सांंस्कृतिक कार्यक्रमका बीच चम्पनद्वारा थारु युवालाई सम्मान

Admin
Admin२३ मंसिर २०७८, बिहिवार
नृत्य निर्देशक दिपक चौधरी सम्मान ग्रहण गर्दै

काठमाडौ

चम्पन सांस्कृतिक समूहले आफ्नो दोश्रो बार्षिक उपलक्ष्यको अवसरमा विविध सांस्कृतिक झंकार कार्यक्रमका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने थारु युवाहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

कृष्णराज सर्वहारी तथा लक्की चौधरी थारु साहित्य तथा पत्रकारितामा योगदान पु¥याएको भन्दै सम्मानित भए । त्यस्तै, थारु समदायको मुद्धा ईपत्रकारिता मार्फत् उजागार गरेकोमा थारुवान डटकमका मदन चौधरी, थारु कम्युनिटी पेजका विवेक चौधरी तथा आशिष चौधरी सम्मानित भए । अन्य सम्मानित हुनेहरुमा सुशील चौधरी (साहित्य, रंगमञ्च), दिपक चौधरी (नृत्य निर्देशक), सीताराम चौधरी तथा गीता दृष्टि चौधरी (युवा नेतृत्व) रहेका छन् । असोज २३ गते शिल्पी थियटर बत्तीसपुतलीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कविता विभाग प्रमुख प्राज्ञ अमर गिरीले सम्मानित हुनेहरुलाई प्रमाणपत्र प्रदान तथा चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीले खादा लगाएर सम्मान प्रदान गरे ।

कार्यक्रममा स्वागत गर्दै रेनु चौधरीले चम्पन सांस्कृतिक समूहले प्रत्येक बर्ष दशैको अवसरमा  सांस्कृतिक कार्यक्रम नियमित गर्दै जाने जानकारी दिदै गीत संगीतमा रुचि राख्नेलाई समूहबाट प्रशिक्षण पनि दिइरहेको बताइन् । कार्यक्रममा रोशन रत्गैया, सोमती चोधरी, समिक्षा चौधरी, दोषहरण चौधरी, आशिष चौधरीले गीत प्रस्तुत गरेका थिए भने चम्पन सांस्कृतिक समूहका कलाकारले आधा दर्जन नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा कैलालीकी गायिका समिक्षा चौधरीको नेपाली गीति क्यासेट वैष्णवी तथा कवि सुशील चौधरीको थारु–नेपाली कविता संग्रह बिरहुल बसिया (बिरही बाँसुरी) कविता संग्रहको विमोचन पनि प्राज्ञ गिरीले गरे ।

 

प्रतिक्रिया