शेर्पाहरुको परम्परागत पेशा लोप हुन लागेकोमा चिन्ता 

डोल्मा शेर्पा
डोल्मा शेर्पा१५ साउन २०७९, आइतवार
शेर्पाहरुको परम्परागत पेशा लोप हुन लागेकोमा चिन्ता 

पर्यटन, व्यापार तथा चौरीपालन लगायतका प्रथाजन्य परम्परागत पेशा लोप हुन लागेकोमा हिमाली आदिवासी शेर्पा अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । नारायणटार स्थित नेपाल शेर्पा संघको सभाकक्षमा आयोजित इन्डिजिनियस टेलिभिजनको अन्तरक्रियात्मक कार्यक्रम निरन्तर बहसमा शेर्पा अगुवाहरुले यस्तो बिचार राखेका हुन् । 

‘शेर्पाहरुको परम्परागत पेशा तथा व्यबसाय चौरी पालन नै हो, तर विश्वव्यापिकरण, आधुनिक जीवनशैली, आन्तरिक र वाह्य बसाईसराइका कारण शेर्पाहरुको परम्परागत पेशा तथा व्यबसाय लोप हुन लागेको छ ।’नेपाल शेर्पा संघका समेत अध्यक्ष रहनु भएका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेपाले भन्नु भयो –‘शेर्पाहरुलाई आफनो थातथलोमा नै राख्ने वातावरण बनाउन चुनौतिपूर्ण रहेको छ ।’

‘बाहिरबाट हेर्दा शेर्पाहरु पर्यटन व्यबसायी जस्तो भएपनि शेर्पाहरु पशुपालक हौ ।’ नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले भन्नु भयो –‘शेर्पाका पुर्खाहरुले हिमाली क्षेत्रमा विशिष्ट परम्परा र प्रथाजनित मान्यताको अभ्यास गरेका थिए । आज त्यसको निरन्तरताको अभाव छ ।’

अन्तरक्रियामा भाग लिदै शेर्पा पर्यटन व्यवशायी संघका महासचिव आङपेम्वा शेर्पाले नेपालको पर्यटनमा शेर्पा आदिवासीको योगदान महत्वपूर्ण रहेको बताउँदै शेर्पाको परम्परागत ज्ञान र अभ्यासले नै पर्यटकको आकर्षण बढ्ने बताउनु भयो । तथापि राज्यका नीतिहरु शेर्पा आदिवासीको ज्ञान, सीपलाई सम्बोधन गर्ने प्रकारको हुन नसकेको टिप्पणी गर्नू भयो । 

‘बाहिरबाट हेर्दा शेर्पाहरु पर्यटन व्यबसायी जस्तो भएपनि शेर्पाहरु पशुपालक हौ ।’ नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले भन्नु भयो –‘शेर्पाका पुर्खाहरुले हिमाली क्षेत्रमा विशिष्ट परम्परा र प्रथाजनित मान्यताको अभ्यास गरेका थिए । आज त्यसको निरन्तरताको अभाव छ ।’

भाषाविद् आचार्य सार्की शेर्पाले मातृभाषाको जगेर्ना नभएमा अन्य कुनै पनि प्रकारको पहिचान सम्भव नहुने धारणा राख्नु भयो । उहाँले शेर्पा पहिचानको प्रमूख आधार भाषा हुनु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा याक तथा चौरीपालन व्यबसायी सघका अध्यक्ष नुरु शेर्पाले चौरी पालन तथा भेडापालन देशको र शेर्पाहरुको पहिचान जोडिएको हुँदा यसको संरक्षण आवश्यक भएको धारणा राख्नु भएको थियो । उहाँले हिमाली क्षेत्रको भूभि भूभाग तथा बन सम्पदा राज्यको अतिक्रमणमा परेको र व्यापारिक प्रयोजनका लागि दुरुपयोग भइरहेकोमा आदिवासी जनजाति महासंघ जस्ता संस्थाले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । 

संविधान सभाका सदस्य आङदावा शेर्पाले पहिचानको सवालमा साझा प्रतिबद्धता र अभियान हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा शेर्पा भाषाको कार्यक्रम शेर्वी ञ्येन्ठिनको सयौ भाग प्रसारण भएको उपलक्षमा सो कार्यक्रमको पनि समीक्षा भएको थियो । 

‘शेर्पाहरुको परम्परागत पेशा तथा व्यबसाय चौरी पालन नै हो, तर विश्वव्यापिकरण, आधुनिक जीवनशैली, आन्तरिक र वाह्य बसाईसराइका कारण शेर्पाहरुको परम्परागत पेशा तथा व्यबसाय लोप हुन लागेको छ ।’

सहभागी भएका शेर्पा अगुवाहरुले नयाँ पुस्तामा भाषा बोल्ने वक्ताको कमी आएको र बसाइसराइका कारण शेर्पा जातिको पहिचान लोप हुने खतरा बढेको धारणा राख्नु भएको थियो । 
इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुले सन्चालन गर्नू भएको कार्यक्रममा शेर्पा अगुवाहरुको सहभागिता थियो । 

 

प्रतिक्रिया