नेपाल सरकारबाट यात्रुलाई नगद पुरस्कार सहित सम्मान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० भदौ २०७८, बुधवार
नेपाल सरकारबाट यात्रुलाई नगद पुरस्कार सहित सम्मान

इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुलाई नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नगद पुरस्कार सहित सम्मान गरेको छ । 

बुधबार महिला तथा बालबालिका मन्त्रालयमा आयोजित बिशेष समारोहमा राष्टिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले उहाँलाई नगद रु २० हजारसहित सम्मान पत्र प्रदान गर्नु भयो । 

पत्रकारिताका माध्यमबाट मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिदै आउनु भएको भन्दै वरिष्ठ पत्रकार यात्रुलाई उक्त सम्मान गरिएको हो ।  सो अवसरमा मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले सम्मनित यात्रुलाई दोसल्ला र सयपत्रीको माला पहिरिएर उच्च सम्मान प्रकट गर्नू भएको थियो । 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा बिभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने घोषणा भए अनुसार बुधबार सम्मान हस्तान्तरणको संक्षिप्त कार्यक्रम आयोजना गरिएको हो । 

इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुलाई नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नगद पुरस्कार सहित सम्मान गरेको छ । 

उहाँले इन्डिजिनियस टेलिभिजनमा जनसवाल, निरन्तर बहस र स्थानीय शासन कार्यक्रम मार्फत सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध कार्यक्रम निर्माण गर्दै आउनु भएको छ । यसरी नै उहाँले सुरक्षित वैदेशिक रोजगार नामक पुस्तक पनि लेख्नु भएको छ । 

विभिन्न संघ संस्था पनि सम्मानित 

बुधबार सम्मानित र पुरस्कृत हुनेमा शक्ति समूहकी माया तामाङ,  प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान व्युरोका प्रहरी निरिक्षक श्रीराम थापा र दैलेखकी पत्रकार ज्योति कटुवाललाई पनि नगद पुरस्कार र सम्मान गरिएको थियो । 

यसरी नै संस्थागत तर्फ वैदेशिक रोजगारबाट फर्केर आएका महलिाको संस्था पौरखी नेपाल।  जिल्ला प्रहरी कार्यलय कैलाली, हिमालय टाइम्स राष्टिय दैनिक र हाम्रा कुरा अनलाइनलाई पनि सम्मान गरिएको थियो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव याम कुमारी खतिवडाको अध्यषतामा भएको कार्यक्रममा रष्टिय योजना आयोगकी सलस्य सिंहले मानव बेचबिखन बिरुद्धको अभियान सफल बनाएर नेपाललाई बेचबिखनमुक्त देश बनाउनु पर्ने धारणा राख्नु भएको थियो । 

सोही समारोहमा गत बर्ष पुरस्कृत व्यक्तित्व र संस्थालाई पनि पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा नेपाल प्रहरी मानव बेचबेखिन अनुसन्धान व्युरोकी प्रमूख एसएसपी दुर्गा सिंहले माव बेचबिखनको उच्च जोखिममा नेपाल भएको बताउँदै अपराध नियन्त्रण गर्न र बैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखन रोक्न सबै पक्षको साथ र सहयोग आवश्यक भएको बताउनु भयो । 

प्रतिक्रिया