साँसद लालबीर चौधरी भन्छन् –‘मेरो संसदको यात्रा पीडाको हो’ 

Admin
Admin१६ माघ २०७९, सोमवार
साँसद लालबीर चौधरी भन्छन् –‘मेरो संसदको यात्रा पीडाको हो’ 

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य लालबीर चौधरी आफनो संसदको यात्रालाई पीडाको यात्रा भन्न चाहानु हुन्छ ।  ‘टीकापुर घटनामा मेरो आफ्नो छोरो रेशम चौधरी जेलबन्दीको रुपमा जीवन विताईरहेको छ । छोरोसँगै ५८ जनामा लागेको मुद्धा त्यसमा २० जनाले रिहा पाएर बसिरहेका छन भने ११ जनालाई आजिवन कारगारको मुद्धा सुनाइएको छ र त्यसमध्ये ३१ जना फरार सुचिमा हुनुहुन्छ । याृे आधारमा म साँसद हुनु गौरव भन्दा पनि पीडाको यात्रा भन्न चाहन्छु ।’ इन्डिजिनियस टेलिभिजनको निरन्तर बहस कार्यक्रममा उहाँले भन्नु भएको छ । यो पीडालाई सफल बनाउने पनि बताउनु भएको छ । 

टिकापुर घटना एकएक गैरथारुहरुले घटाएको साँसद चौधरीको आरोप छ । रेशमलाई सिधै राज्यले पनि इन्काउन्टर गर्ने योजना बनाएको उहाँको  कथन छ । भन्नुहुन्छ –‘भारतमा  पनि सुरक्षित हुने ठाउँ थिएन । चलाखीका साथ सिधै अदालतमा पुगेर आत्मसमर्पण गरको हो । यसरी अदालतमा आत्मसमर्पण गरे पछि एक किसिमले उ सुरक्षित भयो  भनेर ढुक्का भयौ । पछि पिडा दिँदै गर्दा हामी दुखी हुँदै गयौँ ।’
टीकापुर घटना र रेशम चौधरीको न्याय लगायतका बिषयमा गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ । 

टीकापुर घटनामा मेरो आफ्नो छोरो रेशम चौधरी जेलबन्दीको रुपमा जीवन विताईरहेको छ । छोरोसँगै ५८ जनामा लागेको मुद्धा त्यसमा २० जनाले रिहा पाएर बसिरहेका छन भने ११ जनालाई आजिवन कारगारको मुद्धा सुनाइएको छ र त्यसमध्ये ३१ जना फरार सुचिमा हुनुहुन्छ । याृे आधारमा म साँसद हुनु गौरव भन्दा पनि पीडाको यात्रा भन्न चाहन्छु ।’

इन्डिजिनियस टेलिभिजन: प्रतिनिभिसभामा निर्वाचित हुनु भएको छ । संसदको यात्रा कस्तो महसुश भइरहेको छ ?

चौधरी :  प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुने रहर भन्दा पनि यो पपीडाको संसदीय यात्रा हो । बर्दिया निर्वाचन क्षेत्र नम्बर २बाट मेरो छोरा रेशम चौधरीको उम्मेद्वारी रद्ध गरेपछि मेरो स्वतन्त्र उममेद्वरीलाई त्यहाँका जनताले साथ दिएका हुन् ।  निर्वाचित भए पछि जिम्मेवारी थपियो । म बास्तबमा जनताको सेवक हुँ ।  मेरो राजनीतिक बाटो पीडाको बाटो हो ।  म पीडालाई बोक्ने नागरिकको  हैसियतबाट सांसद भएको छु । छोरा जेलबन्दीको जीवन विताईरहेको बेला यो जितको कुनै उत्सव मनाउन सकिदैन । छोरोसंगै ५८ जनामा लागेको मुद्धा त्यसमा २० जनाले रिहा पाएर बसिरहेका छन भने ११ जनालाईआजिवन कारगारको मुद्धा सुनाइएको छ र त्यसमध्ये ३१ जना फरार सुचिमा हुनुहुन्छ त्यसैलाई आधार मानेर मलाई जनताले त्यस मुद्धालाई सफल बनाउन संसदमा पुराएका छन । म त्यो मुद्धाको लागि नेपाल सरकारसंग आफ्नो थारुहरुको मागमुद्धा र पहिचानकालागि म अगाडी बढ्ने छु । 

इन्डिजिनियस टेलिभिजन​​​​​​​: यस अघि त तपाई राजनीतिमा सक्रिय हुनु हुन्थेन । असजिलो भएको छैन ?
 

चौधरी : राजनीतिक रुपमा म कुनै दलमा आवद्ध थिइन । तर मेरा पुर्खाहरु भने राजनीतिबाट टाडा थिएनन् । हाम्रो बाजे जुगराम चौधरीलाई २०१९ सालमा तत्कालीन बडाहाकिमले (अन्चलाधिश)  गोली हानेर मारेको हो । उहाँ नेपाली काँग्रेसका नेता हुनु हुन्थो । मेरो बाबु आसाराम पनि कांग्रेसको राजनीतिमा हुनु हुन्थ्यो । दाङमा राजा महेन्द्रले एयरपोर्ट बनाउने योजनाको बिरोध गर्दा पक्राउ पर्नु भएको थियो । बाँसको झाङमा  बाँसनै उम्रिन्छ भन झै मेरो छोरा रेशम राजनीतिमा आयो । पत्रकारितामा उ सक्रिय थियो । यसकारण म पनि यसैको बिरासतका रुपमा पीडाको राजनीत मार्फत आएको हुँ । 

इन्डिजिनियस टेलिभिजन​​​​​​​: थरुहट आन्दोलन टीकापुरमा भयो । त्यो आन्दोलनमा त सम्लग्न हुनु हुन्थ्यो हैन ? 

चौधरी : टिकापुर घटना भएको दिन म आफ्नै घरमा थिए । हामी नेतृत्वकर्ता थियौं । त्यस अघि आन्दोलनको क्षेत्रीय संयोजक म थिए । पछि  बुढामान्छे दौढधुप गर्नपर्छ भनेर रेशमले म लिन्छु भनेर लिएको हो । २०७२ भदौ ४ गतेको आन्दोलनमा पनि मैले फोनगरे मेरो मित्र दामोदर खड्गा संगै थियो । ४ गते घटना घटाएको एकएक गैरथारुहरुले घटाएको हो । मेरो बाईक जलाएपछि टिकापुर छोडे । ३१ गते रेशम जेठान वितेर परिवार संगै काठमाडौँ गएको उनी ५ गते मात्र टिकापुर फर्किएको हो । ४ गतेको घटनालाई लिएर संयोजक रेशम भएको हुनाले एमाले नेता भिम रावल, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले रेशमलाई  धनगढी बोलाए । त्यतिखेर नै रेशमले आन्दोलन नियन्त्रण भन्दा बहिर गएकोले निकाश खोज्नु पर्छ भनेको हो । हामीले आन्दोलन रोक्ने पनि प्रयास ग¥यौ । तर आन्दोलन रोक्न खोज्ने भनेर मलाई नै साथीहरुले कराए । यस्तो स्थिति देखे पछि हामी सपरिवार बर्दिया गयौ । 

त्यसो भए आन्दोलन छोड्नु भएको हो ? 

चौधरी:  आन्दालेन छोड्नु भन्दा पनि हामी माथि गम्भीर षडयन्त्र भएको बुझियो । धर्ममा विश्वास गर्ने भएकाले होला ! दैबी शक्तिले हामीलाई बचायो । मलगायतलाई त्यहाँ हत्या गर्ने योजना नै बुनेको थियो । यो बुझेर  घरबाट एकसरो कपडा लगाएर म भागे  । भागेपछि मेरो नातिनीले मेरो बाजेलाई मार्छ म पनि संगै जान्छु भनी । ८ गते पुरा हाम्रो सम्पती जलाईयो । के भयो सबै संसारलाई थाहा छ । 

इन्डिजिनियस टेलिभिजन​​​​​​​: रेशम चौधरी जेल जाँदै गर्दा चाही कस्तो महसुश भयो ? 

चौधरी : रेशमको ज्यानको सुरक्षा थिएन । किनभने उसलाई राज्यले इन्काउन्टर गर्ने योजना बनाइसकेको थियो । बाहिर बसेको भए कुनैपनि बेला उसलाई यस्तो गर्दथे । भारतमा पनि उ सुरक्षित हुने ठाउँ थिएन । यो बुझेर नै चलाखीका साथ  उ सिधै अदालतमा आत्मसमर्पण गरेको हो । त्यो भए पछि एक किसिमले छोरा सुरक्षित छ भनेर ढुक्का भइयो । पछि पिडा दिँदै गर्दा हामी दुखी हुँदै गयौँ । न्याय पाएन जन्मकैदको फैसला भयो । सहि बोल्न त्यहाका थारुहरु भए अन्य जातकाले बोलेनन कि रेशम निर्दोश हो । यिनीहरुको घर जलिसकेको छ यिनीहरु निर्दोश छ हजारौँ आँखाँले देखेको छ । प्रशासनले मिडियाले देखेको छ रेशम निर्दोष भनेर तर कोही बोलेनन् । 

इन्डिजिनियस टेलिभिजन​​​​​​​: अव तपाइहरु रिहाइको माँग गरिरहनु भएको छ । रेशम लगायतका आरोपीहरुले न्याय पाउनेमा कत्तिको आसावादी हुनु हुन्छ ? 

चौधरी :  सत्यले एक दिन न्याय पाइन्छ भन्ने विश्वास छ । यो राज्यले दिनु पर्छ । जनता त न्यायको पक्षमा उभी सके । यदि न्याय पाइएन भने राजनीति र अन्य क्रियाकलाप विपरित दिशामा जान सक्छ । त्यसकारण राज्यले कति थेग्ने भन्ने कुरा हो । खेल राज्यबाट मात्र भैरहेका छन मैले बुझेको छु। 

इन्डिजिनियस टेलिभिजन​​​​​​​: संसदमा चाही विधिपूर्बक न्यायको पक्षमा लडन सक्ने कस्तो अवस्था छ ? 

चौधरी : संसदको २ सय ७५ मा हामी ४ जना छौ । न्यायको लागि साथ दिने  धेरै सांँसद हुनुहुन्छ तर उसलाई पैसाले किनिहाल्छ । त्यसैले हामीलाई साथ सहयोग भएन भने त्यहाँ आन्दोलन गर्न कसैले रोक्देन । हामी सदन, सडक र कानुनको आन्दोलन तिन ठाउँबाट हुन सक्छ । 

प्रतिक्रिया