उराव महिलाको पुरानो परम्परा, अनुकरणीय काम

Admin
Admin५ फागुन २०७८, बिहिवार
उराव महिलाको पुरानो परम्परा, अनुकरणीय काम

महिनावारी समस्याबाट मुक्त छ, यो समुदाय 

सुजाता लिम्बू, बिराटनगर

सुनसरी प्रकाशपुरकी बीना उराव १८ वर्षकी भइन् । उनी नियमित महिनावारी हुन्छिन् । जुन कुरा उनीबाहेक अरु कसैलाई थाहा हुँदैन । अर्थात उनको समूदायमै महिनावारी बार्ने प्रचलन छैन । बरु प्रकृतिको वरदान र महिनावरीको शक्तिका रुपमा यसलाई लिइन्छ ।

जुन कुरा बीनाले अहिले थाहा पाइन् । १४ वर्षको उमेरमा पहिलोपटक रजस्वला हुँदा उनलाई अनौठो लाग्ने गरी कसैले सोधेन । अन्य समुदायमा झै उनी लुक्न बाध्य भइनन्  । घरबाट धकेलेर छाउगोठमा सीमित पनि पारिएन । महिनावारी भएका बेला घर परिवारबाट पाएको यो माया बीनाका लागि शक्ति हो । साझा धारणाको विकसित सोच हो । 

यद्यपी, महिनावारीका बेला घरमै बस्ने हुँदा पर्याप्त सरसफाई गर्न ध्यान नदिने प्रवृत्तिप्रति उनी सजग देखिन्छिन् । 

त्यो भन्दा महत्वपूर्ण कुरा रजस्वला हुँदाको समय सुरक्षित रहनका लागि कपडा प्रयोग गर्नुपर्छ भनेर उनलाई आमाले नै सिकाउनु भएको हो । बीनाले  स्यानिटरी प्याडको प्रयोग गर्न सुरु गरेको दुई वर्ष मात्रै भयो । तर, एकपटक प्रयोग गरेको प्याड कति समयसम्म राख्ने भन्ने ज्ञान नभएको उनी बताउछिन् । 

‘मेरो आमालाई प्याड के हो भन्ने नै थाहा थिएन, उहाँले भने अनुसार कपडा प्रयोग गर्दै आएकी थिए । दुई वर्ष भयो मैले स्यानिटरी प्याड प्रयोग गर्न थालेकी छु,’ बीनाले भनिन्, ‘तर एकपटक प्रयोग गरेको प्याड कति समयसम्म लगाउने भन्ने थाहा छैन ।’  

यस्तै १९ वर्षीय मीना उरावलाई १५ वर्षको उमेरमा रजस्वला भयो । बीनालाई जस्तै उनलाई पनि पहिलोपटक रजस्वला हुँदा सकस भएको थियो । स्यानिटरी प्याडको प्रयोग कसरी गर्नुपर्छ ? भन्ने उनलाई पनि पत्तो  थिएन । उनको परिवारमा हजुरआमाले भने अनुसार उनी कपडा प्रयोग गर्थिन । आफ्नो समुदायमा महिनावारी बार्ने चलन नभएपनि सरसरफाईको विषयमा परिवारमा जानकारी कम भएको उनले बताइन् ।

‘मेरो आमालाई प्याड के हो भन्ने नै थाहा थिएन, उहाँले भने अनुसार कपडा प्रयोग गर्दै आएकी थिए । दुई वर्ष भयो मैले स्यानिटरी प्याड प्रयोग गर्न थालेकी छु,’ बीनाले भनिन्, ‘तर एकपटक प्रयोग गरेको प्याड कति समयसम्म लगाउने भन्ने थाहा छैन ।’  

स्वास्थ्य, सरसफाईका कुरा परिवारले दिएको जानकारी भन्दा पनि स्कुल पढ्दा स्वास्थ्य सम्बन्धी पुस्तकले दिएको उनको भनाइ छ ।

‘मैले स्कुलमा पढेको भरमा सरसफाईमा ध्यान पु¥याएको हो,’ उनले भनिन्, ‘आमा, हजुरआमा पुरानो विचारको भएको कारण पनि होला । उहाँहरुले रजस्वलालाई प्रकृतिले दिएको बरदानको रुपमा लिने गर्नुभयो । यसलाई खासै जटिल रुपमा लिनुभएन ।’

नेपाली समाजभन्दा विकसित सोच  

प्रजनन् उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्रलाई रजस्वला भनिन्छ ।  तर नेपाली समाजमा अझै पनि विभिन्न धार्मिक र सामाजिक परिवेशका कारणले यसलाई रुढीवादी सोचका आधारमा छुवाछुत तथा हेँला गर्ने बहाना बनाएको पाइन्छ । 

महिनावारी भएकी महिलालाई विभेद गरेर  धार्मिक तथा साँस्कृतिक क्रियाकलापमा समावेश नगर्ने चलन छ ।  यद्यपी, नयाँ पुस्ताका किशोरीहरुले यसलाई अस्वीकार गर्दै आएका छन् । 
महिनावारी महिनामा करिब एक पटक गरेर एक वर्षमा सामन्यतः करिब १३ पटक हुन्छ । महिलाले मासिक धर्म करिब तीन देखि ७ दिनसम्म बेहोर्नुपर्ने हुन्छ । 

महिनावारी भएको समयमा धेरे महिलाले धेरे चुनौती र कठिनाई झेल्नुपर्छ ।  अझै पनि नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशमा रजस्वलालाई लिएर महिलामाथि अपराधिक व्यवहार गर्ने गरिन्छ । रजस्वला भएका बेला महिलाले घर छाडेर नजिकै बनाइएको सानो गोठमा बस्नुपर्ने हुन्छ ।

तर, तराईको आदिवासी जनजाति उराँव समुदायका महिलाहरु महिनावारी भएको समयमा पनि सामान्य अवस्थाझैँ घरैमा बस्ने गर्दछन् । अर्थात उनीहरु महिनावारी बार्दैनन् । यो समयमा छुवाछुत गर्ने वा बिभेद गर्ने प्रचलन छैन । 

यो नेपाली समाजको रुढीवादी प्रवृत्तिमा उराव जातिको विकसित सोच हो । त्यति मात्रै होइन, उराँव जातिको आफ्नै मौलिक परम्परा तथा भाषा छ । विशेष झापा, मोरङ, सुनसरी लगायतको विभिन्न स्थानमा बसोबास गर्दै आएका उराँव समुदायको यो सोच केही फरक र विकसित मानिन्छ । अघिल्लो पुुस्ताले महिनावारी नबार्ने चलन चलाएपछि उनीहरुले अहिले यसलाई समाज परिवर्तनको संवाहकका रुपमा बुझ्न थालेका छन् । जुन अरु समूदायमा महिलामाथि गरिने दुव्र्यवहार, अपराधिक समस्या भएपनि उरव जनजातिमा भने परिवर्तनको परिदृश्य छ ।

उराँव जातिको आफ्नै मौलिक परम्परा तथा भाषा छ । विशेष झापा, मोरङ, सुनसरी लगायतको विभिन्न स्थानमा बसोबास गर्दै आएका उराँव समुदायको यो सोच केही फरक र विकसित मानिन्छ । अघिल्लो पुुस्ताले महिनावारी नबार्ने चलन चलाएपछि उनीहरुले अहिले यसलाई समाज परिवर्तनको संवाहकका रुपमा बुझ्न थालेका छन् । जुन अरु समूदायमा महिलामाथि गरिने दुव्र्यवहार, अपराधिक समस्या भएपनि उरव जनजातिमा भने परिवर्तनको परिदृश्य छ ।

नेपालका धेरैजसो ठाउँमा महिनावारी हुँदा छाउगोठमा बस्ने चलनले कतिपय महिलाले मृत्युवरण गर्नुपरेको घटना सुनिन्छन् । तर त्यस्तो प्रथा र विकृतिविरुद्ध उराव समूदायमा विकसित सोच पहिल्यैदेखि हुनुमा गर्व लाग्ने परिवर्तनको संवाहक भएको उनी बताउँछन् ।

महिनावारीको समयमा तिहारको समय भाईलाई टिका लगाइदिएको क्षणलाई स्मरण गर्दै मीनाले भनिन्, ‘खै मलाई पाप लागेको छैन त । हिन्दु परम्परामा महिनावारी भएको समय पुजापाठ गरे पाप लाग्छ भन्ने भनाई रहेछ,’ तर उराव समुदाय प्रकृति पुजक भएकोले पनि यो परम्परा नभएको उनको दावी छ ।  भन्छिन्, ‘महिनावारीको समयमा परिवारबाट टाढा राख्नु उल्टो पाप हो जस्तो लग्छ ।’ 
महिनावारीको कारण परम्परादेखि मनाउदै आएको उनीहरुको ठुलाठुला चाँडपर्व समेत नरोकिने मुनु उरावले बताइन् ।  

‘हामी महिनावारी भएका छौ भन्ने घरको मुख्य मान्छेलाई थाहा नै हुँदैन,’ उनले भनिन्, ‘खाना बनाउछौँ, खुवाउँछौ कुल पुजा मात्रै गर्दैनौँ । अन्य चाँडपर्व हामी सबै मिलेर मनाउछौं ।’  

पूरानो परम्परा तर क्रान्तिकारी सोच   

तराई क्षेत्र भएकाले सरसफाईका लागि पानीको अभाव हुँदैन । तर अघिल्लो पुस्ताहरुमा जुन चेतनाको अभाव मानिन्थ्यो । महिनावारीको समयमा पर्याप्त सरसफाईमा ध्यान नपुगेको ३५ वर्षीय मीनु उराव,ँको बुझाई छ । उराउँ समुदायको प्रमुख पेसा कृषि नै हो । अधिकांश परिवारको घरगृहस्थ खेतीबाट नै चल्ने गरेको छ । कतिपय अवस्थामा खेतीको काममा व्यस्त रहने भएकाले सरसफाइमा ध्यान दिनगाह्रो भएको उनले बताइन् ।

‘सबै खेतीको कमाइबाट घर चलाउनुपर्ने हुन्छ । कति बेला नुहाउनु, धुवाउनु फुर्सद हुन्न, जुन समय फुर्सद मिल्छ त्यो समय सरसफाई गर्ने हो,’ उनले भनिन् ‘घरको आँगन माकल छ । पानी प्रशस्त छ तर कामको चापले सबै भुल्ने रहेछ ।’

परम्परादेखि नै महिनावारीको समयमा चुलो चौको बार्ने चलन नरहेको ६५ वर्षीया मायावती उराँव बताउँछिन् । आफुले पनि महिनावारी हँुदा आमालाई घर धन्दा सघाउने गरेको बताउने उनी महिनावारीलाई प्रकृतिले दिएको वरदानको रुपमा लिन्छिन् । भन्छिन्, ‘महिनामा एक पटक हाम्रो शरिरबाट खराब रगत जाने हुँदा हामीलाई नै फाइदा हुन्छ । त्यसैले हामी यसलाई खासै ठुलो रुपमा लिदैँनौ ।’  

महिलाको प्रजनन् क्षमता, सँधै स्वतन्त्रता 

महिलाको प्राकृतिक प्रजनन् चक्रलाई छुवाछुतको जस्तो व्यवहार गर्ने नेपाली समाजको विकृत रुप धेरै छन् । तर उराव समूदाय नेपाली समाजको यस्तो घिनलाग्दो छुवाछुतपूर्ण प्रथाविरुद्धमा छ । यस किसीमको विकसित सोचलाई घर परिवार मात्रै होइन, महिलाको प्रजनन् क्षमतामा स्थानीय सरकारकै स्वतन्त्रता छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका वडा ११ का वडा सदस्य दीपनारायण उराँव महिनावारी भएकी महिलालाई घर परिवार र जनप्रतिनिधिको पूरा साथ रहने बताउँछन् । 

महिलाको प्राकृतिक प्रजनन् चक्रलाई छुवाछुतको जस्तो व्यवहार गर्ने नेपाली समाजको विकृत रुप धेरै छन् । तर उराव समूदाय नेपाली समाजको यस्तो घिनलाग्दो छुवाछुतपूर्ण प्रथाविरुद्धमा छ । यस किसीमको विकसित सोचलाई घर परिवार मात्रै होइन, महिलाको प्रजनन् क्षमतामा स्थानीय सरकारकै स्वतन्त्रता छ ।

‘हामी हाम्रो घरको महिलालाई रजस्वलाको समयमा चुलामा जान रोक्दैनौँ’ उनले भने, ‘पोषणयुक्त खाना आफ्नै हातले बनाउछन्, आफुसँगै परिवारलाई पनि खुवाउछन् ।’ 

महिलाहरुले महिनावारी नबार्दा आफुहरुलाई कुनै खालको असर नपर्ने उनको भनाई छ । विज्ञान र प्रविधिको बढ्दो विकाससँगै समाज परिवर्तनको बाटो आफ्नै घर, समुदायबाट खोल्नुपर्ने पनि उनी बताउछन् । ‘हाम्रो समुदायको महिलाले महिनावारीको समय खुलेर परिवार माझ बस्नु पाउनु पनि एउटा कठोर परम्पराले पिल्सेको नेपाली समाजमा परिवर्तनको संवाहक हो जस्तो लाग्छ ।’

व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने विज्ञको जोड 

छाउगोठ जस्तो कठोर परम्परा व्यहोर्दै आएको नेपाली समाजमा उराँव समुदायका महिलाले महिनावारीको समय नबार्नु खुशीको कुरा रहे पनि व्यक्तिगत सरसरफाईमा भने अन्य समय भन्दा धेरै ध्यान दिनुपर्ने जनस्वास्थ्यविद् तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगिता मिश्र बताउँछिन् । उनका अनुसार महिनावारी भएको समय सरसफाइको कमी भए यौनांग र पाठेघरमा विभिन्न रोगको संक्रमण भई भोलिका दिनमा प्रजनन् स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ ।

‘महिनावारीको बेला यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ, तर यस्तो मानसिकता त्याग्नुपर्छ, पाठेघरको इन्डोमेट्रियम लेयरमा हुने परिवर्तनले रक्तस्रावको रूपमा रगत बाहिर निस्कन्छ,’ डा. मिश्रले भनिन्, ‘यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिककार्यमा सक्रिय हुनुपर्छ ।’

बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइने भएपनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग नगर्ने भएकाले आफ्नै घरमा भएका कपडा प्रयोग गर्ने क्रममा कपडा सफा नभए रोगको संक्रमण हुनसक्ने उनको  भनाई छ । 

‘कपडा सकेसम्म कटनको सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ । यस्तो कपडामा रगतको दागदेखिने हुनाले राम्रोसँग धुनुपर्छ, घरका पुरुषले देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ, यसो गर्नु हुँदैन कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर संक्रमण हुनबाट जोगाउँछ’, उनले भनिन् ।

स्यानिटरी प्याड धेरै लामो समयसम्म नलगाउने स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब ४ घन्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्ने उनको सुझाव छ । चिसोे र भिजेको प्याड लगाइरहँदा यसले  ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन नसक्ने जस्ता समस्या आउने साथै अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउने जस्ता समस्या रहने उनको भनाई छ । 

महिनावारी हुँदा सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खाना, मन तातो र झोलिलो खानेकुरा खानुपर्छ । पानी र फलफूल पनि प्रशस्तै खानुपर्ने उनको सुझाव छ । तर किशोरावस्थामा पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षादिनु जरुरी रहेको पनि डा. मिश्रको सुझाव छ । 

प्रतिक्रिया