मगर समुदायको गर्विलो इतिहास हुँदा–हुँदै  खोजी गर्नुपर्ने विषय बनेको छ 

Admin
Admin२९ फागुन २०७९, सोमवार
मगर समुदायको गर्विलो इतिहास हुँदा–हुँदै  खोजी गर्नुपर्ने विषय बनेको छ 

धनबहादुर मगर 
फागुन २६ नेपाल मगर संघ तथा मगर उत्थान समाजको संयुक्त आयोजनामा संघीय प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित माननीयहरुलाई बढाई तथा सम्मान कार्यक्रम २०७९ राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

राष्ट्रिय सभाका सदस्य तथा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आले मगरले  ‘‘म ७१ सालको युवा तपाईहरुको काँधमा जिम्मेवारी आएको छ ।’’ मगर समाजको हक, हित, अधिकारको लागि धेरै लडाई लड्नु छ । अझै मगराँत, स्वायतता प्राप्त भएको छैन । हाम्रो मगराँत नामंकरण गर्न संघर्ष जारी राख्नु पर्छ । पार्टी, धर्म, नेता, वाहुनवादी छ । हाम्रो संघर्ष जारी छ भन्ने स्मरण गर्न चाहन्छु । 

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले राज्यको महत्वपूर्ण निकायमा पुग्नु भएका आमन्त्रित सांसद तथा उच्च निकायको कर्मचारी र प्रदेश सरकारको जिम्मेवार पदाधिकारीहरुलाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो । मातृ भाषा, शिक्षामा, मगर जाति कमजोर छ । पढ्न गए पनि आफ्नो भाषा पढ्न नपाउँदा कक्षाहरु छोड्न चलन बढेको छ ।

नेपाल मगर संघले शिक्षालाई पहिलो एजेण्डामा राखेका छौं । संविधानको धारा ३१ को अनुसूची ६ले भाषालाई संस्कृतिको प्रवद्र्धन गर्न स्पष्ट गरेको छ । मगर समाज र मगर जातिको सभ्यता उजागर गर्ने जिम्मेवारी तपाईहरुको हातमा छ । राम्रो गर्नु, मगर जातिको भलो हुन्छ । मगर जाति पछाडि पारिएको समुदाय हो । जान्दै नजान्ने समुदाय होइन । म एउटा शासक हुँ भन्ने मानसिंह खड्का, बलिहाङ रानामगर जसरी नै मेरो शासन, मेरो सन्तान जन्माउनु पर्छ भनेर अठोट लिनु पर्छ । 

गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा मगराँतको मुद्दाहरु सदनमा छिराउनु पर्छ । नेपाली काँग्रेस, नेकपा एमालेले समेत पछिल्लो समयमा मगर जातिको उत्थानमा एजेण्डा बोकेको छ । नेपाल मगर समाज भोटको लागि खुलेको संस्था होइन । 

२०६५ साल पुस २५ गते नेकपामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा मगरको राष्ट्रिय संस्कृतिक चाड माघ १ गतेलाई निर्णय भएको थियो । नेपाली काँग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषण गरेर मगर जातिको शिर उच्चो बनाउने काम गर्नुभयो । लखन थापा मगर कुनै एक मात्र पार्टीको पेवा होइन । लखन थापाको तस्वीर प्रत्येक संघ–संस्था र सरकारी कार्यालयहरुमा राख्नु पर्छ भनेर अभियान चलाएका छौं । यो अभियानलाई सार्थक बनाउने जिम्मा तपाइंहरुको हो । 

काठमाडौं विश्वविद्यालयका एशोसियट प्रोफेसर डा.लाल बहादुर थापाले मगरले मगर जातिको नीतिगत सोच, ‘‘हिजो, आज र भोली’’को कार्यपत्र प्रस्तुत गदै मगर जाति प्राचीन जाति भएको, ब्राह्मण, क्षेत्री जातिको अधिकांश थरसँग मेल खाएको, मगर, ब्राह्मण र क्षेत्री कुन शताब्दीमा आए भन्ने कुरा स्पष्ट नभएपनि ७ औं शताव्दी भन्दा अगाडि चारै दिशाबाट आएको हुन भन्ने केही तथ्याहरु पाइएको, मानव अवशेष रामापिथेकस मगरकै हुन भन्ने छ । 

पृथ्वी नारायण शाहले शासन गर्नु अगाडि मगरको प्रत्यक्ष राज्य अस्तित्वमा रहेको, त्यस पूर्व शाह वंशका राजा रजौटाहरुको रुपमा रहेको, भण्डारखाल पर्वमा मगर जनरलहरु मारिएको, १८१६ को सुगांैली सन्धी पछि मगर पछि धकेलिएको अवस्था देखिन्छ । त्यसपछि मगरहरु विदेशी सेनामा भर्ती हुने गरेको, त्यो सोँच अहिले पनि जीवितै रहेको कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

 हाम्रो काम खोज्ने, हजुरहरुको बोल्न हो । हाम्रो समाज नै पछाडि पर्नु फरक कुरा हो । अझ पनि मगरका छोराछोरीहरुलाई लाहुरे कसरी हुने, विदेशमा कसरी पठाउने भन्ने गरेको देखिन्छ । गाउँमा समेत भारतीयहरुलाई काममा बोलाउने गरेको छ । अब पूरानो सोँच तरिकाबाट हुँदैन । राजनैतिक चाँसो नराख्नु आफ्नै ठाउँमा छ । गैरराजनीतिले हाम्रो एजेण्डाहरु सम्वोधन हुन सक्दैन ।

साँस्कृतिहरु हराउँदा पहिचानहरु हराउँदै जान्छ र सँस्कृति भनेको ज्ञान र शीप पनि हो । मगर जाति अत्यन्त अनुशासित जाति पनि हो । मगर जातिसँग बाँच्ने ज्ञान र शीप पनि छ । मगर भनेको नाँच्ने, गाउने मात्र होइन । राजनीति गर्नु र नगर्नु फरक पर्दैन । राजनीति सोँचमा चेत चाहीँ हुनुपर्छ । राजनीति गर्दैमा फटाह हुने होइन र राम्रो गर्नुपर्छ । सभासदहरु युिनभर्सिटी जानु पर्दैन । केही बोल्न जानु अघि तयार गरेर जानु पर्छ । 

बागमति प्रदेश सभासद रमा आले मगरले मगर जातिहरुको आफ्नै पहिचान हुँदा–हुँदै अगाडि बढ्नु नसक्नुमा विविध कारण रहेको बताउदै आफुले आफनो ठाउँबाट आफ्नो जातिको हित र पहिचानको लागि सक्दो पहल गर्ने बताईन् । 

कञ्चनपुर दोधारा चाँदनी क्षेत्र नं १ (ख) बाट निर्वाचित सांसद वेदराना मगरले त्यस क्षेत्रमा मगर जातिलाई खोज्नु पर्छ । यो पटक सबैभन्दा बढी मत ल्याएर जितेको छु । म मगर भएर जितेको होइन । 
कर्णाली प्रदेश, रुकुम जिल्लाका सभासद कमला बुढा मगरले रुकुमको कुर्मीमा मगरै मगर छन् । वहुजाति, वहुसाँस्कृतिक मगरमै होला । आज म हर्षित भएको छु ।

हामीले यो दल त्यो दल भन्नु हुँदैन । सभासद कमला थापा मगरले कोशी प्रदेश मेरो माइतीघर हो । मगर जाति साहै्र सुन्दर सोझो हुन्छ । मगर परिवारको संगत गरियो । झापाको विर्तामोड क्षेत्र नं.२ मगर एकता विकास संस्था मार्फत मगर संघमा सहभागी हुँदै आएको छु । मगर जातिले अक्कलले बाहिर निकाल्न सक्दैन । म मेरो माइतिको वंशलाई अगाडि बढाउनेमा लाग्ने छु । 

बागमती प्रदेशका सभासद नयनकला थापा मगरले, मगर सबभन्दा पहिलो काम मगर  संस्कृतिलाई पूँजीकृत गर्न सक्नुपर्ने पर्छ । हामी मगरहरु अर्काको भरिया हुँदै आएको छ । उद्यमी दिपकुमारी रोकामगरले मगर जातिको वंशनै शिर्जनशिलता लिएर आएको हुन्छ । हामी मिहिनेती र लगनशिल भएपनि आफ्नो जाति पछाडि पर्नुमा कारणहरु खोज्नु पर्ने बताइन् ।  

खुल्ला विश्व विद्यालयको प्रा.डा.कर्णराना मगरले आफू न्यूजिल्याण्ड छँदा पनि मगर संघमा आवद्ध हुँदै आएको थिएँ । नेपाल मगर प्राज्ञिक प्रतिष्ठानले तिव्र रुपमा काम गरेको छ । आफ्नो र परिवारको काम नगरिकन हामी हाम्रो समाजको लागि भनेर काम गरिरहेका छौं । मगर जातिको थर, उपथरमा समस्या आएका छन् । तथ्याङ्क संकलन गरेर जानु पर्ने छ । नर्वेजियन सरकारमा माउरी जाति १० प्रतिशत मात्र छ । माउरी जातिले कसरी आफनो  शक्ति प्राप्त ग¥यो भन्ने अध्ययन गर्न जरुरी छ । समाजशाश्त्री तथा अनुसन्धानधाता डोर बहादुर विष्टले हेलिकप्टरमा स्याउको विरुवा लगेर मुस्ताङमा दिएका थिए । उनलाई अहिले पनि भगवान्को रुपमा लिने गरिन्छ । 

संस्कार हराए साँस्कृति हराउँछ, साँस्कृति हराए मान्छे हराउँछ । भौतिक संसारमा भाषा एकामात्र मौलिक संस्कृति हो । राजनीतिक कुटनैतिक वहसमा राज्यको शासकीय योजनामा सहभागी हुनुपर्छ ।
डोल्पाका सभासद शेरबहादुर बढा मगरले मगरले आफू को हुँ भन्ने भुमिका पहिचान गर्न सकेमात्र अगाडि बढ्न सक्ने बताए । हामी राष्ट्रको नागरिक हौं । हाम्रो अधिकार कसरी खोसिएका छन् भन्ने कुरामा ध्यान जानु जरुरी छ । 

लुम्विनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले कुनै पनि मान्छेले आफ्नो भाषा, संस्कृति चिन्न सक्दैन भने पहिचान गुमाउदै जाने खतरा हुने बताउनु भयो । तपाईहरु प्रदेश सभामा बोल्दै नबोलिकन हिड्नु भएन । सांसदको २ वटा जिम्मेवारी एउटा जनता प्रति उत्तरदायी र अर्को पहिचानको जिम्मेवारी छ । एकात्मक राज्य प्रणालीलाई स्वीकार गर्ने संघीयता विरोधीहरु हुन् भनेर सोच्नु पर्छ ।

गण्डकी प्रदेशका सभासद लिलबहादुर थापा मगरले २०४४ सालमा अखिल नेपाल मगर सम्मेलन गरेका थियौं । प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्ने, संघीयता, समावेशीको मुद्दालाई अघि सारेका थियौं । संघ र प्रदेशका कानुन आदिवासी जनजातिको हितमा हुने गरि बनाउनु पर्छ । स्वायतता संघीयता नपच्नेहरू पार्टीमा छन् । ब्राह्मणवादी चिन्तन हावी छ । आफ्नो अधिकारको लागि के गर्ने ? हामी गुलामी गर्दैनौं, मलामीमा जादैनौं । व्यवहार बदल्न जान्दैनौं । 

राजनैतिक, व्यापार, व्यवसाय, शैक्षिक क्षेत्रमा जातको भावनाले मात्र सफल हुन सक्दैनौं । आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रमा सफल हुन सक्नुपर्छ । लुम्विनी प्रदेशका सभासद वसन्त घती मगरले मगर समुदायको विचारमा स्वाभिमान छ ।  व्यवहारमा इमान, जमानमा पक्का, झुठो बोल्दैन । मगर समुदाय मात्र नभई आदिवासी जनजातिहरु इमान र जमानमा स्वभमिान हुन्छ । हामी सामूहिकतामा विश्वास गर्छौं ।  तपाईमा थारु, पूर्वमा राईलिम्वु समुदायमा सामुहिक, समानतामा विश्वास गर्छ ।

 पृथ्वी नारायण शाहले मगराँतको राजा पनि मै हुँ भनेको अर्थ छ । नेपाल मगर संघले तीनवटा संस्कृति बोकेको छ । यो आफैमा गौरव विषय हो । नेपाल मगर संघले बोकेको  संस्कृतिमा आफैमा विविधता र समानता छ । विगतका पीडाहरु अझै हामीले व्यहोनु परेको छ । संस्थापकहरु मध्ये सुरेश आले मगर मात्र हुनुहुन्छ । अहिले आधुनिकतावादी, अराजकतावादी समाज छ । नेपाल मगर संघका सह–अध्यक्ष गंगा थापा मगरले स्वागत मन्तव्यमा तपाईहरु सन्तन्तिको लागि जिम्मेवार हुनुहुन्छ, आपसमा चिनजान गरुन् भनेर पनि सम्मान कार्यक्रमको आयोजना गरिएको हो । थापा मगरले जातिको गर्विलो इतिहास हुँदा–हुँदै अरुले प्रयोग गर्ने गरेको छ । अब मगर समुदायमा लुकेर बसेको आवाज उजागर हुने विश्वास रहेको बताउनु भयो । 
कार्यक्रम सञ्चालन महासचिव टेकबहादुर रम्जाली मगरले गर्नु भएको थियो । 
 

प्रतिक्रिया