प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आदिवासी तामाङ समुदायका छोरा र छोरीलाई छिट्टै मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राजधानीको टुडिखेलमा नेपाल तामाङ घेदुङ्ले आयोजना गरेको २८५९औँ ह्योयी(तवार) सोनाम ल्होछार सांँस्कृतिक महोत्सवको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।
उहाँले विगतमा पनि प्रतिनिधि र प्रदेश सभाका तामाङ सांसदहरुलाई आफुले मन्त्री बनाएको बताउनु हुँदै यसपटक पनि तामाङ समुदायले छिट्टै मन्त्री पाउँने आश्वासन दिनुभयो । ‘तामाङको छोरा र छोरी छिट्टै मन्त्री बनाउछु, यसमा सबै ढुक्क हुनु भए हुन्छ, ल्होछार हर्षोल्लासका साथ रमाईलो गरी मनाउनु, बन्दैन मन्त्री नभन्ने भो भनेर चिन्तित भएर घर नफर्किनु।’
उहाँले विगतमा पनि प्रतिनिधि र प्रदेश सभाका तामाङ सांसदहरुलाई आफुले मन्त्री बनाएको बताउनु हुँदै यसपटक पनि तामाङ समुदायले छिट्टै मन्त्री पाउँने आश्वासन दिनुभयो । ‘तामाङको छोरा र छोरी छिट्टै मन्त्री बनाउछु, यसमा सबै ढुक्क हुनु भए हुन्छ, ल्होछार हर्षोल्लासका साथ रमाईलो गरी मनाउनु, बन्दैन मन्त्री नभन्ने भो भनेर चिन्तित भएर घर नफर्किनु।’
यसअघि बोल्नु हुने नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले आदिवासी तामाङ समुदायलाई राज्यले हेर्ने दृष्ट्रिकोण सकारात्मक नरहेको बताउनु हुँदै विभिन्न परिवर्तन आईसक्दा पनि तामाङ जाति अझै पछाडि नै पारिएको धारणा राख्नुभएको थियो ।
उहाँले विद्यमान मन्त्रिपरिषद्मा एक जनापनि तामाङ मन्त्री नबन्नु दुखद् भएको बताउन भयो । ‘हामी तामाङ समुदाय राज्यले प्रयोग मात्र गरिरहने हो ? १० वर्षे जनयुद्धमा पनि तामाङहरुले बलिदान दिए त्यहाँबाट आएको परिर्वतनले आदिवासी जनजातिको हकअधिकारको क्षेत्रमा राज्य गम्भीर हुन्छ लागेको थियो तर अहिलेको सरकारले राजावादीलाई अगाडि सारेर जन्मजयन्ती मनाउने लगायतका कार्यहरु गर्दै आईरहको छ ।’ उहाँले राज्यले तामाङ समुदायलाई उठिबास लगाँउदै आईरहेको कुरापनि उठाउनुभएको थियो । शंखरापुर नगरपालिको लप्सिफेदीको विषयलाई जोड्नुहुँदै विकासको नाममा आदिवासी तामाङहरुको बस्ती उठिबास हुनलागेकोमा पनि उहाँले ध्यानर्कषण गर्नुभएको थियो ।
‘हामी तामाङ समुदाय राज्यले प्रयोग मात्र गरिरहने हो ? १० वर्षे जनयुद्धमा पनि तामाङहरुले बलिदान दिए त्यहाँबाट आएको परिर्वतनले आदिवासी जनजातिको हकअधिकारको क्षेत्रमा राज्य गम्भीर हुन्छ लागेको थियो तर अहिलेको सरकारले राजावादीलाई अगाडि सारेर जन्मजयन्ती मनाउने लगायतका कार्यहरु गर्दै आईरहको छ ।’
उद्घाटन समाहरोहमा नै बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पनि नयाँ सरकार बन्दै गर्दा मन्त्रिपरिषदमा चारचार जना उपप्रधानमन्त्री बन्ने एकजना उत्तर, दक्षिण र अर्को पुर्व, पश्चिम फर्केका छन । तर सातै प्रदेशमा एकजना पनि आदिवासी जनजाति मुख्यमन्त्री नबन्नुमा दुखद विषय भएको बताउनु भएको छ । देशको जनसंख्याको ३५प्रतिशत जनसंख्या भएको आदिवासी जनजाति समुदायलाई राज्यले अन्देखा गरेको बताउनुभयो । ‘अध्यक्ष शेर्पाले देशले अनुभवीे प्रधानमन्त्री पाएको छ, हामी तपाँईसंग धेरै आशा गर्दैनौ, बस् भईरहेका विकासका कार्य र स्वास्थ्य, शिक्षाको क्षेत्रमा व्यवस्थित गरिदिनुहुन अनुरोध गर्दछौ ।’
सोही अवसरमा बोल्नुहुँदै पूर्व मन्त्री शेरबहादुर तामाङले विदेशी रक्सीको स्थानमा तामाङ आदिवासी समुदायले उत्पादन गर्दै आएका स्वदेशी कोदोको रक्सीको ब्रण्डिङ गर्नुपर्ने बताउनुभयो । स्वदेशी परम्परागत ज्ञानलाई माटोमा मिलाउने अनि विदेशी महङ्गा महङ्गा रक्सी श्वदेशमा भित्राउने भनेर प्रश्न गर्नुभएको थियो । आदिवासी तामाङ महिलाहरुको परम्परागत ज्ञान सिपलाई राज्यले ब्राण्डीङ गर्नुपर्ने धारणा राख्नुभयो ।
आदिवासी तामाङ समुदाय ६० आदिवासी जनजातिमा सुचिकृत तेस्रो ठुलो जनसंख्या भएको समुदाय हो । करिब १७ लाख जनसंख्या भएको आदिवासी तामाङ जाति बागमती प्रदेशमा बाक्लो बसोबास रहेको छ । सोनाम ल्होछार राजधानीको टुँडिखेल लगायत देशैभर र विदेशमा पनि हर्षका साथ मनाईएको छ । कोराना महामारी पश्चात पहिलोपटक भेला हुन पुगेका तामाङहरुको टुँडिखेलमा आईतबार बाक्लो उपस्थिति रहेको थियो । घेदुङले ३ दिनसम्म आयोजित कार्यक्रममा विभिन्न तामाङ समुदायको मौलिक खानपान र सांस्कृतिक कार्यक्रम गरेको थियो ।
ल्होसार/ल्होछार
सोनाम ल्होछार तामाङ, ह्योल्मो लगायत हिमाली आदिवासीहरुको राष्ट्रिय पर्व हो । वर्षमा एकपटक मनाईने ल्होछार नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । हरेका वर्षको माघमा मनाईने यो पर्व नेपाल लगायत चिन, थाईल्याण्ड, तिब्बत, भारतको सिक्कम, दार्जिलिङ लगायत विदेशमा पनि हर्षका साथ मनाईन्छ । मञ्जुश्री पात्रो अनुसार ल्होसार मनाउने गरिन्छ ।
नेपालमा ल्होसार पौष महिनामा गुरुङ समुदायले (तमु ल्होसार) भनेर मनाउने गरिन्छ भने तामाङ, ह्योल्मो लगायतले माघ महिनामा (सोनाम ल्होछार) र हिमाली शेर्पा समुदायले फागुनमा (ग्याल्बो ल्होसार) मनाउने गरिन्छ ।
तामाङ समुदायले ल्होछार भनेर उचारण गर्दछन् भने अन्य समुदायले ल्होसार भन्ने गरेकाछन् । ‘ल्हो’भन्नले वर्ष र ‘छार’ भन्नले नयाँ भन्ने जनाउँछ । चराचुरुङ्गी र जनावरको नामबाट वर्ष परिवर्तन हुने गर्छ । १२ वटा वर्षहरुबाट परिर्वतन हुने नयाँ वर्ष यसप्रकारको रहेको छ । चिवा( मुसा), लङ्(गाई। गोरु), तग्(बाग), हे(खरायो), डुग्(ड्रईगन), डुल(सर्प), तबु( घोडा) ल्हुक(भेडा), टे(बाँदर), च्या(चरा), खि(कुकुर) र फक(सुङ्गुर) बाट नयाँ वर्ष परिवर्त हुने प्रचलन रहेको छ ।
नेपालमा ल्होसार पौष महिनामा गुरुङ समुदायले (तमु ल्होसार) भनेर मनाउने गरिन्छ भने तामाङ, ह्योल्मो लगायतले माघ महिनामा (सोनाम ल्होछार) र हिमाली शेर्पा समुदायले फागुनमा (ग्याल्बो ल्होसार) मनाउने गरिन्छ । यस अवसरमा घरमा पुजापाठसंगै नयाँ ध्वजा फेर्ने विभिन्न परिकार खाप्से, भावर लगायतका परिकार बनाउने गरिन्छ । ल्होसारको छेवा चि घरको ठुलोवडाबाट मोन्लाम (टिका) थाप्ने मिठामिठा खानाका परिकारहरु एकअर्कामा भेला भएर खाने परम्परा रहेको छ । ल्होसारको छवा सुम अर्थात तेस्रो दिन गुम्बामा ल्हप्सो गर्ने चलन रहको छ । गाउँघरमा विशेषगरि ल्हाप्सोको दिन भेलाभएर पुजापाठमा सरिक भई नाचगानसंगै हर्षका साथ मनाउने गरिन्छ । औँशीको दिनुबाट सुरुभएर पुर्णेसम्म १५दिन ल्होसार मनाउने परम्परा छ ।