काठमाडौ विश्वविद्यालयले आदिवासी विषयको स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कूल अफ एजुकेशनले बुधबार एक कार्यक्रम आयोजना गरेर आदिवासी शिक्षा र विकास बिषयको स्नातकोत्तर कार्यक्रमको घोषणा गरेको हो ।
विश्व विद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले नेपालका आदिवासी जनजातिको प्रथा, परम्परा तथा ज्ञानका विषयमा अध्ययन गर्ने र स्वावलम्बी जनशक्ति निर्माण गर्नका लागि विश्वविद्यालयले यो बिषय सुरु गरेको बताउनु भयो ।
पश्चिमा ज्ञानमा आधारित अध्ययन र अध्यापन प्रणालीको विकल्पमा हेरिएको आदिवासी विषयको स्नात्तोकोत्तर तहको यो कार्यक्रमले देशको मौलिक ज्ञान, अभ्यासलाई अनुसन्धान र अध्ययनको मूल बिषय बनाउने छ ।
आदिवासीको परम्परागत जीवनशैली, जलवायु परिवर्तन, राजनीतक परिस्थितसमेतका तीन बिषय भने ऐच्छिक अध्ययनका रुपमा छुट्याइएको छ । सैद्धान्तिक र व्यबहारिक अभ्यासलाई जोड दिइएको यो तहको अध्ययन गर्नका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर गरेको हुनु पर्ने छ । यो एक बर्षे कार्यक्रम हो ।
‘आदिवासीका इतिहास, साँस्कृतिक मूल्य तथा समसामयिक मुद्धालाई यो अध्ययन, अध्यापनले जोड दिएको छ ।’ प्राडा. लुइटेलले भन्नुभयो –‘अध्ययन गर्ने विद्यार्थीले आफनो सोच्ने क्षमताको पुनमूल्याँकन गर्न र आदिवासी जनजाति र स्थानीय जनतालाई पहिचान गर्न सक्षम हुने छन् । जसले गर्दा आदिवासी ज्ञानको विश्वदृश्यका आधारमा भविष्यमा थप अनुसन्धान गर्ने छन् ।’
विश्वविद्यालयका सहप्राध्यापक डा.सुरेश गौतमका अनुसार यो तहको अध्यापनका लागि चार वटा विषयका विशेष पाठ्यक्रम बनाइएको छ । आदिवासी ज्ञान प्रणाली, विऔपनिवेशिकरण र विकासको अवधारणा, प्रथाजनित स्वशासन र आदिवासीय शिक्षा मुख्य विषय छन् ।
आदिवासीको परम्परागत जीवनशैली, जलवायु परिवर्तन, राजनीतक परिस्थितसमेतका तीन बिषय भने ऐच्छिक अध्ययनका रुपमा छुट्याइएको छ । सैद्धान्तिक र व्यबहारिक अभ्यासलाई जोड दिइएको यो तहको अध्ययन गर्नका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर गरेको हुनु पर्ने छ । यो एक बर्षे कार्यक्रम हो ।
आदिवासी विषयमा स्नात्तोकोत्तर तहको अध्यापन कार्यक्रम घोषणा प्रति आदिवासी जनजाति आयोगका सदस्य डा मिन श्रीसले खुशी व्यक्त गर्नू भयो । उहाँले आदिवासी ज्ञान एक बिज्ञान भएकाले यसको व्यवहारिक प्रयोग अनिवार्य भएको भनाइ राख्नु भएको थियो । निजी क्षेत्रबाट स्थापित काठमाडौ विश्वविद्यालयको यो प्रयासलाई अन्य विश्व विद्यालयले पनि सिकाईको विषय बनाउनु पर्ने उहाँको धारणा थियो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले आदिवासी ज्ञान प्रणालीलाई संस्थागत विकासमा विश्वविद्यालयको यो निर्णयले सघाउ पु¥याउने बताउनु भयो ।
कार्यक्रममा थाइलैण्डस्थित छुलाङकोर्न विश्वबिद्यालयका प्राध्यापक सुरीछाई वुनगाइयोले आदिवासी ज्ञान सम्बन्धि एशियाका विश्वविद्यालयको अभ्यासबारे प्रकास पार्नु भएको थियो ।
यसरी नै क्यानडा स्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक डा. पासाङ याङ्जी शेर्पाले नर्थ अमेरिकाका विश्वविद्यालयहरुमा आदिवासी ज्ञान सम्बन्धि अध्ययन र अध्यापनका विषयमा भइरहेको प्रयासका बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा नेपालस्थित युनेस्कोका प्रमूख माइकल क्रफ्ट र अमेरिका स्थित मिचिंगन विश्वविद्यालयका प्राध्यापक किले ह्वाइतेले अनलाईन मार्फत शुभकामना व्यक्त गर्नू भएको थियो ।