साँसदहरुलाई किरात याक्थुङ चुम्लुङको एघार बुँदे एजेन्डा 

Admin
Admin१ माघ २०७९, आइतवार
साँसदहरुलाई किरात याक्थुङ चुम्लुङको एघार बुँदे एजेन्डा 

सङ्घीय प्रतिनिधि सभामा निर्वाचित सासदहरुलाई आदिवासी लिम्बु÷याक्थुङहरूको प्रतिनिधिमूलक साझा सङ्गठन किरात याक्थुङ चुम्लुङले लिम्बु साँसदहरुलाई बधाइ तथा शुभकामनाको कार्यक्रम आयोजना गरेर संस्थाको एजेन्डा अगाडि सारेको छ । 

चुम्लुङको तर्फबाट अध्यक्ष प्रेम प्रेम येक्तेनले स्जेन्डाबारे साँसदहरुलाई  स्मरण गराउनु भएको थियो । चुम्लुङले निर्वाचन सम्पन्न हुन अगाडिनैसबै राजनैतिक दल र उम्मेदवारहरूलाई आम लिम्बुहरूको आधारभूत साझा मुद्दाहरूको रूपमाकियाचुका एजेन्डाहरू प्रदान गरेको  थियो । 

शुभकामना तथा बधाई कार्यक्रममा नेकपा एमालेका तर्फबाट संविधान सभाका अध्यक्ष सुवासचन्द्य्र नेम्बाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काग्रेसकी साँसद लीला बोखिम लगायतका लिम्बु साँसदहरुको उपस्थिति थियो । 

चुम्लुङले प्रस्तुत गरेको एजेन्डाहरु तपसिल बमोजिका छन् । 
तपसिल

1. मुन्धुमी पवित्रस्थल मुक्कुमलुङलाई पाथिभरा बनाई विगतदेखि सांस्कृतिक अतिक्रमण निरन्तर रहेको छ । यसमा थप व्यापारीकरण गर्न हालसालै दशहजार भन्दा बढी रुखहरू कटान गरेर वन विनास गर्दै केवलकार निर्माण हुन गइरहेकोमा मुक्कुम्लुङको पवित्रता, मुन्धुमी बोट विरुवा र प्राकृतिक विनास हुने भएकाले यो गतिविधि तत्काल बन्द गर्न, 
2.    लिम्बु भाषालाई सरकारी कामकाजको भाषा निर्माणका लागि प्रदेश नं. १ मा रहेको मस्यौदा ऐन अविलम्ब पास गरी तदारुकताका साथ कार्यान्वयन गर्न गराउन, 
3.    लिम्बु भाषामा पठन पाठनका लागि शिक्षक दरवन्दी कायम गर्न र सरकारी कार्यालयहरूमा किरात सिरिजङ्गा लिपि र लिम्बु÷याक्थुङ भाषामा बोर्ड लेख्न लेखाउन, 
4.   आदिवासी लिम्बु÷याक्थुङहरूका एजेन्डाहरूमा सङ्खुवाखोला–अरुण–सप्तकोसी नदीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने लक्ष्य सहित अरुण–कोशी पूर्व–पश्चिम दुवै क्षेत्रको १४ जिल्लामा रहेको भूगोलमा १ नं. प्रदेशको नाम “लिम्बुवान, किरात” नामकरण गर्न, 

5. सबै धार्मिक एवम् सांस्कृतिक सम्प्रदायलाई समान सरकारी विदा उपलब्ध गराउन र याक्थुङ ऐतिहासिक, सांस्कृतिक, धार्मिक, मुन्धुमी स्थल, माङ्गेÞन्ना यक र समाधिस्थलहरूको संरक्षण गर्ने नीति तथा निर्देशिका जारी गर्न,
6. लिम्बुवान क्षेत्रका स्थानीय स्थान नामहरू लिम्बु÷याक्थुङ भाषामा नामकरण गर्न । खस नेपालीकरण र संस्कृतकरण गरिएका स्थाननामहरू लिम्बु÷याक्थुङ भाषाका पुराना नाममै पुनस्र्थापना गर्न, 
7.    आदिवासी लिम्बु÷याक्थुङहरूको अतिक्रमण गरिएका र खोसिएका भू–भागहरू फिर्ता गर्न, सामुदायिक भूमि अभिलेखीकरण गर्न र रैकर जग्गा वाहेकका भूमि सम्बन्धित याक्थुङ वंश थरकोनाममा अभिलेख गर्न,
8.    आदिवासी लिम्बु÷याक्थुङको माछा मार्ने खोला, सिकार खेल्ने जङ्गल वा जल, जङ्गल, जमिन र जडिबुटी सम्बन्धित थर वंशको नाममा अभिलेखीकरण गर्न, 
9.    लिम्बुवान क्षेत्रमा त्यस भूमिका लिम्बु युवाहरूलाई प्राथमिकताका साथ कर्मचारी नियुक्ति गर्न, 

10.    आदिवासी लिम्बूहरूको मूर्त तथा अमूर्त सम्पदाहरूलाई संरक्षण गर्न र लिम्बु÷याक्थुङ समुदायले सांस्कृतिक थलोको रूपमा उपभोग गरिरहेका भूमि सम्बन्धित संस्था वा समुदायको नाममा अभिलेखीकरण गर्न, र
11.    अदिवासी जनजाति प्रतिष्ठान ऐनमा लिम्बु भनि सूचीकरण भएकोलाई लिम्बु÷याक्थुङ भनि सूचीकरण गर्न ।


 

प्रतिक्रिया