किराँत चुम्लुङका अध्यक्षमा पुनः थाङ्देन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ फागुन २०७१, सोमवार

 

 

kirat

फागुन २६, काठमण्डौं । किराँत याक्थुङ चुम्लुङको नवौं महाधिवेसनले अध्यक्षमा पुन उत्तमसिं थाङ्देनलाई चयन गरेको छ । यहि फागुन २५ गते सम्पन्न महाधिवेसनबाट उपाध्यक्षमा लिलाकुमारी सिङ्गक, चन्द्रमाया लिम्बू र मलिसा याक्थुङ्बा चयन हुनु भएको छ ।


त्यस्तै महासचिवमा प्रेमप्रसाद येक्तेन, सचिवमा निरन्ती तुम्बापो, रामप्रसाद चेम्जोङ,  नरबहादुर चेम्जोङ, ध्रुवकुमार लिम्बू चयन भएका छन् । कोषध्यक्षमा गोविन्दबहादुर आङबुङ निर्वाचित हुनु भएको छ ।


सदस्यहरुमा कल्पना योङहाङ, भीमप्रसाद योङहाङ, विष्णु यक्सो, पवित्रादेवी सुब्बा लङ्वा, हेम तेम्बे, कमला आङबुङ, सुकमाया लिम्बू, मनबहादुर लिम्बू लगायत गरी ३४ सदस्सिय नयाँ कार्य समिती चयन गरेको हो । महाधिवेसन चुम्लुङको कार्यलय शोभाहिटी ललितपुरमा भएको थियो ।

प्रतिक्रिया