किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ असोज २०७९, बुधवार
किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई 

किरात राई यायोक्खाको ११ औँ महाधिवेशनबाट यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई निर्वाचित हुनुभएको छ । 

महाधिवेशनले राईलाई सर्वसम्मत अध्यक्ष्यमा चयन गरेको हो। सह अध्यक्षमा टीकासरी राई, ज्ञानबहादुर राई निर्वाचित हुनुभएको छ यसैगरि उपाध्यक्षमा तिलकप्रसाद राई, राकेश राई, देवान राई, दोर्पध्वज राई, जनक राई, सर्बधन राई र युवराज राई चयन हुनुभएको छ ।

त्यस्तै,महासचिवमा भीमराज राई, उपमहासचिवमा हेमन्तकुमार राई, अर्जुन जम्नेली राई, कृष्णकुमार राई, मातृका राई र मञ्जु सोताङ निर्वाचित हुनुभएको छ। सचिवहरुमा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजुएन राई, तारा राई र सुमन राई निर्वाचित हुनुभएको छ।

कोषाध्यक्षमा पर्शुराम राई, सहकोषाध्यक्षमा छिला राई, सुशीला राई र गणेश खालिङ चयन हुनुभएको छ । सदस्यहरुमा प्रमिला राई, बिर्सिका राई, जयकुमार राई, विकास राई, सीताकुमारी राईलगायत निर्वाचित हुनुभएको छ । 

महाधिवेशनको उद्घाटन गत शनिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री  राजेन्द्र कुमार  राईको प्रमुख अतिथिमा भएको थियो । 

प्रतिक्रिया