राजबंशीको पहिचान, भक्काको मान

Admin
Admin१५ मंसिर २०७९, बिहिवार
राजबंशीको पहिचान, भक्काको मान

प्रकाश राजबंशी

पूर्वको झापा, सुनसरी र मोरडलाई आफनो थातथलो भएका आदिवासी राजवंशीको विभिन्न पहिचानजनित बिषयसंगै भक्का खानपान पनि एक अर्को पहिचान बनेको छ ।  भक्का राजबंशीहरुको परम्परागत सीप र ज्ञान तथा संस्कृतिसंग पनि सम्बन्धित छ । हिजोआज भक्काले विस्तारै व्यवसायिक रुप लिदै गएको छ । तर यो व्यबसायिकतामा राजबंशीहरुको आफनै सहभागिताभन्दा पनि गैह्र राजबंशीहरुले यसको प्रयोग गरेको पाइन्छ । 

भक्का शुद्ध चामलको पीठोबाट बनाएको एक परिकार हो । चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाए पछि ओखली, ढिकी वा मिलमा कुटेर बनाइएको पीठोबाट भक्का बन्छ । भक्का बनाउन चामलको पिठोलाई मसिनो चाल्नीले चालेर थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । त्यसपछि एउटा भाडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किने गरी छोप्नु पर्छ ।  उम्लिएको पानीबाट निस्किने बाफको तापक्रमले भक्का पाक्छ ।

भक्कामा कुनै मसला वा चिनीको प्रयोग नहुने भएकाले पनि यसको लोकप्रियता बढेको हो । झापा गौरादहका जीवन प्रकाश राजवंशीले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । 

पानीले मुछेर नरम बनाएको पिठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किँदै गरेको ढकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेट लाग्छ ।भक्का एक आदिवासी परिकार मात्र नभएर कोच राजवंशी समुदायको परम्पराको एक अंग पनि हो । हरेक राजवंशी परिवारले जाडो मौसममा आफना छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने गर्दछन् । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाई घर पठाउने चलन छ ।

जाडो मौसममा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन नै हो । पछिल्लो समय भक्का शहर बजारका चोकमा पनि उपलव्ध हुन थालेको छ । राजधानी शहर काठमाडौमा पनि भक्का पसल खुलेका छन् । झापाको  राजमार्गमा खाजाको रूपमा भक्का बेच्ने सडक खाना पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापारसमेत बनेको छ । भक्का खाजाको रूपमा लोकप्रिय छ । परम्परागत खाना व्यवसायी बन्दै गएपछि राजवंशी जातिले यसको संरक्षण र प्रवर्द्धन गर्न भन्दै केही वर्ष यता पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएको छ ।

भक्कामा कुनै मसला वा चिनीको प्रयोग नहुने भएकाले पनि यसको लोकप्रियता बढेको हो । झापा गौरादहका जीवन प्रकाश राजवंशीले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । 

पूर्वी नेपालको झापा र मोरङका सडक किनारमा वर्षैदेखि बिक्री हुँदै आएको भक्का आजभोलि विर्तामोड र मेचीनगरका केही होटलमा समेत विशेष परिकारको रुपमा उपलब्ध हुन थालेको छ । चामलको पिठोलाई सानो कचौरामा हालेर पानीको बाफमा पकाइने भक्का बच्चादेखि वृद्धवृद्धासम्मको बिहानको नास्ता हो । यो खाजा खाँदा पेट भरिने र स्वादिलो पनि हुने हुँदा ग्राहक आकर्षित हुने गरेका हुन् ।भक्काको व्यापार असोज महिनामा शुरु भएर फागुनसम्म चल्ने गरेको छ ।

कुनै पनि परिकार केवल कच्चा पदार्थसँग मात्रै होइन भूगोल र संस्कृतिसँग पनि जोडिएको हुन्छ । त्यसै भएर त ठाउँअनुसार, संस्कृतिअनुसार खानेकुराको मौलिक स्वाद हुन्छ । भाषा, लवज, भेषभुषासँगै खानेकुराले पनि ठाउँ विशेष, जाती विशेष वा सस्कृति विशेषको परिचय दिइरहेको हुन्छ । त्यहि भएर त कुनै ठाउँ भन्नसाथ त्यो ठाउँको मौलिक परिकार पनि सम्झना हुने गर्छ । हामी भक्का भन्ने वित्तिकै राजवंशीलाई सम्झने स्थिितिमा छौ । 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin