किरात राई पत्रकार संघ काठमाडौं उपत्यकाको अध्यक्षमा श्याम राई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ भदौ २०७९, शुक्रवार
किरात राई पत्रकार संघ काठमाडौं उपत्यकाको अध्यक्षमा श्याम राई

किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समितिको अध्यक्षमा  श्याम राई चयन हुनुभएको छ । किरात राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वमा शुक्रबार सम्पन्न ५औं अधिवेशनले पत्रकार श्याम राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मकल राई र बबिता निर्वाचित हुनुभएको छ भने सचिवमा  धनबल राईले, सहसचिवमा तेज किराती, कोषाध्यक्षमा जेनी राई निर्वाचित हुनुभएको छ  ।

यसैबीच, कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई सम्मानित हुनुभएको छ । विशिष्ट रहनुभएका राईलाई समितिले सम्मान पत्रका साथमा किराती परम्पराअनुसार फेटा बाँधिदिएर सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा किरात राई पत्रकार संघको ५औं केन्द्रीय अधिवेशन आयोजक समितिका संयोजक अवतार राई रहनुभएको कार्यक्रममाआयोजक समितिका सदस्य—सचिव कृष्णजित राईसँगै किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया