काठमाडौँ विश्वविद्यालयका डिन बालचन्द्र लुंइटेल भन्नुहुन्छ- 'आदिवासी विषयका शिक्षक आदिवासी नै हुन्'

Admin
Admin२५ वैशाख २०८०, सोमवार
आदिवासी विषयका शिक्षक आदिवासी नै हुन्: प्रा.डा. बालचन्द्र लुइटेल, डिन, काठमाडौँ विश्वविद्यालय 

काठमाडौ विश्वविद्यालयले आदिवासी शिक्षा र विकास विषयमा स्नात्तकोत्तर तहको एक बर्षे नयाँ कार्यक्रम घोषणा गरेको छ । यसको आवश्यकता किन प¥यो ?

लुंइटेलः नेपालमा आदिवासी जनजातिको सन्दर्भमा निकै अगाडि देखि विमर्स हुँदै आएको हो । नेपाल आफैमा विविधतायुक्त देश हो । हुन त दक्षिण एशिया नै विविधता भएको क्षेत्र हो । नेपालमा ६० भन्दा बढी आदिवासी तथा १३० भन्दा बढी भाषा र विविध साँस्कृतिक अभ्यास भएको देश हो । यी सबै जाति, भाषा र संस्कृति मौलिक ज्ञानको भण्डारहरु हुन् । 

तर देशको उच्च शिक्षा चाही पश्चिमा केन्द्रीत रह्यो ।   यो शिक्षा प्रणालीले आफनो वास्तविक ज्ञान प्रणालीलाई हेर्न सकेन भन्ने बहस धेरै अगाडि देखि हुँदै आएको हो । यही तर्क वितर्कका वीच हामीले आदिवासी शिक्षा र विकास विषयमा स्नात्तकोत्तर तह सुरु गरेका छौ । हाम्रो परम्परागत ज्ञान, आदिवासी जनजातिका अभ्यासहरु विश्वविद्यालयमा छिरुन भनेर यो शिक्षा सुरु गरेका हौ । यो बहुविधा र बहुकोणीय अध्ययन, छलफलका आधारमा अनुसन्धान होस भन्ने उद्देश्यले यो बिषय सुरु गरेका हौ । 

यो शिक्षाका लागि स्तरीयकृत भएका पाठ्यपुस्तकका अलवा हामी आदिवासी ज्येष्ठ नागरिक तथा यसका ज्ञानधारकहरुलाई पनि सेतका रुपमा लिन्छौ । उहाँले कक्षामा प्रस्तति गर्ने योजनामा छौ । उनीहरुको भिडियो रेकर्ड गरेर ल्याउने र त्यसलाई अध्ययन अनुसन्धानको विषय बनाउने छौ । एकछिनका लागि आम्ची प्रणाली केहो भन्ने विषयमा अनुभवहरु प्रस्तुत हुने छ । सामानिज्ममा विजुवाको अभ्यास, गर्जु वा गुभाजुको अभ्यासहरु उहाँहरु आफैले प्रस्तुत गर्नु हुनेछ । 

आदिवासी जनजातिको अभ्यासका धेरै पाटाहरु छन् । आन्दोलन र संघर्षले पनि ज्ञानको सिर्जना गर्दछ । त्यसलाई पनि विमर्सको बिषय बनाइनु पर्छ भन्ने हाम्रो मान्यता छ । यो प्राज्ञिक बिषय हो । कुनै पनि ज्ञान प्रणाली आफैमा सर्वोच्च ज्ञाने हुँदैन । त्यसकारण हामी ज्ञान प्रणालीमा नै तर्क, वितर्क र छलफल तथा वादविवादमा लैजान चाहन्छौ, यसमा पनि स्थानीय ज्ञान महत्वपूर्ण हुन्छ भनेर ठानेर नै यसको सुरुवात भएको हो ।  

यो कार्यक्रमका लागि करिकुलम बनाउनु भएकै होला ? यसमा मुख्य बिषय के छन् ?

अनुसन्धान विधि र शिक्षाको अभ्यास सिद्धान्त चाही हाम्रो साझा विषय हो । यसमा पनि विभिन्न दृष्टिकोणहरु हुन्छन् । स्थानीय देखि परम्परागत शिक्षा कै पनि कुरा त्यस भित्र हुन्छ । त्यस बाहेक महत्वपूर्ण कोर्स प्रथाजननित अभ्यास हो । यहाँ भित्र प्रथाजनित स्वशासन प्रणाली देखि स्वास्थ्य उपचारका परम्परागत विधिहरु छन् । अर्को परम्रागत आदिवासी ज्ञानको पुनस्थापना गर्ने बिऔपनिवेशिकरणको अवधारणा पनिछ । यससंग सम्बन्धित परम्परागत अभ्यासको विषय छ । यसमा विद्यार्थीहरुले फिल्डमा गएर अध्ययन गर्छन् । 

अर्को महत्वपूर्ण कुरा आदिवासी ज्ञानलाई विद्यालय तहको पाठ्य सामाग्रीमा कसरी समाबेश गर्ने ? त्यस बिषयामा पनि अध्ययन हुन्छ । यसैसंग इन्टर्नसीप पनि जोडिन्छ । ज्ञानको अभिलेखिकरण कसरी गर्ने ? यस बिषयमा पनि हाम्रो अध्ययन हुनेछ । यो एक बर्षे कार्यक्रम हो । जम्माजम्मी नौ वटा कार्स हुन्छ । यसलाई हामी २७ क्रेडिट भन्छौ । यो दुई सेमिस्टरमा हरेक दिन ३ घन्टाका दरले साताको चार वा पाँच दिन पढाइ हुन्छ । 

यसका लागि रिफ्रेन्स  पुस्तक वा स्तरीकृतपाठ्यपुस्तकको अवस्था कस्तो छ ?

अहिले स्तरीयकृत पाठ्यपुस्तकहरु पाइन्छ । जस्तो हामीले २०१८, १९ तिर लेखिएका जर्नल आर्टिकलहरु हामीसंग प्रसस्त छन । संगसंगै यससंग सम्बन्धित धेरै पज्ञिक व्यक्तिहरुको संलग्नता छ । कोलम्बिया विश्वविद्यालय लगायतमा अवद्ध साथीहरु हुनुहुन्छ । यसैगरी आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका प्रकासन पनि उपलव्ध छ । यसरी स्थानीय सेतको पुस्तकालय हामीले बनाएका छौ । यसै गरी विश्वविद्यालयकै साथीहरुको अनुसन्धानमूलक प्राकशनहरु पनि छ ।

केही अगाडि हामीले युनेस्कोसंग पनि काम गरेका थियौ । त्यसै गरी तामाङ र गोपाली समुदायको गणीतिय अभ्यासलाई पनि हेरेका थियौ । त्यसैले स्थानीय स्रोत पनि छ र अन्तराष्टिय अभ्यासका पुस्तकहरु पनि छन् । हुन त यी सेत पुस्तकहरुसजिलै पाउन चाही अलिक गाह्रो छ । तै पनि खोज्नु चाही पर्छ ।

यो शिक्षाका लागि स्तरीयकृत भएका पाठ्यपुस्तकका अलवा हामी आदिवासी ज्येष्ठ नागरिक तथा यसका ज्ञानधारकहरुलाई पनि सेतका रुपमा लिन्छौ । उहाँले कक्षामा प्रस्तति गर्ने योजनामा छौ । उनीहरुको भिडियो रेकर्ड गरेर ल्याउने र त्यसलाई अध्ययन अनुसन्धानको विषय बनाउने छौ । एकछिनका लागि आम्ची प्रणाली केहो भन्ने विषयमा अनुभवहरु प्रस्तुत हुने छ । सामानिज्ममा विजुवाको अभ्यास, गर्जु वा गुभाजुको अभ्यासहरु उहाँहरु आफैले प्रस्तुत गर्नु हुनेछ । 

अर्को कुरा बनजंगलको संरक्षण गर्ने ज्ञान आदिवासीहरुमा पाइन्छ । कषि प्रणाली उत्पादनसंग सम्बन्धित ज्ञान प्रणालीहरु शैक्षिक संस्थामा भित्रिन सकेको छैन ।यसले के गर्छ भने अभियन्ताहरुलाई व्यवस्थित बनाउन सहयोग गर्न सक्छ । 

हामीसंग असिमित ज्ञान प्रणाली छ । काठका सामान बनाउने देखि परम्परागत कपडाबनुाई देखि खानपान आदि हुन जान्छ । जस्तो क्राफ्टमा काठको काम गर्ने, धातुको काम गर्नेहरु पनि जोडिन सक्छन् ।  आदिवासी ज्ञानका शिक्षक आदिवासी अभ्यासकर्ता नै हुन् । अहिले एक बर्षे सुरु भए पनि भोलि दुई बर्षे मास्टर देखि एमफिल र पिएचडिसम्म विस्तार गरिनेछ ।  


 

प्रतिक्रिया