कुलुङ जातीय परम्परामा अल्लोको प्रयोग

Admin
Admin९ पुष २०७९, शनिवार
कुलुङ जातीय परम्परामा अल्लोको प्रयोग

अन्जना राई

कुलुङ समुदाय लामो समयदेखि आफूलाई अलग आदिवासी जनजातिको दावी गर्दै आएको समुदाय हो ।  आदिवासी जनजाति सूचि परिमार्र्जन उच्चस्तरीय कार्यदलले  कुलुङसहितका जातिलाई थप नयाँ आदिवासी जनजातिको सूचिमा राख्न सिफारिस गरेतापनि नयाँ सूचिकरण आउन सकेको छैन । तथापि केही स्थानीय तहले आफनै प्रकारको सूचिकरण गरेर कुलुङलाई आदिवासीको मान्यतासमेत दिएको छ । 

तिनै आदिवासी कुलुङ र अल्लो प्रजातिको बनस्पति .बीचको साइनो सम्बन्ध केलाउने प्रयास यहाँ गरिएको छ । प्रकृति, प्राकृतिक स्रोतसंग अन्योन्याश्रित सम्बन्ध भएका नेपालका  आदिवासी जनजाति मध्ये कुलुङहरुको परम्परासंग अल्लो जातको बनस्पतिसंग घनिष्ट सम्बन्ध रहेको पाइन्छ ।  

कुलुङहरुले अल्लो प्रजातिको बनस्पतिलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । खास गरेर उनीहरुको जन्म देखि मृत्युसम्मका संस्कार र संस्कृतिमा अल्लो जातको बनस्पति आवश्यक पर्छ । यदि बच्चा जन्मदा नानीको साथी नझरेमा अल्लोको धागोले बाँध्ने चलन छ । कुलुङहरु अल्लोलाई खिःगानाम भन्ने गर्दछन् । जुन मृत्यु संस्कारमा पनि आवश्यक पर्छ । कुलुङ युवा युवतीहरु माया प्रेमको प्रतीकका रुपमा अल्लोबाट बुनिएका मफलर र रुमाल साटासाट गर्ने गर्दछन् । जस्ले गर्दा गाढा प्रेम रहने विश्वास गरिन्छ । अहिले कुलुङहरुले अल्लोबाट तयार भएको भाङ्ग्रालाई आफनो जातीय पोशाक बनाएका छन् । 

कुलुङहरुले अल्लो प्रजातिको बनस्पतिलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । खास गरेर उनीहरुको जन्म देखि मृत्युसम्मका संस्कार र संस्कृतिमा अल्लो जातको बनस्पति आवश्यक पर्छ ।

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ ।  यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । काण्डको बोक्राबाट प्राप्तहुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा,झोला आदि बनाइन्छ । यही कपडाहरु नै कुलुङको परम्परागत पेसा पनि हो । 

अल्लो नेपालका विभिन्न स्थानमा पुवा, ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, भल्लो आदि नामले चिनिन्छ भने अङ्ग्रेजीमा जायन्ट हिमालयन नेटल तथा निलगिरी नेटल नामले चिनिन्छ । अल्लोको नरम मुना, पात, बोक्रा र जरालगायतका भागहरू अत्यन्तै उपयोगी हुन्छन् । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ भने कलिला मुना सागको रूपमा तरकारी खान प्रयोग गरिन्छ । त्यस्तै यो वनस्पतिको पात टाउको तथा जीऊ दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीमा समेत प्रयोग गरिन्छ भने जराको रस मधुमेहको लागि लाभदायक हुन्छ । यसलाई कतै कतै गाईवस्तुको आहाराको रूपमा पनि प्रयोग गरिन्छ । 

साधारणतया कात्तिकदेखि पुस महिनासम्म अल्लोको बोक्रा सङ्कलन गर्नु उपयुक्त मानिन्छ । यस वनस्पतिको काण्डको भित्री बोक्रा नै धागो उत्पादनमा प्रयोग हुन्छ ।  स्थानीयस्तरमै विभिन्न प्रविधिको प्रयोग गरी यसको रेसा उपयोगयोग्य बनाउन सकिन्छ । रेसा उत्पादनका लागि सङ्कलन गरिएका अल्लोका बोक्रालाई २देखि ३ दिनसम्म पानीमा डुबाएर राख्नु पर्छ ।  त्यसपछि ढाडिएको बोक्रालाई काष्टिक सोडा वा खरानी राखेर उमालिन्छ । करिब दुई घण्टासम्म उमालीसकेपछि अल्लोका बोक्रालाई १० देखि २४ घण्टासम्म त्यतिकै छोडिन्छ । त्यसपछि पाकेको अल्लोको बोक्रालाई खोलामा लगेर सफा पानीमा पखालिन्छ । यसरी पखाल्दा रेसाहरू छुट्टिने गर्दछन् । रेसालाई छुट्याउन बिस्तारै काठको मुङ्ग्रोले ठोक्दै पखाल्ने गरिन्छ। साधारणतया १ किलोग्राम अल्लोको बोक्राबाट ५०० ग्रामदेखि ६०० ग्राम रेसा उत्पादन हुने गर्दछ । 

अल्लोबाट झोला, रुमाल, खास्टो, टोपी, गलैँचा, कुसन आदि बनाउन गरिएको छ । अल्लोको लुगा प्रयोग गर्नाले विभिन्न छालासम्बन्धि रोगबाट बच्न सकिने विश्वास रहँदै आएको छ ।

यसरी प्राप्त भएको रेसालाई मकैको पिठो, ढुटो वा कमेरोसँग मिसाएर घाममा सुकाइन्छ । यस्तो गर्नाले अल्लोको रेसा मुलायम र सेतो रंगको हुन्छ । दिनभरि घाममा सुकाइएको उक्त रेसालाई फेरि काठको मुङ्ग्रोले ठोक्दै पखालिन्छ र घाममा सुकाइन्छ । यसरी उत्पादन गरिएको रेसा नै धागो उत्पादनका लागि प्रयोग हुन्छ । 

अल्लोका रेसाहरूबाट धागो उत्पादन गर्न परम्परागत उपकरण कतुवा अथवा चर्खा प्रयोग गरिन्छ । धागो बनिसकेपछि यसलाई रंगमा डुबाइन्छ र सुकाइन्छ । त्यसपछि अल्लोको धागोबाट हाते तान वा आधुनिक उपकरणको प्रयोग गरी विभिन्न सामग्री निर्माण गरिन्छ । गुणस्तरको लागि अल्लोको धागोमा सुती धागो पनि मिसाउने गरिएको पाइन्छ । 

अल्लोबाट झोला, रुमाल, खास्टो, टोपी, गलैँचा, कुसन आदि बनाउन गरिएको छ । अल्लोको लुगा प्रयोग गर्नाले विभिन्न छालासम्बन्धि रोगबाट बच्न सकिने विश्वास रहँदै आएको छ । 

कुलुङ परिचय 

कुलुङहरु नेपालको सोलुखम्बू जिल्लाको महाकुलुङ गाउँपालिकामा मुख्य बसोबास रहेको छ । पछिल्लो समयमा बसाइसराइका माध्यमबाट विभिन्न जिल्लामा पनि टरिएका छन् । उनीहरु राइ भित्र समेटिएता पनि छुट्टै भाषा, छुट्टै सँस्कृति, लिखित वा अलिखित इतिहास, छुट्टै आदिभूमि, हामी भन्ने भावना भएका कारण राइ नभनेर कुलुङमा सूचिकरण हुनु पर्ने उहाँहरुको माँग छ । खास गरेर छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लुको साझा भाषा कुलुङ, सँस्कृति कुलुङ, मौखिक इतिहास, महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको दावी छ । 

कुलुङहरु राइ भित्र समेटिएता पनि छुट्टै भाषा, छुट्टै सँस्कृति, लिखित वा अलिखित इतिहास, छुट्टै आदिभूमि, हामी भन्ने भावना भएका कारण राइ नभनेर कुलुङमा सूचिकरण हुनु पर्ने उहाँहरुको माँग छ ।

कुलुङ किम्बदन्ती अनुसार खम्बूहो वंशका चारजना पूर्खाहरु हुङ्गु उपत्यका प्रवेश गरेको थिए । छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरू कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । सबैभन्दा पहिले छेम्सी आएका थिए । छेम्सीपछि राताप्खु आए । समयक्रममा ताम्सी र खप्दुलु दुई भाइ हुङ्गु उपत्येका प्रवेश गरेर बस्न थाले । राताप्खु, ताम्सी र खप्दुलु छेम्सिले बोलेकै भाषा बोल्दथे । खास उनीहरू दाजुभाइका सन्तान थिए । एउटै भाषा बोल्ने र समान सँस्कार भएका उनीहरूले आपसमा सामुहिकता जनाउन आफूलार्ई कुलु’ र्वा केई कुलु’ भनेर सम्बोधन गर्दथे । जसको अर्थ हामी सहगोत्री भन्ने हुन्थ्यो र्। कुलु’ शब्द्ध कालान्तरमा रुपान्तरण भएर्र कुलुङ’ भएको विश्वास गरिन्छ । अर्को भनाइ के छ भने व्यवस्थित बसोबासको विकास भइनसकेको अवस्थामा पहिलेका पुर्खाहरु ओडारमा बस्दथे । ओडार सामान्यतः पानी नजिकै पाइने स्थानमा हुन्थ्यो । महाकुलुङमा पहिलो प्रवेश गर्ने छेम्सी त्यस्तै ठाउँ खोजेर वर्तमान सोलुखम्बूको पावैमा पर्ने हुलु क्षेत्रमा बसे । कुलुङ भाषामा पानीसहितको ढुङ्गालाई ‘काउलुङ’ भनिन्छ । यस्तै ओडारमा बसेका छेम्सी र उनका दाजुभाइहरू ‘कुलु’ हुँदै ‘कुलुङ’ भनिए वा भए । 

कुलुङ पूर्खाहरु ‘काउलुङ’वाट कुलु वा कुलुङ भएको बताउँदछन् । महाकुलुङ उपत्येकालाई ‘कुलु’ नामले सम्बोधन गर्ने पुरानो चलन पनि छ । ताम्सी, छेम्सी, खप्दुलु(पिल्मो) र राप्खु(सोताङ) सबै आफुले बोल्ने भाषालाई ‘कुलुरिङ’ वा ‘ईरिङ’ भन्दथे । चारदाजुभाइले उनीहरूबीच सामुहिकता जनाउन आफ्नो भाषा र संस्कारलाई ‘कुलु रिङ–रिदुम’ नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । ‘कुलु’ शब्दले एउटै वंशका स्वःजातीय भन्ने जनाउँदछ । छेम्सि, ताम्सी, खप्दुलु र राताप्खुका सन्तानबीच कुलुङ शब्दले सामुहिकतालाई बुझाउँछ र यो साझा सँस्कृति र सभ्यता पनि हो । यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ भनेर चिनिन्छन् ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin