लिम्बुहरुको मौलिक बाजा च्याब्रुङ

डोल्मा शेर्पा
डोल्मा शेर्पा७ मंसिर २०७९, बुधवार
लिम्बुहरुको मौलिक बाजा च्याब्रुङ

आदिवासी लिम्बु समाजको सामाजिक आभुषणका रुपमा च्याब्ु्रङलाई लिन सकिन्छ । लिम्बू  बहुल समाजमा सबै प्रकारका शुभकार्यहरुमा च्याब्रुङको प्रयोग हुने गर्दछ । खासगरेर नयाँ घर बनाए पछि लिम्बु परम्परा अनुसार गरिने अक्वामाको पुजामा र विवाह समारोहमा च्याब्रुङ बजाएर च्याब्रुङको धुनसंगै खुट्टाको चालमा महिला तथा पुरुषहरु लहरै नाचिरहेका देखिन्छन् ।

अक्वामा पुजामा नयाँ घरको मूल खम्बाको वरिपरि च्याब्रुङ बजाउँदै नाचिन्छ भने  विवाह उत्सवमा खुला चउरहरुमा सामुहिक नाच गरिन्छ । पुरुषहरुले च्याब्रुङ भिरेका हुन्छन् । महिलाहरुले भने च्याब्रुङ वोकेको पाइदैन । तर महिलाहरु पनि तालमा ताल मिलाएर नाच्ने गर्दछन् । 

च्याब्रुङलाई लिम्बु भाषामा के भनिन्छ । खोक्रो काठको मुढामा दुवैतिरको छालाले मोरेर बनाइएको बाजा नै के अर्थात च्याब्रुङ हो । यसलाई गलामा छालाको डोरी झुन्ड्याएर छातीमा अड्याए पछि एकातिर हत्केलाले र अर्कोतिर छोटो च्याप्टो लट्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ । 

यसैगरी लिम्बू कुल गुरु येवा, येमा र सान्बाले गुरु पुजा गर्दा याग्राङसिंग गाडेर अनुष्ठान गर्दा च्याब्रुङ बजाउने प्रचलन छ । यस बाहेक घरप्रचौ, स्वागत सत्कारमा यो बाजा बजाउने गरिन्छ । हिजो आज सरकारी उत्सवहरुमा च्याब्रुङ बजाउने गरेको पाइन्छ । 

च्याब्रुङलाई लिम्बु भाषामा के भनिन्छ । खोक्रो काठको मुढामा दुवैतिरको छालाले मोरेर बनाइएको बाजा नै के अर्थात च्याब्रुङ हो । यसलाई गलामा छालाको डोरी झुन्ड्याएर छातीमा अड्याए पछि एकातिर हत्केलाले र अर्कोतिर छोटो च्याप्टो लट्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ । 

लिम्बु साँस्कृतिक अभियन्ता गोविन्द आङबुहाङका अनुसार के को अर्थ बाघ हो । खमारी अर्थात .(हङसिङ)को  काठको मुढाको बीच भाग खोलेर  बनाइन्छ । यसबाट उत्पन्न हुने धुनलाई सुरिलो र तालमा ढाल्नका लागि च्याब्रुङ काठको बीचमा सानो प्वाल पारी बेत वा मलिवाँस खिपेको सानो सुइरो घुसारेर त्यसको टुप्पामा पाङ्ग्रो अडाइएको हुन्छ । जसलाई लाङ्पा भनिन्छ । 

कस्तुरी मृगको जस्तै नाच नाच्ने चाललाई  खिरे लाःङ, ढुक्कुर जस्तै घुरेर नाच्ने नाचलाई सिप्पेथुक्पा लाःङ, परेवा जस्तै नाचेर गरिने नाचलाइ पेरेवा लाःङ, भनिन्छ । यसै प्रकारले भेडा नाच, चिल नाच, कयुर नाच, डाँफे नाच, चौरी नाच, भैसी नाच, बाख नाच, हात्ति नाच हुन्छ । यी सबै नाचमा धुन र खुट्टाको चाल मात्र फरक हुन्छ । यहाँ पोशाकको कुनै अर्थ हुँदैन । च्याब्रुङ बनाएर नाच्ने चलन लादेन हाङबा र फुङदेन हाङवाले चलाएको विश्वास गरिन्छ । 

लिम्बु आख्यान अनुसार तिगेन्जोङ्नाका छोराहरु नाम्सामी (मानव) र  केसामी (बाघ) बीच भएको युद्धमा केसामीको पराजय तथा मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको हो । अर्को लोक आख्यान अनुसार सोधुङ्गेन लेप्सुहाङका छोरा पाजाइबाले प्रथक घर बनाए पछि घुन लागेर भत्कनबाट जोगाउन च्याब्रुङकोे उत्पत्ति भएको हो । 

च्याब्रुङ नाच 
च्याब्रुङ नाचमा गीतको खासै प्रयोग भएको पाइदेन । यो एक प्रकारको मौन नाच जस्तै हो । यो नाचमा च्याब्रुङको धुनको महत्व हुन्छ । च्याब्रुङ नाच विभिन्न प्रकारका हुन्छन् । लिम्बु संस्कृतिक अध्येताहरुको भनाइमा च्याब्रुङ नाचसंग विभिन्न जंगली जनावरहरुको चालसंग जोड्ने गरिन्छ । बनमा विचरण गर्ने घोरलको चाल जस्तै चाल चलेर नाच्ने नाचलाई यासा लाःङ (घोरल नाच) भनिन्छ ।

कस्तुरी मृगको जस्तै नाच नाच्ने चाललाई  खिरे लाःङ, ढुक्कुर जस्तै घुरेर नाच्ने नाचलाई सिप्पेथुक्पा लाःङ, परेवा जस्तै नाचेर गरिने नाचलाइ पेरेवा लाःङ, भनिन्छ । यसै प्रकारले भेडा नाच, चिल नाच, कयुर नाच, डाँफे नाच, चौरी नाच, भैसी नाच, बाख नाच, हात्ति नाच हुन्छ । यी सबै नाचमा धुन र खुट्टाको चाल मात्र फरक हुन्छ । यहाँ पोशाकको कुनै अर्थ हुँदैन । च्याब्रुङ बनाएर नाच्ने चलन लादेन हाङबा र फुङदेन हाङवाले चलाएको विश्वास गरिन्छ । 

नेपालको सूचिकृत आदिवासी जनजाति मध्ये पूर्बी भागमा बसोबास गर्ने प्रमूख जाति मध्ये एक हो । आफनै भाषा, संस्कृति र सभ्यताका धनी लिम्बूहरुका आफनै भाषा र लिपी पनि प्रचलित छ । विश्वव्यापीकरण, आन्तरिक उपनिवेशीकरणका कारण पहिचानजनित धर्म संस्कृतिमा निरन्तर अतिक्रमण भइरहे पनि च्याब्रुङ जस्ता मौलिक बाजाहरुको प्रयोगमा भने कमी आएको छैन । तर यो बाजाको पवित्रता, आध्यात्मिक विश्वास र परम्पराहरुलाई जगेर्ना गर्न भन्दा पनि मनोरन्जनका खातिर शौखले बाजा बजाउन लगाउनेहरुको संख्या बढेको पाइन्छ ।

प्रदेश नम्बर १ को ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा र तराइका मोरङ, झापा र सुनसरीलाई मूल थातथलो बनाएका लिम्बुहरुको बसोबास अहिले नेपालका विभिन्न जिल्लामा छरिउका छन् । काठमाडौ उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौमा पनि उनीहरुको बाक्लो बसोबास छ । विदेशमा पनि लिम्बुहरु संयुक्त अधिराज्य बेलायत, अमेरिका र हङकङमा बसाइसरेर गएको पाइन्छ भने भारतको पश्चिम बंगालको पहाडी भूभाग दाजीलिङ र सिक्किम पनि उनीहरुको पौराणिक थलो देखिन्छ । 

प्रतिक्रिया