माघ २०, काठमण्डौं । मिस राई प्रतियोगिता २०१५ को ताज मोरङकी पुनम बान्तवा राईले जितेकी छन् । बान्तवाले १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै ५० हजार रुपैयाँ नगद पुरस्कार र ताज जितेकी हुन् । किराँत राई मौलिक कला संस्कृति केन्द्रले आइतबार काठमण्डौंमा आयोजित प्रतियोगिताको तेस्रो संस्करणको फस्ट रनरअप सुप्रिया राई भइन भनेसेकेन्ड रनरअपको नजमा राईले पहिरेकी छिन् । फस्ट र सेकेन्ड दुवै रनरअपलाई नगद २०÷२० हजार रुपैयाँ पनि प्रधान गरिएको थियो ।
त्यस्तै प्रतियोगितामा चाँदनी राईले मिस कल्चर, रञ्जना राई बेस्ट ट्यालेन्ट, पवित्रा राई मिस फ्रेन्डसिप, सृष्टिकला राई बेस्ट हेयर, स्मिता राई मिस पन्क्चुआलिटी भइन । त्यसैगरी जेनिता राई मिस डिसिप्लिन, पूर्णिमा राई मिस पपुलारिटी, स्नेहा राई मिस पर्सनालिटी, सीमा राई लिडरसिप, एली राई बेस्ट ड्रेस, सलिना राई बेस्ट वाक, प्रतिना राईले बेस्ट स्माइल, निशा राईले फोटोजेनिक टाइटल पाए ।
मिस राई बनिन् पुनम बान्तावा

इन्डिजिनियस भ्वाईस२० माघ २०७१, मङ्गलवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
वातावरण र विकास१९ भदौ २०८३, शुक्रवारइन्डिजिनियस भ्वाईसतामाङ समुदायलाई परेको बज्रपातमा दावा फिन्जो तामाङको त्यो बेदना
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








