व्यासी शौकाको परम्परा

Admin
Admin८ पुष २०७९, शुक्रवार
व्यासी शौकाको परम्परा

पुष्पा बुढाथोकी (शौका)
नेपालको आदिवासी जनजातिमा सूचिकृत व्यासीहरु विशिष्ट सीप, कला र संस्कृति भएको समुदाय हुन् । व्यासीहरुको आदिम थाततलोका रुपमा काली नदी र व्यास घाटीका नौ गाउँलाई लिइन्छ । त्यस मध्ये सात वटा गाउँ भारतमा पर्दछ । दार्चुला जिल्लाको छाँगरु र तिङ्कर नै व्यासीहरुको आदिम थलो हो । यसका साथै रपाङ, दुगलिङ र स्याङकाङमा पनि व्यासीको बाक्लो बस्ती छ । व्यासीहरु हिमाली आदिवासी हुन् । तर उनीहरु आफै भने रँ भन्ने गर्दछन् । उनीहरुको आफनै थातथलो, भूमि, भूभाग र भूक्षेत्र तथा भाषा, परम्परागत संस्था, प्रथाजनित कानुन अभ्यासमा रहेको छ ।
कुञ्जा सर्ने परम्परा 

व्यासीहरुको सामुहिक बसाइसराइ एक परम्परा र अर्को बाध्यता पनि हो । उनीहरुको आफनो थातथलोबाट गर्मी छल्नका लागि सदरमुकाम खलंगा बसाइ सर्ने उनीहरुको परम्परा छ । यस्तो बसाइसराइलाई ‘कुञ्चा’ भनिन्छ । ६ महिना सदरमुकाम र ६ महिना व्याँसको छांगरु तिङ्करमा बसोबास गर्ने व्याँसीहरूले वैशाख दोस्रो साता ‘कुञ्चा’को तयारी गर्दछन् । उनीहरू गर्मी छल्न हरेक वर्ष वैशाख पहिलो र दोस्रो साता खलंगाबाट बसाइँ सर्ने गर्छन् । छांगरु र तिंकरका व्यासीहरुको मुख्य पेसा व्यापार हो । यहाँका व्यासीहरु चीनको ताक्लाकोट गएर व्यापार गर्ने चलन भए पनि  कोरोना महामारीका कारण यो व्यापार हाल बन्द छ । 

भेषभूषा र गहना 
व्यासीहरुको परम्परागत भेषभुषाले उनीहरुको भूगोल तथा पारिस्थितिक प्रणालीलाई झल्काउँछ । महिलाले लगाउने च्युङवाला भनिन्छ । उनबाट हातले बुनेरती लुगा तयार गरिन्छ । कमरभन्दा माथि लगाउने लुगालाई च्युङ र तल लगाउने लुगालाई वाला भनिन्छ । च्युङमा बाहुला नहुने भएकाले पाखुरामा रकल्चै लगाइन्छ । कम्मरमा कमरबन्द ज्युज्याङ बाँधिन्छ । टाउकामा शङ्ख आकारको पछाडि कुमसम्म पुग्ने लामो टोपी (च्युक्ति) र खुट्टामा बब्बै अर्थात उनीको जुत्ता लगाइन्छ । यी सबै विवाहित महिलाका कमडा हुन् । अविवाहित महिलाले भने झगुला वा गाग्री तथा कम्मरबन्द  ज्युज्याङ लगाउँछन् । 

पुरुषले भने लामो जामा, कम्मरमा ज्युज्याङ अर्थात कमरबन्द, टाउकामा बेल्ठूलो अर्थात फेटा, कमरभन्दा तल मैजु अर्थात सुरुवाल र खुटटामा बाँखै अर्थात उनीको जुत्ता लगाउँछन् । यिनीहरुको लुगा सेतो रङको हुन्छ । सेतो रङलेचिसोस्थानमा बस्ने शान्त र सरल स्वभाव मानिन्छ । 

महिला वा पुरुषले लगाउने पोसाकहरु पयः उनबाट बनेका हुन्छन् । जडिबुटी र एक प्रकारको वनस्पतिको रङबाट कपडालायर्ए रङ्ग्याउने गरिन्छ । तर पछिल्लो समयमा यी परम्परागत पोशाक लगाउनेको संख्या घट्दै गएको छ । 

व्यासीहरुको परम्परागत गहनाहरुमा पुरुषका लागि कानमा कुण्डल र हातमा कडा हो । तर अहिले यस्तो गहना लगाउनेहरु कमै मात्रमा भेटिन्छन् । महिलाहरुमा कानमा सुनको बाली र कुण्डल, नाकमा सुनको बिरा, गलामा कण्ठी, ककसाली (विवाहित महिलाले मात्र), खोङ्ली, बल्डाङ, चन्द्रहार, मुगा र पिरोजाको माला, चम्पाकली, वहाँ, डाङ, छौकरी, बिरा, बाली आदि लगाउँछन् । महलिाले लगाउने अधिकाँश गहना चाँदीका हुन्छन् ।   

प्रकृतिपुजक व्यासीहरु पकृतिक स्रोत, प्रकृति तथा भूमि स्रोतमाथि निर्भर आदिवासी जनजाति भएकाले उसको साँस्कृतिक पर्वहरु  नदी, हिमाल पर्बत तथा गुफाहरुसंग सम्बन्धित छन् । 


 

प्रतिक्रिया