नेपाली तारा ३ को उपाधि प्रताप लामालाई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ फागुन २०७१, शुक्रवार


फागुन २३, काठमण्डौं । सांगीतिक रियालिटी शो ‘नेपाली तारा ३’ को उपाधि प्रताप लामाले जितेका छन् । शुक्रबार आर्मि क्लब भद्रकालीमा भएको प्रतियोगिताको फाइनल कार्यक्रममा मोरङका लामा नेपाली तारा ३ घोषित भएका हुन् ।

निर्णायकबाट प्राप्त अंक र दर्शकको भोटको आधारमा नेपाली तारा ३ को उपाधि लामाले प्राप्त गरेका हुन् । विजेता लामाले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजार रुपैयाँ पाएका छन् । लामाले अब तीनवटा गीत गाउने अवसर र ति गिहरुमा म्युजिक भिडियो बनाइन पाउनेछन् । फाइनलका लागि सुरेश लामा, प्रताप लामा र देबेस राई छानिएका थिए ।


देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रोे स्थानमा चित्त बुझाएका छन् । फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आफ्नो अन्तितम प्रस्तुत दिएका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिको आधारमा मूल्यांकन गरेका थिए । अन्तिम १० प्रतियोगी प्रत्येकले ११ हजार रुपैयाँ पाएका छन् भने उहिहरुले एल्वममा गाउने अवसर पाउने आयोजकले जनाएको छ । गत भदौं १७ गते धरानबाट सुरु ‘नेपाली तारा ३’ यात्रा नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुदै काठमाडौ आइपुगेकोमा शुक्रबार समापन भएको हो । 

प्रतिक्रिया