लिखुका जलविद्युत आयोजनाहरुबाट मानवअधिकारको गम्भीर उल्लंघन 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१५ पुष २०७९, शुक्रवार
लिखुका जलविद्युत आयोजनाहरुबाट मानवअधिकारको गम्भीर उल्लंघन 

रामेछाप र सोलु जिल्लाको सीमा नदी लिखुमा निर्माणधिन जलविद्युत आयोजनाहरुले त्यहाँका आदिवासी जनजाति र स्थानीयबासिन्दाको गम्भीर मानवअधिकार उल्लंघन गरेको पाइएको छ । 
एमभी दुगड ग्रुपबाट प्रबद्धित लिखु–१, लिखु–२ र लिखु–ए समेतको १५७ मेघावाटको तीनलगायत आठवटा जलविद्युत आयोजना सन्चालित छ । त्यसमध्ये लिखु ए जलविद्युत आयोजना र लोअर लिखु आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने अन्य आयोजना निर्माणधिन अवस्थामा रहेको छ । 

‘हामी ६ भाई सुनुवारहरुको निजी स्वामित्वमा रहेको १० रोपनीका दरले ६० रोपनी जग्गा दिएका हौ, तर परियोजना सञ्चालनमा आउँदासमेत न जग्गाको उचित मूल्य पाएका छौ, न त आश्वासन नै पुरा भएको छ ।’

सोलुखम्बु जिल्लामा पर्ने लिखुपिके गाउँपालिका वडानम्बर २ का बुद्धिबहादुर सुनुवारका अनुसार गोली दोभानका ६ घर सुनुवारहरुले जग्गाको उचित मूल्य र सम्मनित ढंगले बसोबास गराउने  आश्वासनका आधारमा लिखु ए जलविद्युत आयोजनालाई जग्गा उपलव्ध गराएको भएतापनि हालसम्म सो आश्वासन कार्यन्वयन नभएको गुनासो गर्नू भयो । 

‘हामी ६ भाई सुनुवारहरुको निजी स्वामित्वमा रहेको १० रोपनीका दरले ६० रोपनी जग्गा दिएका हौ, तर परियोजना सञ्चालनमा आउँदासमेत न जग्गाको उचित मूल्य पाएका छौ, न त आश्वासन नै पुरा भएको छ ।’ उहाँले सूरुमा स्थानीय तहमा स्वास्थ्यचौकी, खानेपानी र परिवारका सबै सदस्यलाई रोजगारी मिल्ने आश्वासन दिएको बताउँदै आयोजनाले हालसम्म जग्गाको मूल्य र हामी जग्गादातालाई सम्मानित ढंगले बसोबासको व्यबस्था नगरेको आरोप लगाउनु भयो । सुनुवार दाजुभाईको जग्गामा लिखु जलविद्युत आयोजना ए को पावर हावस, सवस्टेशन, कार्यलय, सामानको भण्डार संरचना लगायतमा प्रयोग भइरहेको छ । 

सो क्षेत्रमा एमभी दुगड ग्रुपबाटबाट प्रबद्धित  पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइडो«पावर एशोसिएट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि नामको तीनवटा सहायक कम्पनी मार्फत त्यहाँ फरक तीनवटा जल विद्युत आयोजना  निर्माणधिन छ । 

‘घरमा बस्न सक्दिन, सुरुङ बनाउँदा पड्काइएको व्लास्टिनले भएको एउटा घर थङ्थिलो भएको छ ।  यसको बिरोध गर्दा मलाई मन्थली लगरे आयोजनाका कर्मचारीले थुने ।’ उहाँले सुनाउनु भयो ‘मेरो लालपुर्जा भित्रको घर जग्गा छाडेर अहिले डेरामा बसेको छु, परियोजना आए पछि विकास हुन्छ भन्थे, मेरो चाही उठीबास भयो ।’ 

पान हिमालय इनर्जी प्रालीले ७७ मेघावाटको लिखू १ जलविद्युत उत्पादन गर्ने छ  भने ग्लोबल हाइडोपावर एशोसिएट्स प्रालिले ५१ मेघावाटको जल विद्युत उत्पादन गर्ने छ । त्यसै गरी नुम्बुर हिमालय हाइडोपावर प्रालिले ५१ मेघावाटको भनिएता पनि हाल २९ मेगावाटको लिखु ए बाट बिद्युत उत्पादन सुरु गरेको छ । 

परियोजनाका प्रबन्ध सञ्चालकहरुले जग्गा लिन अगाडि कागज गरी दिएको भए पनि कागज अनुसारको रकम नपाएको सोही स्थानका बीर बहादुर सुनुवारले बताउनु भयो ।  उता रामेछाप उमाकुण्ड गाउँपालिका देबी बहादुर बस्नेत चाही लिखु जलबिद्युतको सुरुङका कारण आफनो घर चिराचिरा परेको कारण विस्थापित भएको बताउनु हुन्छ । आयोजनाले आफनो गुनासो सुनाइ नगरेको उहाँको गुनासो छ । ‘घरमा बस्न सक्दिन, सुरुङ बनाउँदा पड्काइएको व्लास्टिनले भएको एउटा घर थङ्थिलो भएको छ ।  यसको बिरोध गर्दा मलाई मन्थली लगरे आयोजनाका कर्मचारीले थुने ।’ उहाँले सुनाउनु भयो ‘मेरो लालपुर्जा भित्रको घर जग्गा छाडेर अहिले डेरामा बसेको छु, परियोजना आए पछि विकास हुन्छ भन्थे, मेरो चाही उठीबास भयो ।’ 

गुम्देलका शिव बहादुर बस्नेत र बिष्णु बस्नेतले पनि आफनो निजी जमिन प्रयोग गरेर सुरुङ बनाएको र सुरुङ माथिको जमिन तथा घर लगायतको संरचना आफुले प्रयोग गर्न नसक्ने हुँदा आफुहरु अहिले विस्थापितको अवस्थामा रहेको बताउनु भयो । ’मेरो २० रोपनी जग्गामा आयोजनाले सुरुङ खनेको छ । त्यस माथिका बोट विरुवा सुकेका छन् । मेरो नापी नक्सा भएको जग्गा यसरी मलाई नसोधी प्रयोग गरे बापत आफूलाई अन्याय भएको भन्दा प्रहरी लगाएर धम्काएको तथा थुनछेक गरे ।‘ शिब बहादुर बस्नेतको आरोप छ । 

एमभी दुगड ग्रुपको ज्यादति यतिमा मात्र सिमित छैन, हाइटेन्सन लाइन बिस्तारमा पनि जवर्जस्ती गरेको छ । व्यक्तिको निजी जग्गा र गाउँबस्ती माथिबाट लगिएको हाइटेन्सनको खम्बा राख्ने जग्गाको मुआव्जा अहिलेसम्म स्थानीयबासिन्दाले पाएका छैनन् । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारकाअनुसार हाइटेन्सनलाइन विस्तार गर्दा स्थानीय तहसंग कुनै पनि समन्वय गरेको छैन । 

विद्युत उत्पादन गरेर किर्ने सवस्टेशनमा जोड्दा समेत हाइटेन्सन लाइनका लागि राखिएका खम्बाको जमीन र तारमुनिका २३ मिटर दायाँबायाँका जग्गा धनीहरुसंग कुनै सहमति नलिएको उहाँको भनाई छ । उमाकुण्ड गाउँपालिका वडानम्र ५का वडा अध्यक्ष कुल बहादुर बस्नेतले पनि लिखु आयोजनाले जनताको निजी जग्गाा र सार्वजनिक जमिनबाट प्रसारणलाइन बिस्तार गर्दा वडा कार्यलयलाई कुनै पत्राचार तथा सोधनी नगरेको बताउनु भयो । 

‘जग्गा नामसारी नगरी खम्बा गाडिएको छ । एकजना जग्गा धनी बाहेक आठवटा पिलर अझै निजी जग्गामा नै छ ।’ लाइन मुनीका जग्गाको सवालमा पनि कुनै सम्बाद नभएको वडा अध्यक्ष बस्नेतको कथन छ । 
 

प्रतिक्रिया