पुष्पहाङ लोवाको लिम्बू भाषाको कथा संग्रह सार्वजनिक 

Admin
Admin३१ वैशाख २०८०, आइतवार
पुष्पहाङ लोवाको लिम्बू भाषाको कथा संग्रह सार्वजनिक 

लिम्बू भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा’ (मान्छेका पदछापहरू) सार्वजनिक भएको छ । सो कथासंग्रह कथाकार पुष्पहाङ लोवाको कृति हो । 

शनिबार कियाचु संघीय भवन ललितपुरमा आयोजित समारोहमा सो कृतिको याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापो लगायतले सामुहिक लोकार्पण गर्नु भएको हो ।  उहाँका साथमा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङ, प्राज्ञ अमर तुम्याङ, बरिस्ठ गायक भगत सुब्बा ’लाजेसा याक्थुङबा’, भूपू मन्त्री तथा लेखक श्रीप्रसाद जबेगु, इतिहासकार, लेखक कृष्ण विक्रम नेम्बाङ, कियाचु ललितपुर जिल्ला अध्यक्ष क्या टंक जबेगु, उपाध्यक्ष आशा नेम्बाङ, शुभराज थाम्सुहाङ, यालेस उपत्यका कोषाध्यक्ष मनमाया वनेम, लगायत हुनु हुन्थ्यो । 

किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा लोकार्पण गरिएको हो । सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित सङ्ग्रहमा १२ वटा कथा सङ्ग्रहित छन् । मातृभाषा साहित्य सिर्जना क्षेत्रमा केही दशक अगाडिदेखि क्रियाशील साहित्यकार लोवाले यसअघि ‘तङअम्भुङ’ २०६७ र ‘याग्राङसिङ’ २०७३ कविता सङ्ग्रह प्रकाशित गर्नु भएको छ भने तङ्अम्भङ्ले इमानसिङ् चेम्जोङ पुरस्कार प्राप्त गरिसकेको  छ ।

कथा सङ्ग्रह माथि कवि स्वप्निल स्मृति, कवि भिमा खजुम मुसुम र साहित्यकार मलिसा याक्थुङबाले समीक्षा गर्नु भएको थियो ।  लोकार्पण कार्यक्रममा खगेन्द्र माखिम, सागर सुब्बा, राम मादेन, टेक लावती, रेश्मा लिम्बू, यादन सेर्मा, थाकुहाङ मेरिङ, धनवीर साँबा, हाङ चेम्जोङ, सागर केरुङ, मञ्जु थेगिम, मेनका योङया, सन्जित फलाना, उत्तम तुम्सा, उदय नेम्वाङ, दिपेन्द्र लोवा, राजा माबो, प्रेम खजुम, कला सेर्मा, स्वास्तिका तुम्सा लिम्बू , अर्जुन योङ्या, लोकेन साँबा, सुशील बोखिम, इक्साहाङ चेम्जोङ, सरु माङ्मु, मनु थक्लुङ, मनु पाहिम, जेपी नेम्बाङ, बच्चु हिमाङ्सु, रोशन यक्सो लगायतका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियोे । कार्यक्रममा इन्दिरा नेम्बाङले स्वागत मन्तव्य राख्नु भएको थियो  भने  सञ्चारकर्मी विष्णुमाया सिंगकले सञ्चालन गर्नु भएको थियो  ।
 

प्रतिक्रिया