–सुजन सुनुवार
नेपालका पुर्वी पहाडको वल्लो किराँतको रोलवालिङ हिमश्रृंखला मूल बनाएर दक्षिण बग्ने पूर्वी नेपालको पहाडी नदी सुनकोशी, तामाकोशी, लिखु लगायत सहायक नदी खिम्ती, येलुङ (मोलुङ), सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका आदिवासी जनजाति कोइँच(सुनुवार) हरुको विभिन्न चाड मध्ये प्रमुखरूपमा मानिने मौलिक चाड शाँदार पिदार हो, जसलाई खसकरण नाम चण्डी पनि भनिन्छ ।
कोइँचहरुले मुन्दुम अनुसार शाँदार नै प्रमुख चाँड पनि हो । यसमा सलिवा शाँदार (उभौलि वा बैशाखे पुर्णिमा) र रापवा शाँदार (उधौली वा मंसिरे पुर्णिमा) पर्दछन् । यी चाडमा प्रकृति र पुर्खालाईराम्रो प्रतीफलको अपेक्षासहित पुजा गरिन्छ ।
शाँदार संस्कृति कोँइचहरुको साँस्कृतिक पहिचान पनि हो । यो चाड विशेषभन्दा पनि समग्रतामा सुनुवार कोँइचहरुको संस्कार र संस्कृतिलाई सम्बोधन गर्ने शव्दावली हो । प्रकृति, प्राकृतिक बस्तु, आत्मा र पुर्खाहरुको पुजा गर्ने आध्यात्मिक बिश्वाससंग शाँदार जोडिन्छ ।
सुरो योअ्चा अर्थात् देशवाली नाच
कोइँचहरुले मुन्दुम अनुसार शाँदार नै प्रमुख चाँड पनि हो । यसमा सलिवा शाँदार (उभौलि वा बैशाखे पुर्णिमा) र रापवा शाँदार (उधौली वा मंसिरे पुर्णिमा) पर्दछन् । यी चाडमा प्रकृति र पुर्खालाईराम्रो प्रतीफलको अपेक्षासहित पुजा गरिन्छ । अन्नबाली फस्टाओस, भन्ने प्रार्थना गर्दै रापवा शाँदार मनाइन्छ भने सालिवा शाँदारमा फलेको अन्नबाली चढाएर भूमि पुजा गरी नयाँबालीको प्रसाद ग्रहण गरिन्छ ।
कोइँचहरुको हरेक गाउँमा थर अनुसारको एउटा–एउटा शाँदारथान हुन्छ । शाँदार थान गएर नाचिने हुनाले नै शाँदार पिदारमा नाचिने नाचलाई शाँदार सिल भन्ने गरिन्छ । शाँदार सिलको मुख्य आकार्षण भनेको भाले र पोथी ग्लुम्तेक सिल हो । भाले पोथी ढोल पनि गाउँ र थर अनुसार फरक फरक नाच्ने चलन छ ।
यसरी शाँदार पिदार गर्दा अनिकाल नलागोस् भनेर ढोलझ्याम्टा बजाएर नाच्दै घर–घरमा सुरो (लक्षिण) पुराउने छ । गाउँ गाउँ घुमेर नाच्दा मुइलि नाअ्सो वा बालि नाअ्सोले अन्न–बाली नाअ्सो जसले खापोनिपोलाई अन्नपात खेतीबालीहरु राम्रो होस भनि सुरो बाँढ्ने गर्छ । सुरो बाँढ्दै गाउँ घुम्दा साँस्कृतिक भेषभूषा झुम्के रुमाल लगाएर फुलपाती, सेउली लिई ढोल झ्याम्टा बजाउँदै नाच्ने गर्दछन् । युवाहरुमा अभैm पनि शाँदार नाचप्रति उत्तिकै आकार्षण देखिन्छ ।झ्याम्टा र ढोलसँग तालमा ताल मिलाएर नाचेको देख्न सकिन्छ । यस्तो नाचमा गीत भने गाएको सुनिदैन । तर परम्परागत गीत सलाक भने यदाकदा गाउने गरिन्छ ।
कोइँच भेषभूषा
प्राचीन समयमा समेतकोइँचहरुले चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोग गर्ने गरेको विश्वास गरिन्छ । अहिले भने महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चाँदीका कल्ली, कम्पनि–अठानी–चरानी माला, नौ–गेढी, गुन्युचोलो, पटुका, पच्छेउरी, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने डेँडे, दौरा, सुरुवाल, भोटो, फेनेरेल्पूm (जालीरुमाल) र क्लाःतोलि आदि लगाउने गर्दछन ।नाअ्सोले सेतो फेटा लगाएको हुन्छ जसलाई पुजारी पनि भन्न सकन्छि ।
कोइँचहरुको हरेक गाउँमा थर अनुसारको एउटा–एउटा शाँदारथान हुन्छ । शाँदार थान गएर नाचिने हुनाले नै शाँदार पिदारमा नाचिने नाचलाई शाँदार सिल भन्ने गरिन्छ । शाँदार सिलको मुख्य आकार्षण भनेको भाले र पोथी ग्लुम्तेक सिल हो । भाले पोथी ढोल पनि गाउँ र थर अनुसार फरक फरक नाच्ने चलन छ ।
कोइँचमा थर अनुसार फरक फरक कुल पुजा हुन्छ । कसैले.यी कुलहरुलाई बाँदो उठाएर भाकल गरेको छ तर पूजा आराधना गर्न नसके शाँदार ग्योरमा लगेर पूजा गर्ने चलन छ । यस्ता पुजामा जाँड रक्सी र मासु प्रयोग हुन्छ । पानी, तीतेपाती, धुपी र टोटला पनि पुजा सामाग्रीमा पर्दछ ।
प्राचीन समयमा समेतकोइँचहरुले चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोग गर्ने गरेको विश्वास गरिन्छ । अहिले भने महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चाँदीका कल्ली, कम्पनि–अठानी–चरानी माला, नौ–गेढी, गुन्युचोलो, पटुका, पच्छेउरी, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने डेँडे, दौरा, सुरुवाल, भोटो, फेनेरेल्पूm (जालीरुमाल) र क्लाःतोलि आदि लगाउने गर्दछन ।
कोइँचको ७० भन्दा बढी कोर्मोच, मुलिचा भुजिचा प्रेतिच, काःतिच, क्यूइँतिच, साप्लाच जस्ताविभिन्न थरहरु छन् । उनीहरुले बोल्ने आफ्नो भाषालाई ’कोइँच लोः’ भन्ने गर्दछन् । आफूहरुका वीचका बोलचालमा सुनुवारलाई कोइँच भन्ने गरिन्छ । पछिल्लो जनगणनानुसार नेपालमाकोइँचहरूको कुल जनसंख्या ५५,७१२ रहेको छ र उनीहरुको परम्परागत धर्मदर्शनलाई ’मुकदुम’ भन्दछन् ।
हलि खेल
कोइँचको मुख्य संस्कृतिक खेलको रूपमा हलिखेललाइ लिन सकिन्छ । हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने यो खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरीमा प्रचलित छ । यो खेल अन्य समुदायमा खेलिदैन । मङ्सिर महिना औंशीको रातदेखी पूर्णिमाको अघिलो रातसम्म खेलिने खेललाई हली भनिन्छ र त्यस रातपछि उधौली पर्व भएको मानिन्छ ।
औशीको रातमा कोइँचहरूको मौलिक मान्यतानुसर वर्षकै बढी अँधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अँधेरोमा मानव पशुंपन्छीलाई असर पर्न नदिनको लागि हलि खेल खेलिने गरेको कोइँच अगुवा उत्तम काःतिचले बताउनु भएको छ ।