राउटेहरुको परम्परागत सीप पनि लोपोन्मूख

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२ मंसिर २०७९, शुक्रवार
राउटेहरुको परम्परागत सीप पनि लोपोन्मूख

काठका भाँडाकुँडा बनाउने र बाँदर तथा गुना जस्ता जंगली जनावरको शिकार गरेर जिविका चलाइरहेका नेपालको लोपोन्मूख आदिवासी राउटेहरुको परम्परागत सीप पनि जाति जस्तै लोपोन्मूख अवस्थामा पुगेको छ । 

लोपोन्मूख जातिको उत्थानमा काम गर्दै आउनु भएकी राउटे, लोपोन्मुख सीमान्तकृत बर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काका अनुसार राउटेहरुले पछिल्लो समयमा शिकार गर्न र काठका भाँडा बनाउन छाडिसकेका छन् ।

‘हाम्रा युवक राउटेहरु निशुल्क खान र पिउन तिर लागेका छन्, आडी–कोशी बनाउने काम गर्न मन पराउँदैनन् । बुडापाकाहरुले मात्र बनाउँछन् ।’ आफनै लवजमा राउटे बस्तीको कथा सुनाउँदै गाजली शाहीले भन्नु भयो –‘गुना मार्न पनि नयाँ केटाहरु सक्दैनन् । खोई कुन्नी किन हो ? बाँदर मार्न जाँदा  लडेर घाइते हुने गरेका छन् ।’

राउटेहरुले मदुश (सन्दुश), आडि, कोशी, पुर्का, झुमा, काठको बटुका, काठको थाल बनाउने गर्दथे । आप्mनै परम्परागत सीपका आधारमा बनाइने काठका भाँडाहरुसंग गाउँमा अन्न साट्ने गर्दथे । तर यस्ता सामानहरु बनाउन छोडेको राउटे समुदायकी किशोरी गाजली शाहीले बताउनु भयो । 

चिसोबाट बच्न कम्वल र खाद्यन्न सहयोग माग्न काठमाडौ आईपुग्नु भएका राउटे समुदायकी गाजली शाही र सम्झना शाहीले पनि परम्परागत काम गर्न राउटेहरुले छाडी सकेको बताउनु भयो । 
‘हाम्रा युवक राउटेहरु निशुल्क खान र पिउन तिर लागेका छन्, आडी–कोशी बनाउने काम गर्न मन पराउँदैनन् । बुडापाकाहरुले मात्र बनाउँछन् ।’ आफनै लवजमा राउटे बस्तीको कथा सुनाउँदै गाजली शाहीले भन्नु भयो –‘गुना मार्न पनि नयाँ केटाहरु सक्दैनन् । खोई कुन्नी किन हो ? बाँदर मार्न जाँदा  लडेर घाइते हुने गरेका छन् ।’

नेपाल सरकारबाट गरिएको ६० आदिवासीको सूचिकरणमा राउटेहरु लोपोन्मूख सूचिमा राखिएको छ । अत्यन्त सिमान्तीकरणको चपेटामा परेका राउटेको जनसंख्या केवल १४५ रहेको छ । दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ, सल्यान र कालिकोटको जंगल छेउका किनाराहरुमा घुमन्ते जीवन बिताइरहेका राउटेहरुको स्थायी बसोबास छैन । भ्रमणशील राउटेको निजी सम्पत्ति तथा स्वामित्वमा जमिन पनि नभएका कारण जीवन बाँचिरहेका छन् । 

राउटे बस्तीमा बाह््य मान्छेको हस्तक्षेप र सम्पर्कबाट नै उनीहरुको बानी व्यहोरा परिवर्तन भएबाट यस्तो परम्परागत ज्ञान लोप हुन लागेको प्रतिष्ठानकी अध्यक्ष खड्काको निश्कर्ष छ । ‘बाहिर मानिसको सम्पर्कका आधारमा उनीहरु मध्ये अधिकाँश युवाहरु कुलतमा फसेका छन् । रक्सी पिउने बानी परेकाहरु श्रम गर्न चाहँदैनन् । यसैकारण उनीहरुको परम्परागत सीप काठका भाँडा बनाउँन छाडेका हुन् ।’ खड्काले आदिवासी राउटेको परम्पराबारे स्पष्ट पार्दे अगाडि भन्नु भयो –‘बाँदर तथा गुनाको शिकार गर्न पनि उनीहरुले छाडेका छन् । बाँदरसंगै दौडने शक्ति हुनका लागि प्राकृतिक रुपमा बलियो र फुर्तिलो हुनु पर्दछ । बजारमा उपलव्ध हुने ‘जंगफुडहरु’ खान थाले पछि उनीहरुमा यस्तो शक्ति क्षिण भएको मान्न  सकिन्छ ।’

राउटेहरुले परम्परागत हतियार प्रयोग गरेर काठका सामान बनाउने परम्परा छ । सामन्यतः अन्य प्रयोगमा नआउने कुकाठलाई सदुपयोग गरेर यस्ता काठमा सामान बनाउने गर्दछन् ।  अनुसन्धान प्रतिबेदनहरुका अनुसार जंगलमा खेर जाने खिर्रा जातको काठका यस्ता सामान बनाउन उनीहरु रुचाउँछन् । यस बाहेक खम्बारी, दार, साँदन, गोब्रे सल्लो, लाली गुँरास लगायतका काठ प्रयोग गरेर यस्ता सामानहरु बनाउने गर्दछन् । 

काठका भाँडा बनाउँदा आधुनिक हतियार प्रयोग  नगरी बन्चरो, बसुला तथा छिनोको मात्र प्रयोग गर्दछन् । बनाइएका काठका भाँडाहरु उनीहरु आफनो प्रयोजनका लागि प्रयोग गर्दछन् भने बाँकी सामान अन्न साट्नका लागि गाउँमा लैजान्छन् । 

'खड्काले आदिवासी राउटेको परम्पराबारे स्पष्ट पार्दे अगाडि भन्नु भयो –‘बाँदर तथा गुनाको शिकार गर्न पनि उनीहरुले छाडेका छन् । बाँदरसंगै दौडने शक्ति हुनका लागि प्राकृतिक रुपमा बलियो र फुर्तिलो हुनु पर्दछ । बजारमा उपलव्ध हुने ‘जंगफुडहरु’ खान थाले पछि उनीहरुमा यस्तो शक्ति क्षिण भएको मान्न  सकिन्छ ।’

राउटेहरुले बनाएका काठका भाँडाहरु  गाउँका मानिसलाई उपयोगी हुने स्थानीयको भनाइ छ । दैलेखकी राममाया शाहीका अनुसार राउटे निर्मित काठका भाँडाहरु अन्नको भण्डारण गर्न, बिउ संरक्षण गर्न र केही गहना राख्न पनि उपयोगी हुन्छ । 

नेपाल सरकारबाट गरिएको ६० आदिवासीको सूचिकरणमा राउटेहरु लोपोन्मूख सूचिमा राखिएको छ । अत्यन्त सिमान्तीकरणको चपेटामा परेका राउटेको जनसंख्या केवल १४५ रहेको छ । दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ, सल्यान र कालिकोटको जंगल छेउका किनाराहरुमा घुमन्ते जीवन बिताइरहेका राउटेहरुको स्थायी बसोबास छैन । भ्रमणशील राउटेको निजी सम्पत्ति तथा स्वामित्वमा जमिन पनि नभएका कारण जीवन बाँचिरहेका छन् । 

राउटे लगायत लोपोन्मूख समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक चारहजार भत्ता उपलव्ध गराउने गर्दछ । तथापि संरक्षण सम्बन्धि ठोस नीति नभएका कारण राउटे उत्थानमा अन्यौलता कायम छ । केही पक्षबाट आदिवासी राउटेलाई घर निर्माण गरिदिएर कृषि पशुपालनमा सम्लग्न गराउने बहस गरिन्छ । तर राउटे समुदायले यो प्रस्ताव अस्वीकार गर्दै आएका छन् । केही पक्षबाट राउटेलाई आदिवासीको विश्वव्यापी अधिकार दिएर स्वायत्तता र स्वशासनको अनुभूति प्रदान गरेबाट मात्र उनीहरुको स्वविकास हुने तर्क गरेका छन् । खास गरेर प्राकृतिक स्रोतमा आश्रित राउटेहरुले स्वतन्त्र जंगल बिचरण गर्न जंगलको स्रोत प्रयोग गर्न पाउनु पर्ने माँग गरिएको छ । अहिले सामुदायिक बन तथा निकुन्जका कारण बनमा शिकार गर्ने र बनको स्रोतमाथि  प्रतिबन्ध लगाइएको छ । 


 

प्रतिक्रिया