यन्वयन हुनु पर्नेमा जोड दिनु भयो । उहाँले आदिवासी तामाङ पत्रकारहरुले विऔपनिबेशीकरण, आदिवासी ज्ञान प्रणाली, प्रथाजनित संस्था, प्राकृतिक स्रोत र साधानको अधिकार सम्बन्धि कलम चलाउनु पर्नेमा जोड दिदै स्वतन्त्र पूर्ब सुसुचित सहमति बिना चलाइएका विकास निर्माण सम्बन्धि खबरदारी गर्नू पर्नेमा प्रकाश पार्नू भएको थियो ।
संघका सल्लाहकार अमध्वज लामाले ‘तामाङ पत्रकाररको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ विषयक प्रशिक्षण दिनु भएको थियो । लामाले तामाङ पत्रकारले स्रोतमा पहुँच बढाउन र व्यवसायिक क्ष्मता बढाउन जोड दिदै ‘स्रोतमा पहुँच बढाउनुप¥यो । व्यवसायिक क्षमता बढाउनुप¥यो,’ लामाले भन्नु भयो, ‘त्यसपछि आन्तरिक श्रोत, बाह्य स्रोत, अन्य स्रोतको खोजी गर्न सकिन्छ ।’ प्रशिक्षण सत्र संस्थाका पूर्वअध्यक्षसमेत रहनु भएका सचिवालय सदस्य विष्णु तामाङले सन्चालन गर्नू भएको थियो ।
बागमती प्रदेश सञ्चार मन्त्रालयका प्रेस रजिस्ट्रार रेवती सापकोटाले तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्ने धारणा राख्नु भयो । मातृभाषा पत्रकारिता र प्रेस रजिस्ट्रार कार्यालयको भूमिका विषयक अन्तरक्रियामा सापकोटाले भन्नु भयो ‘तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्छ । जसले गर्दा गुरुङले तामाङ भाषालाई तमु भाषामा बुझोस् । अंग्रेजले आफ्नो भाषामा ।’