शिक्षामा लगानी जुटाउन अमेरिकामा 'समता साँझको' आयोजना

Admin
Admin१९ कार्तिक २०७९, शनिवार
शिक्षामा लगानी जुटाउन अमेरिकामा 'समता साँझको' आयोजना

नेपालमा शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सहयोग जुटाउनको लागि अमेरिकाको न्युयोर्कमा सांकृतिक कार्यक्रम सञ्चालन हुने भएको छ। शनिबार अर्थात् नोभेम्बर ५ तारिखका दिन न्यूयोर्कमा ‘समता साँझ’ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासँगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्था जेडिएका छन्।

ग्लोबल समता सिनेटका बरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम ‘समता साँझ’का संयोजक टिका ढकालका अनुसार कार्यक्रम तयारी पुरा भएको छ।

संयोजक ढकाल भन्छन्, ‘यो सांस्कृतिक कार्यक्र भएता पनि, यसको मुख्य उद्देश्य भनेको मातृभूमि नेपालमा रहेका शिक्षाबाट बञ्चित बालबालिकालाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिलाउने अभियानलाई टेवा पुर्याउन सक्दो सहयोग जुटाउनु हो।’

कार्यक्रमबाट उठेको रकम नेपाल स्थित समता शिक्षा निकेतनद्वारा सञ्चालित समता शिक्षा अभियानमा खर्च हुने बताइएको छ।

‘हामी नेपालमा सञ्चालित समता शिक्षा निकेतनको समता शिक्षा अभियानसँग जोडिएर नेपालको शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्नका लागि जुटेका छौं। आसा न्युयोर्कवासी नेपालीहरुले सक्दो साथ र सहयोग दिनु हुन्छ’ उनले भने।

आयोजकका अनुसार समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी ९मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य० र लोकप्रिय गायक रामकृष्ण ढकाल ‘समता साँझ’का मुख्य आकर्षण हुनेछन्।

उनीसँगै लोक दोहोरी गायक बिमल डाँगी, गायिका निसा सुनार र गायक मुकेश घिमिरेले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै नृत्य निर्देशक गोबिन्द राई, लाक्पा डोल्मा लामा चेन र लोचना सुवेदीको सहभागिता रहने छ।

कार्यक्रममा सहभागिता हुनको लागि प्रति टिकट सय डलर दर तोकिएको छ भने, व्यवसायको व्यानर राख्नका लागि एक हजार डलर सहयोग शुल्क तिर्नुपर्ने छ।

समाता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम सञ्जेल र प्रमुख संरक्षक तथा वरिष्ठ कलाकार द्धय महजोडिले समता सिनेटरहरुलाई समता शिक्षा उपाधिसहित सम्माग गर्ने कार्यक्रम पनि रहेको छ।

आयोजकका अनुसार, सिल्भर समता सिनेटर बन्नका लागि ६ सय लडर, समता सिनेटर बन्नका लागि एकहजार डलर र गोल्ड समता सिनेटर ९कार्यक्रममा आफ्नो व्यवसायको व्यानर पनि राख्न पाँउने० बन्नका लागि दुई हजार डलर सहयोग शुल्क तिर्नु पर्नेछ।

समता शिक्षा निकेतनको स्थापना शिक्षाका अभियान्ता उत्तम सञ्जेलको सक्रियतामा २०५८ सालमा काठमाण्डौं जोरपाटीमा भएको थियो। निकेतनले विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दैं आएको छ।

हाल नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन भइरहेका छन्। यसका अलावा संस्थाले आफ्नो अभियानलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यका साथ भारत, श्रीलंका र बंगलादेशमा समेत आफ्नो शाखा बिस्तार गरेको छ।

अन्य देशहरूमा पनि पुग्न आवश्यक पहल गरिरहेको छ। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।

प्रतिक्रिया