सत्ता गठबन्धनका आदिवासी जनजाति उम्मेद्वार

Admin
Admin१२ कार्तिक २०७९, शनिवार
सत्ता गठबन्धनका आदिवासी जनजाति उम्मेद्वार

आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समेतको सत्ता गठबन्धनका तर्फबाट (पहिलो हुने निर्वाचित हुने) प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ निर्वाचन क्षेत्र मध्ये ४० निर्वाचन क्षेत्रमा मात्र आदिवासी जनजाति उम्मेद्वार बनाइएको छ । 

पछिल्लोपटक सार्वजनिक भएको  उम्मेद्वारको अन्तिम सूचिमा नेपाली काँग्रेसबाट १८ जना  नेकपा माओवादीबाट  १३, जना एकीकृत समाजवादीबाट ६ जना  जनमुक्ति र लोसपाबाट एक एकजना आदिवासी उम्मेद्वार यो प्रणालीमा चुनाव लड्दै छन् । सत्ता गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका तर्फबाट भने प्रत्यक्ष तर्फ एकजना पनि आदिवासी जनजाति उम्मेद्वार राखेको छैन । यो प्रणालीमा नेपाली कांगेसले  पाँच सीटमा थारु, तीन तीन सीटमा  लिम्बू,, नेवार र गुरुङ, दुइ सीटमा मगर र एक एक सीटमा तामाङ र थकाली उम्मेद्वार बनाएको छ । 

कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फ उम्मेद्वार बनेका थारुहरुमा सुनसरी–३बाट विजयकुमार गच्छदार, सप्तरी–३ बाट तेजुलाल चौधरी, सिरहा–१बाट पद्म नारायण चौधरी, बारा–१ बाट उमाकान्त चौधरी र कैलाली–१ बाट रामजनम चौधरी  छन् । 

पछिल्लोपटक सार्वजनिक भएको  उम्मेद्वारको अन्तिम सूचिमा नेपाली काँग्रेसबाट १८ जना  नेकपा माओवादीबाट  १३, जना एकीकृत समाजवादीबाट ६ जना  जनमुक्ति र लोसपाबाट एक एकजना आदिवासी उम्मेद्वार यो प्रणालीमा चुनाव लड्दै छन् । सत्ता गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका तर्फबाट भने प्रत्यक्ष तर्फ एकजना पनि आदिवासी जनजाति उम्मेद्वार राखेको छैन । यो प्रणालीमा नेपाली कांगेसले  पाँच सीटमा थारु, तीन तीन सीटमा  लिम्बू,, नेवार र गुरुङ, दुइ सीटमा मगर र एक एक सीटमा तामाङ र थकाली उम्मेद्वार बनाएको छ । 

लिम्बू समुदायबाट उम्मेद्वार बन्नेहरुमा  पाँचथरबाट भीष्मराज आङ्दम्बे, झापा–४ बाट देउकुमार थेवे र मोरङ–१ बाट डिगबहादुर लिम्बू छन् । गुरुङहरुमा तेह्रथुमबाट सिता गुरुङ,  मनाङबाट टेकबहादुर गुरुङ र स्याङ्जा–२बाट  धनराज गुरुङ रहेका छन् । नेवार समुदायबाट काठमाडौ–१ बाट प्रकाशमान सिंह, काठमाडौ–६ बाट भीमसेनदास प्रधान र चितवन–२बाट उमेश श्रेष्ठले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार बन्ने अवसर पाएका छन् ।

मगरहरुमा म्याग्दीबाट खमबहादुर गर्बुजा (खमबीर) र पाल्पा–१बाट ज्ञानबहादुर गाहा उम्मेद्वार छन् ।  थकाली प्रतिनिधित्व गर्दै मुस्ताङबाट योगेश गौचन थकाली र तामाङ समुदायबाट रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम) खडा भएका छन् ।  नेपाली काँग्रेसले राई, शेर्पालगायतलाई प्रत्यक्ष तर्फ उम्मेद्वार बनाउन सकेको छैन ।

नेकपा माओवादी केन्द्रले सबै भन्दा धेरै मगरलाई यो प्रणालीमा उम्मेद्वार तोकेको छ । मगरबाट ५ जना, राई र तामाङ समुदायका दुई दुई जना, लिम्बू, गुरुङ, थारु र भोटेबाट एक एकजनालाई उसले समेटेको छ । 

मगरबाट उम्मेद्वार बन्नेहरुमा  झापा–२ बाट हरिकुमार रानामगर, काठमाडौ–२ बाट ओनसरी घर्ती, रोल्पाबाट वर्षमान पुन, रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीमगर र कन्चनपुर–१बाट बिना मगरलाई प्रतिनिधिसभाको प्रतक्ष तर्फको उम्मेद्वार बनेका छन् । 

राई–किराती समुदायबाट भोजपुरमा सुदन किराँती र खोटाङमा रामकुमार राई, छन् भने तामाङबाट नुवाकोट–१ बाट हितबहादुर तामाङ र  काभ्रे–१ बाट सूर्यमान तामाङ(दोङ) माओवादी केन्द्रका उम्मेद्वार छन् । लिम्बूबाट मुक्सामहाङ्ग सुव्वा सुनसरी–१,  गुरुङबाट देवप्रसाद गुरुङ्ग लमजुङमा, थारुबाट कृष्णकुमार चौधरीर्कैलाली–३ मा र भोटे जनजातिबाट छिरिङ्ग डम्डुल लामा (भोटे) हुम्लामा, नेवारबाटसुनिल गोठे भक्तपुर–१ मा  नेकपा माओवादी केन्द्रले उम्मेद्वार तोकेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले बारा–४ बाट कृष्णकुमार श्रेष्ठ (किसान), काठमाडौ–८ बाट जीवनराम श्रेष्ठ, ललितपुर–२ बाट कृष्णलाल महर्जनसमेत ३ जनालाई नेवार उम्मेद्वार तोकेको छ । 
त्यस पार्टीले मगरहरुमा धनबहादुर बुढालाई  डोल्पामा र प्रेमबहादुर आलेलाई डोटीमा, थारुमा मेटमणि चौधरीलाई दाङमा उस्को पार्टी  नेकपा (एकिकृत समाजवादी)ले खडा गरेको छ । सत्तारुढ गठबन्धनले जनमुक्तिका केशव बहादुर थापा मगर (सुर्यबंशी)लाई  रुपन्देही–२मा सर्लाही–१बाट लोकतान्त्रिक समाजबादीका रामप्रकाश चौधरीलाई  समर्थन गरेको छ  । 

आदिवासी जनजातिमा ६० जाति सूचिकृत छन् । सूचिकृत आदिवासीहरुमा सत्तारुढ गठबन्धनले प्रत्यक्षमा सीमित जातिलाई मात्र समेटेको छ । आदिवासी महिला पनि एक जना मात्र छिन् ।
 

प्रतिक्रिया