स्वायत्त, संरक्षित र विशेष क्षेत्र कार्यन्वयन गर्ने मन्त्री मोदीको आश्वासन

डोल्मा शेर्पा
डोल्मा शेर्पा२५ माघ २०७९, बुधवार
स्वायत्त, संरक्षित र विशेष क्षेत्र कार्यन्वयन गर्ने मन्त्री मोदीको आश्वासन

नेपालको संविधानमा व्यवस्थित स्वायत्त, संरक्षित र विशेष क्षेत्र कार्यन्वयन गर्ने संघिय मामिला तथा समान्य प्रसाशन मन्त्री अमनलाल मोदीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा प्रतिष्ठानका सह अध्यक्ष समेत रहनुभएका मन्त्री मोदीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘आदिवासी जनजातिहरुको विशेष चासो र सरोकार रहेको स्वायत्त, संरक्षित र विशेष क्षेत्र स्थापन गर्न म तयार छु।’ ‘मन्त्री मोदीले थप्नुभयो आदिवासीको अधिकारका लागि र समानुपातिक प्रतिनिधित्वका लागि सडकबाटनै दबावमुलक आन्दोलन गर्नुपर्छ ।’ नेपालको संविधान (२०७२)मा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था भए पनि संविधान जारी भएको छ बर्षमा पनि कार्यन्वयन आउन सकेको छैन ।  स्थापना दिवसकै अवसरमा प्रतिष्ठानबाट प्रकाशित १९ वटा पुस्तकको पनि मन्त्री मोदीले विमोचन गर्नुभयो । प्रतिष्ठानले ताङवे जातिको जातिय चिनारी, सुरेल जातिको चिनारी, ब्याँसी जातिको जातिय चिनारी, थाकाली जातिय चिनारी र जिरेल जातिको जातिय चिनारी लगायत १९ वटा पुस्तक प्रकाशन गरेको छ ।

‘आदिवासी जनजातिहरुको विशेष चासो र सरोकार रहेको स्वायत्त, संरक्षित र विशेष क्षेत्र स्थापन गर्न म तयार छु।’ ‘मन्त्री मोदीले थप्नुभयो आदिवासीको अधिकारका लागि र समानुपातिक प्रतिनिधित्वका लागि सडकबाटनै दबावमुलक आन्दोलन गर्नुपर्छ ।’

पुस्तक विमोचनसंगै प्रतिष्ठानले लामो समयदेखि प्रतिष्ठानमा योगदान दिँदै आउनुभएका शाखा अधिकृत जगत गुरुङ र साहयक कर्मचारी कमला राईलाई सम्मान गर्नुभएको थियो । प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिहरुको लामो आन्दोलनले गर्दा प्रतिष्ठान, आयोगहरु उपलब्धी भएको बताउनुभयो । उहाँले  आदिवासी जनजातिको हितका लागि बारम्बार आफुहरुले जनजाति मन्त्रालयको आवश्यक भएको सरकार समक्ष माग गर्दै आएको समरण गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीले प्रतिष्ठानका कार्यका विषयमा जानकारी दिनुभएको थियो । उहाँले आदिवासी जनजाति प्रतिष्ठानको कामकार्बाही मन्त्रालय  सरहको भएको बताउनुभयो । ‘उहाँले थप्नुहुँदै देशको प्रधानमन्त्री अध्यक्ष रहेको प्रतिष्ठान संघिय मामिला मन्त्री सह अध्यक्ष रहेको यो प्रतिष्ठानको अहिलेसम्म आफ्नो निजी घरसमेत नभएको र आदिवासी जनजाति प्रतिष्ठान हेपाईमा परेको हो कि भन्ने महशुस गरेको उपाध्यक्ष घर्तीले बताउनुभयो ।’

‘उहाँले थप्नुहुँदै देशको प्रधानमन्त्री अध्यक्ष रहेको प्रतिष्ठान संघिय मामिला मन्त्री सह अध्यक्ष रहेको यो प्रतिष्ठानको अहिलेसम्म आफ्नो निजी घरसमेत नभएको र आदिवासी जनजाति प्रतिष्ठान हेपाईमा परेको हो कि भन्ने महशुस गरेको उपाध्यक्ष घर्तीले बताउनुभयो ।’

कार्यक्रममै बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले राज्यले आदिवासी जनजातिलाई विभिन्न क्षेत्रबाट दमन गर्न खोजेको आरोप लगाउनुभयो । राज्यले आदिवासी जनजातिको नाममा प्रतिष्ठान, आयोग भनि छुटाएर सिमित बजेटमा जनजातिलाई संकुचित गरेको धारणा राख्नुभयो । उहाँले राज्यले आदिवासीलाई धर्म, भाषा, संस्कारसंस्कृतिको क्षेत्रमा एकल राज्यसत्ता थोर्पन खोजेको टिप्पणी गर्नुभयो ।

थारु आयोगका अध्यक्ष विष्णु चौधरीले थारु आदिवासीको हक अधिकार र निजामति सेवामा थारु जातिका लागि फरक कलस्टरका विषयमा बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । आदिवासी तामाङ जातिको मौलिक नाच ताम्बा नाच, मगरहरुको कौडा नृत्य र राजबंशी समुदायको मौलिक नृत्य पनि सो अवसरमा  प्रस्तुत गरिएको थियो ।

 

 

 

प्रतिक्रिया